New Muslims APP

जन्नत (स्वर्ग)

जन्नत सद्कर्मीहरुको लागि आखिरी बासस्थान हो।

जन्नत सद्कर्मीहरुको लागि आखिरी बासस्थान हो।

जन्नत (स्वर्ग) त्यो ठाउँ हो जुन अति नै सुन्दर, मनोरम, हृदय प्रशन्न पार्ने ऐश आरामले युक्त, सुख-शान्तिको ठाउँ हो । जुन स्थान अल्लाह तआलाले आफ्नो असल भक्त र आज्ञापालन गर्ने भक्त, अल्लाहको उपासना र भलाईतर्फ निमन्त्रणा गर्ने, पाप तथा अपराधिक कार्यबाट रोक्ने व्यक्ति, अल्लाहको अधिकारको साथ मानिसको अधिकार पालन गर्ने व्यक्तिको लागि बनाइएको हो ।

स्वर्ग हम्मेशा रहनेवाला त्यो ठाउँ हो जहाँ आजीवन रहन पाइन्छ त्यसको रहने अवधि कहिल्यै समाप्त हुँदैन जसको प्राप्तिको लागि एक मोमिन (भक्त) हम्मेशा कोशिश गर्दछ । आफ्नो भौतिक र शारिरीक आवश्यकतालाई तिलाञ्जली दिन तयार हुन्छ, शैतानसँग दुश्मनी गर्दछ, जीवनमा हज्जारौं कठिनाई र संकट झेल्दछ किनकि अल्लाहको बहुमुल्य जन्नत (स्वर्ग) प्राप्त गर्न सक्षम हुनका लागि । मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छ ।

قال النبي صلى الله عليه وسلم: ” من خاف ادلج ومن ادلج بلغ المنزل. ألا إن سلعة الله الغالية , ألا إن سلعة الله الغالية , ألا إن سلعة الله الجنة-” (سنن الترمذي – صحيح الجامع للألباني)

नबी सल्लल्लाहु अलैहि व सल्लम) भन्नु भयोः जो लक्ष्यसम्म पुग्नको लागि चिन्तित रहन्छ, उसले तोकिएको समय भन्दा पहिले नै निक्लिन्छ र ज नियुक्त गरेको समय भन्दा पहिले नै निक्लिन्छ भने उसले आफ्नो लक्ष्य प्राप्त गर्दछ । सुन अल्लाहको वस्तु धेरै बहूमुल्य छ र अल्लाहको धेरै बहूमुल्य पुरस्कार जन्नत (स्वर्ग) हो । (सुनन तिर्मिज़ीः अल-जामिअ, अल्लामा अल्बानी)

जो व्यक्ति यस बहुमुल्य जन्नत (स्वर्ग) प्राप्तिको लागि ईच्छुक हुन्छन् उनीहरु ज्यादै कोशिश र प्रयाश गर्दछन् । अल्लाहलाई खुशी पार्ने कोशिस गर्दछन्, किनकि जन्नत (स्वर्ग) यति महत्वपूर्ण ठाउँ हो कि कोही त्यहाँको सुन्दरता, त्यसमा पाइने चीजको स्वादको अनुमान लगाउन सक्दैनन् । यस सम्बन्धमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट हदीस कुद्सी आएको छ ।

وعن أبي هريرة رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم: قال الله تبارك وتعالى : أعددت لعبادي الصالحين : ما لا عين رأت ، ولا أذن سمعت ، ولا خطر على قلب بشر . قال أبو هريرة : اقرؤوا إن شئتم : { فلا تعلم نفس ما أخفي لهم من قرة أعين } . (صحيح البخاري- رقم الحديث: 4779 )

अबू हुरैरा (रज़ियल्लाह अन्हु) बाट वर्णन गरिएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो अल्लाह तआलाको भनाई छ ″मैले आफ्नो असल भक्तहरुको लागि त्यो चीज तयार गरेर राखेको छु, जुन न कसैको आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, र कुनै मानवको हृदयमा त्यसको कल्पना आउन सक्छ।” अबू हुरैरा (रज़ियल्लाह अन्हु) भन्नु हुन्छ यदि चाहन्छौ भने अल्लाहको यो कथन पढ, “ र कसैलाई उनीहरुले गर्ने गरेको कर्मको प्रतिदानस्वरुप उनीहरुको लागि कस्तो नेत्र-शितलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन” ( सूरः सज्दाः 17) (सही बुखारीः हदीस नं. 4779)

अल्लाह ताआलाले स्वर्गको सुन्दरता, त्यसमा पाइने सुख-शान्ति र त्यसमा पाइने अति स्वदिष्ट भोजनको कारण त्यसलाई धेरै वटा नामबाट स्मरण गरिन्छ । जस्तै, सलामतीको घर, हम्मेशा रहनेवाला ठाउँ, उत्तम र मनोरम पुर्ण जन्नत (स्वर्ग), सुख शान्ति र आरमको स्थान, सत्य सभा, कहिल्यै समाप्त नहुनेवाला घर आदि ।

 

Source-  http://ipcblogger.net/ibrahim/?p=2406

 

Related Post