वास्तवमा मरणोपरान्त कुनै जीवन हुने हो वा होइन ? यस सम्बन्धमा संसारका विभिन्न धर्महरुको अध्ययन गर्दाखेरि तीन किसिमका भिन्नाभिन्नै आस्थाहरु पाइन्छन् । जस मध्ये कुन सत्य र कुन अन्ध विश्वासमा आधारत छ भन्ने कुराको विशेष जानकारी संक्षिप्त रुपमा गराउन चाहन्छु ।
प्रथम आस्थाः– यस आस्था अनुसार सम्पूर्ण मानवका निम्ति यो नै प्रथम जीवन हो र यस बाहेक अन्य कुनै जीवन छैन, बरु मानिस आफ्नो देहान्त पछि माटोमा परिणत हुन्छ । अनि त्यसपछि कहिले पनि जीवित हुँदैन। यो आस्था परापूर्वकाल देखि नै धेरै जसो समुदाय र अवज्ञाकारी(नास्तिक)व्यक्तिहरुको रहेको छ। जस्तै अल्लाह तआलाले भन्नु भएको छः “अवज्ञाकरीहरुले भने यो संसारिक जीवन नै हाम्रो जीवन हो। वास्तवमा उनीहरुलाई पुर्नजन्मको बारेमा केही पनि थाहा छैन। उनीहरु मात्र भ्रममा परेका छन्” (अल्जासीया/२४)
आजको आधुनिक युगमा पनि धेरै जसो मानिसको यो नै आस्था छ। उनीहरुको भनाई छ कि “हामीले त आजसम्म कोही पनि मरेपछि जीवित भएको देखेका छैनौं र यसैकारणले यो कुरा तर्क संगत देखिंदैन।”(आखिरत पृष्ठः 25)
यसको जवाफ दिंदै आदरणीय सय्यद अबुल आला मौदूदीले भन्नु भएको छः “मरेपछि तपाईले कसैलाई जीवित देखेको छैन भने तपाई बढी भन्दा बढी यति भन्न सक्नु हुन्छः मरेपछि के हुन्छ त्यो जान्दिनँ।” तर यो भन्दा अघि बढेर तपाई यो दाबी गर्नु हुन्छः मरे पछि केही थाहा हुँदैन भने हामी जान्दछौं। यस कुराको प्रमाण के छ ? मानिलिनुहोस् एक जना मान्छेले विमान देखेको छैन। उसले यो कुरा भन्न सक्छ। “मैले विमान देखेको छैन” वा “विमान के चीज हो मलाई थाहा छैन।” तर उसले विमान भन्ने चीज छँदै छैन र हुँदै हुँदैन भन्यो भने जान्ने मान्छेले उसलाई मूर्ख भन्छ। किनभने उसले विमान भन्ने चीज देखेको छैन भन्दैमा यस्तो चीज हुँदै हुँदैन भन्न कसैले सक्दैन। अनि उसले त्यसो भनेको कुराको केही अर्थ नै हुँदैन। एक जनाले मात्र किन बरु सारा संसारले कुनै चीज नदेखेको भए पनि त्यो चीज छँदै छैन वा हुन सक्दैन भनी कसैले ठोकेर भन्न सक्दैन (इस्लाम दर्शन पृष्ठः १३२/१३३)
साथै यो प्रश्न तपाईले त्यो व्यक्तिसित सोध्न सक्नु हुन्छ जसले भन्छ कि मानिस र अन्य प्राणी यसै संसारमा फर्केर अर्को चोटि जन्मिन्छन् । तर जसले यसमाथि आस्था नै राख्दैन भने त्यो व्यक्तिसित सोध्नु उचित नै छैन ।
दोश्रो आस्थाः- यस आस्था अनुसार मानिस आफ्नो कर्मको फल भोग्नका लागि मरणोपरान्त यस संसारमा बारम्बर जन्म लिन्छ। यदि त्यसको प्रथम कर्म राम्रो थिय़ो भने त्यो अर्को चोटी उत्तम तथा सर्वोत्तम मानिसको रुप धारण गरेर जन्मिन्छ तर त्यसको कर्म राम्रो थिएन भने त्यस्तै तल्लो खालको जीव-जन्तुको रुपमा आगमी जीवनमा आउँछ। यो आस्था प्राचीन कालदेखि नै धेरै धर्महरुमा परम्परागत प्रचलित देखिन्छ।
यस आस्थाको सम्बन्धमा केही प्रमुख कुराहरुको ज्ञान दिन चाहन्छु । अल्लाहको कृपाले जसको माध्यमबाट उपरोक्त आस्थाको वास्तविकता स्वयं प्रस्तुत भइहाल्छ।
क. यदि मानिस आफ्नो कर्म अनुसार संसारमा अनेकौं चोट जन्म लिन्छ भने सर्वप्रथम यो कुरा उठ्छ कि त्यो पहिलो पटक कुन बेला संसारमा आयो त्यो कुन कर्मको आधारमा थियो ? मानिस र अन्य प्राणीको जन्म नै थिएन फेरि कर्मको कुरा व्यर्थ कहाँबाट आउँछ ? तसर्थ यो एउटा यस्तो आश्चार्यजनक प्रश्न हो। जसको सही उत्तर आवागमनमाथि विश्वास राखेर कसरी दिन सकिंन्छ ? किनभने प्रत्येक वस्तु, जीव-जन्तु, पशु-पंछी तथा सम्पूर्ण प्राणीलाई कुन कुकर्म वा सुकर्म बमोजिम राखेपछि प्रत्येक जीवित प्राणीको बारेमा यो नै प्रश्न हाम्रो मस्तिष्कमा जीवित प्राणीको बारेमा यो नै प्रश्न हाम्रो मस्तिष्कमा उत्पन्न हुने गर्दछ।
ख. दोश्रो आस्था अनुसार मानिस वा अन्य प्राणीलाई थाहा हुनुपर्यो कि को सद्कर्मको राम्रो प्रतिफल पाइरहेको छ र को दुष्कर्म दण्ड-सजाय भोगिरहेको छ ? बरु आगमनमाथि विश्वास राख्ने मानिसहरुमध्ये कसैले पनि आफ्नो आस्था अनुसार पूर्ण विश्वासले यति पनि बताउन सक्दैन कि ऊ यस भन्दा पहिलो जीवनमा संसारको कुन देश, कुन शहर कुन गाउँ, कुन घर एवं समुदायमा जन्मेको थियो ? त्यसको बुबा र आमाको नाम के थियो ? कुन प्रकारको दुष्कर्म गरेको थियो जसको दण्ड सजाय भोगिरहेको छ ? पुरस्कार पाउनेलाई पनि थाहा हुँदैन कि त्यसलाई के को आरामदायक प्रतिफल भेटिरहेको छ ? फेरि यस्तो अवस्थालाई हामी कसरी बदलाको अवस्था भन्न सक्छौं ? यदि कसैले ती कुराहरुमध्ये केही भन्छ भने के बुद्धिमान मानिसले यस्ता कुराहरुप्रति कहिले पनि विश्वास गर्न सक्छन् ? आ-आफ्ना हृदयलाई सोधेर हेर्नुहोस् । अवश्य नै यसको जवाफ थाहा भइहाल्छ ।
ग. संसारिक दुर्घटना, हत्या, हिंसा, अपराध तथा प्रत्येक दुष्कर्मका जस्ताका त्यस्तै प्रतिफल के यस विश्वमा दिन सकिंन्छ ? यस्तै हरेक सद्कर्म, परोपकर, सहानुभूति र अन्य राम्रो स्वभावका पूरा-पूरा बदला के यस सृष्टिमा दिन सम्भव पनि छ ? उदाहरणका लागि एउटा यस्तो व्यक्तिलाई सामुमा राखेर विचार गर्नुहोस्। जसले धेरै जनाको हत्या गरेको छ । कतिपय सदाचारी व्यक्तिहरुलाई निर्ममतापूर्वक हत्या गरेर उनका स-साना बालबच्चाहरुलाई अनाथ बनाई दिएको छ। कतिपय निर्दोष केटीहरुको अस्मिता माटोमा मिसाएको छ र जथाभाबी रुपले धेरै मानिसलाई दिनहुँ सताएको छ। के यसको दण्ड-सजाय यो नै हो कि त्यो बारम्बार विश्वमा कुकुर, बिरालो, आदिको रुपमा जन्मेर अझै कुकर्म गरेर मृत्युको घाँटीमा गइहालोस् ?
फेरि एउटा यस्तो व्यक्तिलाई सामुमा राखेर विचार गर्नुहोस् जसले संसारमा बाँचुन्जेल राम्रा-राम्रा कर्म गरेको छ। कसैमाथि अपराध गरेको छैन। झूटो बोल्ने, जुवा तास खेल्ने, हत्याराको सहायता गर्ने, र केटीहरुलाई जिस्काउने त्यसको बानी थिएन। अर्को शब्दमा प्रत्येक कुलतबाट आफुलाई सुरक्षित राखेको छ । ईश्वरको प्रार्थना र वहाँको आदेशको अनुशरण गर्दै आफ्नो जीवन व्यथित गरेको छ । के अब यस्तो भलादमीलाई ऊ स्वयंलाई थाहा नभएको प्राणीको रुपमा अर्को चोटि संसारमा पठाईदिनु नै त्यसको प्रतिफल हो ?
घ. कर्मको फल भोग्नको लागि वेदमा पाइने निक्कै प्रशिद्ध शब्द “पुनर्जीवन” लाई आगमनको अर्थमा लिनु पनि एक प्रकारको ठूलो गल्ती हो किनभने संस्कृत भाषामा पुनः को अर्थ हुन्छ अर्को चोटि । जसको तात्पर्य यो हो कि यस जीवन बाहेक एउटा अर्को पनि जीवन छ । तर दोश्रो बाहेक तेश्रो, चौथो..चोटि मानिस जीवित भइरहन्छ, हुन सक्दैन। जसको विरुद्धमा वैदिक धर्म भएका ठुला-ठूला मानिसहरु पनि छन् । जुन मध्ये केही विद्वानहरुको कथन निम्न लिखित वाक्यमा उल्लेख गर्दछु ।
डा. फरीद चौहानले आफ्नो पुस्तक “पुर्जन्म र वेद पृष्ठ ९३” मा लेख्नु भएको छः “वेदहरुमा पुनर्जन्म अवश्य पाइन्छ तर तिनमा यस जन्मपछि मात्र एउटा अर्को जन्मको विवरण छ हजारौं जन्मको होइन।”
श्री सत्यप्रकाश विद्यालंकारले लेख्नु भएको छः “वेदमा आगमन छैन र यसका लागि त म जुवा पनि खेल्न सक्छु।” (आवागमन पृष्ठः १०४)
ङ. यदि वास्तवमा आगमन पाइन्छ भने मानव संख्या प्राचिन कालदेखि कम हुनुपर्यो किनभने आजको आधुनिक युगमा जताततै अत्याचार, भ्रष्टाचार, बलात्कार, अन्याय, अपराध, हत्या, हिंसा र निर्ममतापूर्वक आक्रमण भइरहेको छ र दिनहुँ अवस्था खराब भन्दा खराब गतिमा परिवर्तन भइरहेको छ। जसको अर्थ यो भयो कि यदि मानिस कर्म अनुसार संसारमा जन्म लिन्छ भने मानिसको जनसंख्या वास्तवमा पहिलेदेखि कम हुनुपर्यो। तर ऐतिहासिक प्रमाणबाट ज्ञात हुन्छ कि मानिस दिन प्रतिदिन बढ्दै गइरहेका छन्। अनि आवागमनको आस्था कसरी सत्य हुन सक्छ ?
तेश्रो आस्थाः– अन्तिम आस्था(इस्लामी आस्था हो) यो छ कि एक दिन आकाश, पृथ्वी, ठुल-ठूला, पर्वत, वन, जङ्गल, जीव, जन्तु र सम्पूर्ण मानिसहरु समाप्त हुनेछन् । फेरि अल्लाहले त्यसपछि सर्वप्रथम मानव आदम अलैहिस्सलाम देखि अन्तिम दिन कियामतसम्म जन्म लिने प्राणीहरुलाई जीवित पार्नु हुन्छ । त्यो दिन हामी सबैका लागि हिसाबको दिन हुन्छ। जसमा अल्लाहले प्रत्येक प्राणी चाहे त्यो मानवमध्ये होस् वा जिन्न आदीलाई उनका कृयाकलाप र कार्य कर्तव्यको उचित तथा पर्याप्त प्रतिफल दिनुहुन्छ। कसैमाथि कण बराबरको पनि अन्याय हुनेछैन। जसले कण बराबर पनि सद्कर्म या पुण्यको कार्य गरेको छ, चाहे त्यो प्रत्यक्ष होस् वा अप्रत्यक्ष ऊ त्यसलाई हेर्नेछ । त्यस्तै पापी र दुष्कर्मी व्यक्तिहरु पनि आफ्ना कुकर्महरुलाई हेर्नेछन् । अन्तमा हिसाब सिद्धि सकेपछि अल्लाहले मानव र जिन्न प्राणीलाई कर्म अनुसार स्वर्ग वा नर्क पठाउनु हुन्छ। स्वर्गीय सद्कर्मीहरु धेरै प्रशन्न हुन्छन् र नर्कवासीहरु पश्चातापमा पर्नेछन्। जस्तैः अल्लाह तआलाले “पवित्र कुरआन” मा भन्नु भएको छः “जसलाई उसको कर्मपत्र दाहिने हातमा दिइनेछ उसको हिसाब किताब सरल किसिमबाट लिइनेछ र ऊ आफ्नो घर परिवारतर्फ खुशी खुशी फर्किने छ।” (सूरः अल इन्सेकाक/ आयत नं. ७, ८, ९)
अल्लाह तआलाले कुरआनमा नै अर्को ठाउँमा भन्नुभएको छः “जसलाई उसको कर्मपत्र देब्रे हतमा दिइने छ उसले भन्नेछः मेरो कर्मपत्र मलाई नदिएको भए हुँन्थ्यो। यदि मेरो संसारिक मृत्यु नै अन्तिम जीवन भइदिएको भए हुँन्थ्यो। मेरो धन सम्पत्तिले मलाई कुनै लाभ पुर्याएन । मेरो जम्मै अधिकारहरु एवं शक्तिहरु समाप्त भए। ईश्वरबाट हुकुम हुनेछ, यसलाई समातेर घाँटीमा तोक लगाएर नर्कमा फ्याँकि देऊ। ऊ न एक अल्लाहसँग विश्वास गर्दथ्यो, न दीन दुःखीहरुलाई भोजन गराउनका लागि प्रोहत्साहित गर्थ्यो । आजको दीन यहाँ उसको लागि न त कोही घनिष्ट मित्र हुनेछ न त घाउको धोवन बाहेक कुनै भोजन। यो भोजन पापीहरु बाहेक अरु कसैले खाने छैन।”(अल हाक्का २४, २५)
प्रिय पाठकः तपाईं हृदयमा भरसक यो प्रश्न उत्पन्न हुन सक्छ कि जब हामी सबै संसारमा जुन काम गर्नमा प्रथम चोटि सफल भइहाल्छ भने अर्को चोटि त्यो काम गर्न त्यसको लागि धेरै सजिलो भइहाल्छ। फेरि अल्लाह जसले हाम्रो रचना गर्नु भएको छ । के वहाँको लागि अर्को चोटि हामीलाई सृजना गर्न असम्भवको कुरा हो ? जसले ठुला-ठूला पर्वत, पृथ्वी, आकाश, सम्पूर्ण संसारलाई निर्माण गर्नु भएको छ। के अल्लाह पनि मानिस जस्तै असफल हुनुहुन्छ ? जो आफ्नो प्रयाशमा कहिले सफल र कहिले असफल हुन्छ ? कदापि यस्तो हुन सक्दैन । जसको जवाफ दिंदै वहाँले आफै भन्नु भएको छः “हे मानिसहरु हो ! यदि तिमीहरुलाई मरेपछिको जीवनमा शंका छ भने त तिमीलाई थाहा हुनुपर्छ कि तिमीहरुलाई माटोबाट जीवित गरें, फेरि शुक्रकिटको थोपा र फेरि तिमीहरुलाई मासुको आकार भएको वा बिना आकार भएको डल्लो र फेरि तिमीहरुलाई यो बताई दियौं कि जुन शुक्रकिटको थोपालाई चाहन्छौं त्यसलाई एक खास समयसम्म गर्भशयमा राख्छौं, फेरि तिमीहरु वृद्ध अवस्थामा पुग्छौ र कोही तिमीहरु भन्दा पहिले नै फिर्ता ल्याइन्छ र कोही बुढेसकालसम्म पुर्याइन्छन् परन्तु सबै कुरा जानी सकेपछि किन कुरा नबुझेको । तिमीहरु देख्छौ कि पृथ्वी सुकेको हुन्छ, फेरि जहिले हामी त्यसमाथि बर्षा गर्छौं त्यहिबेला भिजेर फुल्छ र सबै प्रकारका हरिया रुख विरूवाहरु उब्जिन थाल्छन्।” (सूरः अल्हजः आयत नं. ५)
लेखकः- करमुल्लाह अब्दुरउफ (मदनी)
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali

