New Muslims APP

जकात भनेको के हो ?

जकात भनेको के हो ?

सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी)

इस्लामको पाँच स्तम्भ मध्ये जकात तेश्रो स्थानमा पर्दछ । जकात सन् दुई हिजरीमा मदिना मुनव्वरामा अनिवार्य गरिएको प्रमाणित हुन्छ । जकातको अर्थ हुन्छ आफ्नो धनलाई दान दिएर पवित्र गराउनु, वृद्धि गराउनु र उन्नती गराउनु हो । जुन खास माल(सम्पति) जसमा इस्लामी शरई कानूनले तोकेको एक निश्चित सिमाङ्कन अनुसार छ र त्यो माल एक बर्ष भएको छ भने त्यस मालबाट जकात निकाल्नु पर्छ,इस्लाममा यसैलाई जकात भन्दछन् ।त्यो मालबाट अल्लाहको हक सम्झेर गरिब दुःखीलाई दान दिनु पर्दछ ।

कुरआनमा जकातको बारेमा बयासी स्थानमा नमाज़को साथ बर्णन गरिएको छ । जकात अनिवार्य हुनको लागि अल्लाह तआलाको भनाई छ “र नमाज पढ र जकात देऊ र रुकु(झुक्नेहरु) गर्नेसँग रुकु(झुक्नेगर) गर्ने गर। (सूर अल बकरा आयत नं. ४३)

मुहम्मद सल्ल. को भनाई छ “अल्लाहले मुसलमानहरुका लागि जकात अनिवार्य गर्नु भएको छ जुन मालदारहरुसँग लिईन्छ र गरिवहरुलाई बितरण गरिन्छ।” (बुखारी व मुस्लिम)

जकातका फाईदाहरु

जकातका फाईदाहरु यसप्रकार छः- अल्लाह तआलाले जकातमा दिएको माललाई वृद्धि गराउनु हुन्छ । कुरआनमा लेखिएको छ “अल्लाहले सूद (ब्याज) लाई घटाउनु हुन्छ र जकातलाई वृद्धि गर्नु हुन्छ।,, (सूर बकरा-276)

कुरआनमा छ “र तिमीहरु जुन जकात दिन्छौ र त्यसबाट अल्लाहको खुशि चाहन्छौं (त्यो उन्नति र प्रगति हो) भने, यस्तै व्यक्तिहरु आफनो माललाई दुई गुना, तीन गुना वृद्धि गर्नेवालाहरु हुन्(सूरः रुम आयत नं. 39)

जकातको बारेमा हदिसमा लेखिएको छः- सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी)

जकात इस्लामको पुल हो । (बैहिकी)

आफ्नो माललाई जकात दिएर बचाउ । (बैहिकी)

जुन मालको जकात दिईन्छ त्यो माल पवित्र हुन्छ ।

जकात दिनेवालाले आफुलाई कन्जुसी जस्तो खराब आदतबाट जोगाउँछ र दानसिलताको आदतको बनाउँछ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुसलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम 

Related Post