Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

नबी (सल्ल.) को वंश र परिवार (दोश्रो भाग, पहिलो पोष्ट)

नबी (सल्ल.) को वंश

नबी (सल्ल.) को वंश र परिवार

नबी (सल्ल.) को वंश र परिवार – अल्लाह तआलाले आफ्नो नबी मुहम्मद (सल्ल.) लाई अति पवित्र, सज्जन र शुभ वंशबाट यस जन्म गराउनु भयो। जुन इस्माईल (अलै.) सँग जोडिन्छ। अल्लाहको रसूल (सल्ल.) ले भन्नुभयोः अल्लाह तआलाले इस्माईल (अलै.) को सन्तानमध्येबाट कनानालाई चुन्नु भयो, र कनानाबाट कुरैशलाई चुन्नुभयो, र कुरैशमध्येबाट बनू हाशिमलाई चुन्नु भयो र मलाई बनू हाशिम मध्येबाट चुन्नुभयो । (सही मुस्लिम)

वहाँको वंशको केही नाम यस्तो छः मुहम्मद, बिन अब्दुल्लाह, बिन अब्दुल मुत्तलिब, बिन हाशिम, बिन अब्द मुनाफ, बिन कुसैय, बिन किलाब, बिन मुर्रा, बिन कअब, बिन लुई, बिन ग़ालिब, बिन फह्र, बिन मालिक, बिन अन्नज्र, बिन कनाना, बिन खुज़ैमा, बिन मुदरिका, बिन इल्यास, बिन मुज़र, बिन नज़ार, बिन मअद, बिन अदनान ।

वहाँको सम्बन्ध कुरैश क़बीला (समूदाय) बाट थियो । जुन अरबको सबैभन्दा सर्वोच्च एवं श्रेष्ठ समूदाय थियो र अरब इस्माईल बिन इब्राहीम (अलै.) को सन्तान मानिन्छ । कुरैश नै मस्जिद हराम (काबा) र हाजीहरुलाई खाना खुवाउने तथा पानी पिलाउने जिम्मेवार थिए ।

१. हाशिमः हाशिमलाई नै ‘सिक़ाया’ र ‘रिफ़ादा’ अर्थात हाजीहरुलाई पानी पिलाउने र खाना खुवाउने पद मिलेको थियो । हाशिम धेरै सम्मानित र धनवान थिए । उनी पहिलो व्यक्ति थिए जसले मक्काका हाजीहरुलाई शूरबामा रोटी साँदेर खुवाउने प्रबन्ध गरे । उनको असली नाम अमर थियो तर रोटी टुक्र्याएर शूरबामा रोटी साँदेरको कारण उनको नाम हाशिम भनिन थाल्यो। किनकि हाशिमको अर्थ हुन्छः “टुक्रृयाउने वाला” र उनले नै सर्वप्रथम कुरैशको लागि गर्मी र जाडोको दुई व्यापारी यात्रीको जग बसालेका थिए ।

२. अब्दुल-मुत्तलिबः अल्लाहको रसूल (सल्ल.) को हजुरबुबा अब्दुल मुत्तलिब बिन हाशिम हुन्। उनी कुरैशका सरदार र उनको नायक थिए साथै मस्जिद हराम र हाजीहरुको जिम्मेवार थिए। उनको दसजना छोराहरु थिए, जसमध्ये अब्दुल्लाह, अबू तालिब, अबू लहब, हम्जा र अब्बास प्रसिद्ध हुन र छ जना छोरीहरु थीए । उम्मे हकीम, आतक़ा, सफ़िया, बर्रा, अरवा र उमैमा।

काबासँग सम्बन्धित अब्दुल-मुत्तलिबको साथ दुईवटा प्रमुख घटनाहरु भएः

(क) ज़मज़मको पानी खन्ने कामः ज़मज़मको पानीको मुल इस्माईल (अलै.) र हाजरा (अलै.) को समय देखि शुरु भएको थियो । केही समय जारी रह्यो र यसबाट मानिसले फाइदा उठाई रहे । तर धेरै समय पछि त्यो पानीको स्रोत आफै बन्द भयो ।

अब्दुल मुत्तलिबलाई सपनामा ज़मज़मको पानी खन्ने आदेश दिइयो । सपनामा नै त्यो स्थानको जानकारी दिइएको थियो । उनले खन्न शुरु गरे, खन्दा खन्दै ज़मज़मको पानी निस्कियो । त्यसपछि उनले हाजीहरुलाई ज़मज़मको पानी पिलाउन शुरु गरे ।

(ख) हात्ती वालाको घटनाः यस घटनाको सारंश यस्तो छ कि अब्राह हब्शीले (जुन नजाशी राजाको तर्फबाट यमनमा जेनरल गभर्नर थियो) अरबवासीहरु मक्का स्थित काबाको हज गरेको देख्यो। तब उसले सनआमा एउटा ठूलो चर्च बनायो । उ चाहन्थ्यो कि मक्कावासीहरु उसको चर्चमा आउन। जब बनू कनानाको एक जना व्यक्तिलाई यसको बारेमा थाहा भयो तब त्यो व्यक्तिले रातको समय त्यो चर्चको भित्र गएर उसको क़िबलामा दिसा गरेर पोती दियो । जब अब्राहलाई यो खबर प्राप्त भयो उ धेरै क्रोधित भयो। र साठी हज्जार सेना लिएर काबालाई ढाल्न निस्कियो । उसले आफ्नो लागि एउटा ठूलो हात्ती रोज्यो, उक्त सेनामा नौ या तेह्र हात्ती थियो । जब मक्काको सिमानामा पुग्यो तब हात्ती बस्यो । काबातर्फ जान पटक्कै मानेन । त्यसको मुख उत्तर दक्षिण या पूर्वतर्फ फर्काउँथ्यो । जब उठाएर काबातर्फ लिएर हाँक्न खोज्दा हात्ती बस्थ्यो । त्यही बेला अल्लाहले चराको एक हुल पठाउनु भयो जसले सेना माथि केराउ समान स-साना ढुंगा झार्यो र अल्लाहले उनलाई खाएको भूस समान बनाई दिए ।

हरेक चरासँग तिनवटा स-साना ढुंगाको कंकरी हुन्थ्यो । एउटा चुच्चोमा दुईवटा पंजामा हुन्थ्यो । जहाँ लाग्थ्यो त्यस ठाउँको मासु झर्न थाल्थ्यो र उ मर्दथ्यो ।

यता अब्राह माथि अल्लाहले एउटा यस्तो संकट पठाए कि उसको औला टुप्पा देखि झर्न थाल्यो र सनआ पुग्ने अवस्थामा उसको शरिर हड्डी मात्र भयो। फेरी उसको टाउको फुट्यो र गिदी बाहिर निस्कियो र त्यो मर्यो । यो घटना नबी (सल्ल.) को जन्म भन्दा पचास वा पचपन्न दिन पहिले मुहर्रमको महिनामा घटेको थियो जुन ईस्वी क्यालेन्डर अनुसार सन् ५७१ फेब्रुअरी महिनामा भएको थियो ।

स्रोतः मुहम्मद सल्ल. को क्रान्तिकारी जीवन

नेपाली भाषामा अनुवाद- मुहम्मद इब्राहीम

Related Post