Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

हदीस २ (हदीस-जिब्रिल)

हदीस-2 (हदीस जिब्रील)

हदीस जिब्रील

यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ- “एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयो, जसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियो, त्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौ, त्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो ‘ ए मुहम्मद ! मलाई इस्लामको बारेमा बताउनुहोस् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो इस्लाम यो हो कि तिमी यो गवाही देऊ कि अल्लाहको सिवाय कोही पूज्यनिय छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको रसूल हो, नमाज पढ्नु, जकात दिनु, रमज़ानको रोजा राख्नु र अल्लाहको घरमा हज (तिर्थ यात्रा) गर्न जानु यदि आर्थिक क्षमता छ भने । उसले भन्यो, तपाईले सही भन्नुभयो । हामीलाई यस कुरामा आश्चार्य लाग्यो कि उसले प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ।

फेरि उसले भन्यो मलाई ईमानको बारेमा बताउनु होस् । अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो- तिमी अल्लाह, उसको फरिष्ताहरु, उनको किताबहरु, उनको रसूलहरु, महाप्रलयको दिन र भाग्य राम्रो होस् या नराम्रो अल्लाहको तर्फबाट नै हुन्छ भन्ने मान । फेरि उसले भन्यो, तपाईले ठिक भन्नुभयो । फेरि त्यो उसले तेश्रो प्रश्न गर्यो, मलाई एहसानको बारेमा बताउनुहोस् तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, एहसान भनेको यो हो कि अल्लाहको प्रार्थाना यसरी गर्नु कि तिमी यदि भने अल्लाहले तिमीलाई देखि रहेकोछ । मलाई कियामत(महाप्रलय) को बारेमा बताउनुहोस् । तब रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जोसँग प्रश्न सोधिएकोछ उ सोध्नेवाला जति जान्दैन । फेरि भन्नुभयो मलाई कियामत(महाप्रलय)को निशानीको बारेमा बताउनुहोस्, अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो,- नोकरले मालिकलाई जन्मदिनेछ, खाली पैताला र नाङ्गा शरीरवाला र बाख्रा चराउने गोठालाहरु ठूलो ठूलो भवनहरु बनाउन एक आपसमा होडबाजी गर्नेछन् । त्यस पछि त्यो मानिस गयो र अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ए उमर ! के तिमीलाई थाहा छ यो प्रश्न गर्नेवाला व्यक्तिको हो ? मैले भने अल्लाह र उसको रसूल ज्यादा जान्दछन् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, वहाँ जिब्रील हुनुहुन्थ्यो, तिमीहरुलाई तिम्रो धर्मको तालीम दिन आउनु भएको थियो ।” (मुस्लिम)

Related Post