Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

गाई पूजा कसरी आरम्भ भयो ?

गोरू पूजा

गोरू पूजा सामरीले गर्न खोजेका हुन् ?

मानिस धार्मिक मान्यतालाई सोच समझ बीना आकर्षित हुन जान्छ, जुन चीज उसले आफ्नो आंखाले देख्छ त्यसमा तुरन्त विश्वास गर्दछ चाहे बुद्धि र विवेकको विपरित नै किन न होस्।

अहिले म पवित्र कुरआन मूसा अलै. र उनको समुदायको कहानी प्रस्तुत गर्छु । मूसा अलै. को समुदाय बनू इस्राईललाई मिस्रबाट लिएर निस्के र अल्लाहले उनको लागि बगिरहेको समुद्रको बीचबाट बाटो बनाई दिनु भयो, जसबाट बनू इस्राईल सरलतापूर्वक पार गरे र फिरऔन र उनका सेना सहित त्यही समुद्रमा डुबाई दिएर हमेशाको लागि शिक्षा बन्यो।

समुद्र पार गरेपछि मूसा अलै. ले बनू इस्राईलाई एक अल्लाहको पहिचान बताए, उनको हृदयमा अल्लाहको महानता बसाई दिए, यहाँसम्म कि सबै एक अल्लाह (ईश्रर) को पूजा गर्न लागे, फेरी त्यो समय आयो कि आफ्नो भाई हारून अलैहिस्सलामलाई बनू इस्राईललाई रेखदेखको लागि छोडेर चालीस दिनको लागि अल्लाहको आदेशानुसार तूर पर्वतमा गए, जब फर्केर आएर हेर्दा त बनू इस्राईल गाईको पूजा गर्न लागे, जसको कहानी यो हो कि “सामरी” नामको एक पथभ्रष्ठ व्यक्ति बनू इस्राइलको साथ आयो र उसले सुनको एउटा बाछो बनायो, बाछो तयार भएपछि “सामरी” ले मानिसलाई धोखामा राख्नको लागि एउटा योजना बनायो । यस्तो बाछो बनायो कि मुखबाट फूक्दा पछाडी मलद्वारबाट एक प्रकारको स्वर निक्लिन्थ्यो । त्यसपछि “सामरी”  ले मानिसहरुलाई भन्न थाल्यो, यो बाछो नै तिम्रो वास्तविक भगवान हो यसको पूजा गर्नुपर्छ, अन्धविश्वासमा रुमलिएका बनू इस्राइलीहरुले एक अल्लाह (ईश्वर) लाई भूलेर गाईको पूजा शुरू गरी दिए । मूसा अलै. जब बनू इस्राईलको साथ फर्केर आए र उनले बाछोको पूजा गरेको देखे तब धेरै क्रोधित भए, तुरन्त आफ्नो भाई हारूनलाई सोधे यति ठूलो पाप कार्य भई रहेको छ तिमी कहाँ थियौ, तिमीले किन रोकेनौ, हारून अलै. ले सबै कुरा बताई दिए। मैले यिनीहरुलाई रोक्ने धेरै कोशिस गरेको थिए, तर उनीहरुले मेरो एउटा कुरा पनि सुनेनन् र “सामरी” को फकावटमा आएर यस्तो कार्य गरेका हुन् भने तब मूसा अलै. ले “सामरी” लाई खुब झपारे र तँ तुरन्त यहाँबाट निक्लेर जा भने।

अल्लाहले भने- हामीले तिम्रो अनुपस्थितीमा तिम्रो समूदायको परिक्षा लियौ र सामरीले तिनीहरुलाई पथभ्रष्ट पार्यो। (कुरआन सूरः ताहा 85)

अनि मूसा अत्यन्त क्रोधित र खेदको अवस्थामा आफ्ना समूदायका मानिसहरुतर्फ फर्के र भने- हे मेरा जातीबन्धुहरु हो ! के तिमीहरुका पालनकर्ताले तिमीहरुसँग राम्रो बाचा गरेका थिएनन् र के त्यो वाचाको समय लामो भइ सक्यो ? वा तिमीहरु पालनकर्ताको प्रकोप तिमीहरुमाथि अवतरित होस् भन्ने चाहन्छौ जसले गर्दा तिमीहरुले मसँग गरेको वाचा तोड्यौ (कुरआन सूरः ताहा 86)

(विस्तारको लागि हेर्नुहोस् कुरआन सूरः ताहा 85 – 98)

यो हो गाईको पूजाको आरम्भिक इतिहास, यसको बारेमा पवित्र क़ुरआनले सन्देश दिएको छ, जसबाट तपाईलाई केही अनुभव भयो होला कि संसारमा गाईको पूजा कसरी शुरू भएको थियो।

http://cutt.us/U1Kd

लेखक- सफात आलम मुहम्मद जुबैर तैमी

अनुवादक- मुहम्मद ईब्राहीम

 

Related Post