हदीस ७ धर्मको नाम उपदेश र भलाई चाहनु हो
अबू रुक़ैया तमीम बिन औसअद्दारी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएकोछ- नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः- धर्मको नाम उपदेश र भलाई चाहनु हो, हामीले भन्यौ, कस्को लागि ? वहाँले भन्नुभयो, अल्लाह र उहाँको किताब, उहाँको दूत, मुसलमानको इमाम (अगुवा) र सम्पूर्ण मुसलमानको लागि । (मुस्लिम)
ब्याख्याः धर्मका तिरहत्तर दर्जाहरु छन् जस मध्ये कलमा शहादतको गवाही दिन सबै भन्दा उच्च पहिलो नम्बरको दर्जा हो भने आखिरी दर्जा भनेको बाटोमा भएको केही नोक्सान पुर्याउने चिज हटाउनु हो । भलाईको कुरा गर्नु, उपदेश दिनु पनि पुण्य कार्य हो । सबाबीसँग एक पटक अल्लाहको रसूलसल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोःधर्मको नाम उपदेश र भलाई चाहनु हो, सहाबीले सोधेः कस्को लागि ? वहाँले भन्नुभयो, अल्लाह र उहाँको किताब, उहाँको दूत, मुसलमानको इमाम (अगुवा) र सम्पूर्ण मुसलमानको लागि ।
यसैले हामीले कसैले गलत गरि रहेको छ भने त्यसलाई हातले रोक्ने प्रयाश गर्नुपर्छ, यदि हातले रोक्न सकिएन भनेे बोलीले रोक्ने प्रयाश गर्नु पर्छ, यदि बोलीले पनि रोक्न सकिंदैन भने मनले त्यस कार्यलाई घृणित मान्नु पर्छ ।
हामीले सके भलाई गरौं नसके अरुलाई नोक्सान पुर्याउने काम पनि नगरौं । हामी देख्छौं बाटोमा हिंडिरहेकी नारी कसैको बारेमा कुदृष्टिले हेर्नु पनि पाप हो भने सद् भावनाले हेर्नु पाप होइन ।
स्रोतः- चालिस हदीस
लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी
हिन्दी अनुवादकः- कौसर यजदानी
नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल