नबी सल्लल्लाहु अलैही व सल्लम नबी हुन् भन्ने प्रमाण कुरआन तथा हदीसबाटः
“अत्यन्तै बरकतयुक्त छन् उनी जसले आफ्ना भक्तमाथि फुर्कान (कसौटी) अवतरण गरे ताकि उनी सम्पूर्ण मानवकालागि सचेतक होऊन्।” (२५- सूरह अल फुर्कान- आयतः१)
“र, (हे मुहम्मद !) हामीले तिमीलाई सम्पूर्ण मानवजातिकालागि शुभ-सन्देशबहाक तथा सचेतकको रुपमा पठाएका छौं । तर अधिकांश मानिसहरु जान्दैनन्।” (३४- सूरह सबा, आयतः२८)
हे मुहम्मद ! भनिदेऊ- “हे मनुष्य हो ! म तिमीहरु सबैतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल (दूत) हुँ जसकालागि आकाशहरु र धर्तीको शासन रहको छ । उनीबाहेक कोही पुज्य छैन । उनी नै जीवन प्रदान गर्छन् र मृत्यु दिन्छन् । अतः अल्लाह तथा उनको त्यस उम्मी रसूल (दूत) माथि ईमान ल्याऊ जो अल्लाह तथा उनका वाणीहरुमाथि ईमान राख्दछन् र उनकै अनुसरण गर जसले गर्दा तिमीहरुको मार्गदर्शन प्राप्त गर्न सक्नेछौ।” (७ सूरह अल अअराफ, आयतः १५८)
“हरेक नबी मात्र आफ्नो समूदायमा पठाइन्थ्यो तर म सम्पूर्ण मानव समूदायतर्फ पठाइएको हुँ।” (हदीस- अहमद-दारमी)
इस्लाम धेरै सरल र कार्य गर्न सजिलो धर्म हो ।
अल्लाहको कथन छः ….”अल्लाह तिम्रोलागि सुविधा चाहन्छन्, तिमीहरुलाई कष्टमा पार्न चाहँदैनन….” (२ सूरह अल बक़रा, आयतः१८५)
र रसूल सल्लल्लाहु अलैहि व सल्लमको भनाई छः “बेशक यो धर्म सजिलो छ” (हदीसः बुखारी)
अर्को ठाउँमा नबी सल्लल्लाहु अलैहि वसल्लमले भनुभएकोछः “अल्लाहको लागि सबैभन्दा प्यारो धर्म, शिर्कबाट पवित्र, कर्म गर्न सजिलो धर्म इस्लाम हो।” (हदीस- मुस्लिम)
इस्लाम समय र ठाउँ परिवर्तन हुँदैमा निम्न कुराहरु बदलिदैन ।
जस्तैः अकीदा, उपासना, हलाल- हराम, अनिवार्य अधिकार र अनिवार्य कार्य। अल्लाहको कथन छः “अल्लाहको वाणीमा कुनै फेर बदल हुने छैन । निश्चय नै यही महान सफलता हो ।” (१० सूरह यूनुस, आयतः६४)
इस्लाम सम्पूर्ण समश्याबाट मानिसलाई मुक्ति र रक्षा दिने ग्यारेन्टी दिन्छ। जसबाट धर्म, ज्यान, माल, साम्मानको रक्षा हुनेछ । नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाई छः “हरेक मुसलमानको माल जबरजस्ति लिन, रगत बगाउन र अपमान गर्न अर्को मुसलमान माथि हराम हुन्छ।” (हदीस-मुस्लिम, अबूदाऊद, इब्नेमाजा)
इस्लामिक भाईचारा
इस्लामी शिक्षाहरुलाई व्यवहारमा लागु गर्नाले मनको सफाई, हृदय पवित्र, मानव समूदायमा प्रेम, दया र समान्ता व न्यायको प्रचार हुन्छ । अल्लाहको कथन छः आस्थावानहरु एक भाई भाई हुन्, तसर्थ आफ्ना दुई दाजुभाईहरुबीचको सम्बन्धलाई सुदृढ पार….. । (४९ सूरह अल हुजुरात-१०)
धार्मिक शिक्षा लिनु हरेक पुरुष र महिलामाथि अनिवार्य छ ।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः ज्ञान सिक्नु हरेक मुसलमान पुरुष र नारीमाथी अनिवार्य छ । (इब्ने माजा- बैहकी)
यसको मतलब धर्मको अनिवार्य जरुरी र अति आवश्यक ज्ञान हो । जस्तैः अक़ीदा, उपासना (इबादत) हलाल वा हराम, जरुरी काम आदी ।
स्रोतः तालिमुल इस्लाम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


