New Muslims APP

छुवाछुतको भेदभाव किन ?

Jajarkotअसमानता, छुवा-छुतको भेदभाव कुनै पनि समाजको लागि घुन समान हो, कुनै पनि देश यस रोगबाट ग्रस्त छ भने न त सुख-शान्तिको घर बन्न सक्छ र न वास्तविक उन्नति प्राप्त गर्न सक्छ, तर यस्तो देश पारस्पारिक दुश्मनी, घृणा र स्वार्थिपूर्ण जस्ता घातक रोगबाट ग्रस्त बनेर गृह-युद्धको शिकार हुन जान्छ । मनुष्य-मनुष्यमा भेदभाव गर्नु, कसैलाई उच्च जात र कसैलाई तल्लो जाती सम्झनु, चाहे जातीमा होस् या वंशको नाममा होस् या धन दौलतको कारण, वास्तवमा यो समाजको अनुहारमा कालो दाग हो ।

किनकि हामी सबै मनु र सतरुपाको सन्तान हो भनौ या एडम र इब या आदम र हौव्वाको सन्तान । विभिन्न धर्मानुसार प्रमाणित हुन्छ कि हाम्रो पूर्खा दुई जना मात्र हुन । संसारमा अलग भाषा बोल्ने हुनाले अलग अलग भाषा धर्मानुसार अलग-अलग नाम दिएको मात्रै हो । यदि विचार गर्ने हो भने थाहा हुन्छ वास्तवमा छुवा-छुत या ऊंच-नीचको यो भावना एक अस्वभाविक कुरा हो र संसारको केही मात्र देश यस किसीमको घृणीत शिकार भएकाछन् ।  कहीं कतै त मनुष्यलाई पशु भन्दा पनि तल्लो स्तरको मानिएको देखिन्छ । उदाहरणको लागि घरमा बिरालो हुन्छ, त्यसले छोएको र  खाएको जुठो पनि चल्दछ तर मानवले छोएको किन चल्दैन ? कति खेद र दुःख लाग्दो कुरा छ र मानवतामा कति ठूलो अत्यचार भएको छ ।

पवित्र कुरआनमा भनिएको छः-

हे मानव हो । हामीले तिमीलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गरेको हो र फेरि तिमीहरुलाई परिवार र वंशमा विभाजित गरेको हो किनकि तिमी एक अर्कालाई चिन्न सक । तिमीहरुमा सबैभन्दा ठूलो व्यक्ति त्यो हो जो ईश्वरसँग धेरै डराउँछ र निःसन्देह अल्लाह जान्नेवाला र निगरानी राख्नेवाला हुनुहुन्छ। (सूरः अल-हुजरात)

यस आयत (श्लोक) मा मानवतालाई सम्बोधित गर्दै गलत व्यवहारलाई सुधार गर्न आव्हान गरेकोछ । जो संसारमा सदैव विश्वव्यापी झगडाको जड बनेर रहेको थियो अर्थात जात जाती, भाषा- भाषीको पक्षपात मानवले गर्दछन् तर ईश्वरको दृष्टिमा सारा मानव समान छन्। सबै ईश्वरका भक्त हुन। चाहे कुनै देश, परिवार या कुनै वंशसँग सम्बन्ध राख्दछन् । चाहे अरबवासी हुन या गैरअरबी, चाहे काला हुन या गोरा, चाहे पण्डित हुन या विश्वकर्मा, सबैको सृष्टिकर्ता एकै ईश्वर हुनुहुन्छ । सबै एकै माता-पिताबाट जन्मिएका हुन त्यसैले कसैलाई सानो जात र ठूलो जातको रुपमा भेदभाव गर्न पाईदैन ।

साभारः- http://cutt.us/vazF

Related Post