नमाज पढ्ने तरिकाः नीयत गरेर किब्लातर्फ मुख गरेर दुबै हात कानसम्म उठाएर “अल्लाहु अकबर” भनेर देब्रे हात माथि दाहिने हात पर्ने गरी दुबै हात छातीमा बाँध्नु पर्दछ। फेरी सना पढ्नु पर्दछ जुन यसरी छः
“अल्लाहुम्मबाइद बैनी व बैन खतायाया कमा बाअत बैनलमशरेके वल्मगरबे, अल्लाहुम्म नक्केनी मिनल्खताया कमा युनक्कस्सौबुल अबयजो मिनद्दनसे, अल्लाहुम्मग्सिल खतायाया विल्माए वस्सलजे वल्बरद।”
अर्थः हे अल्लाह तपाईले पूर्व र पश्चिम बीच जत्तिकै मेरो र पापहरु बीच दूरी पार्नु होस्, हे अल्लाह मलाई तपाईले सेतो लुगा फोहरबाट सफा भए जस्तै मेरा पापहरुबाट पवित्र पार्नु होस्, हे अल्लाह तपाईले मेरा पापहरुलाई पानी, असिना र बरफले धोइ दिनुहोस्।
यस पछि “अऊजो बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहहिर्रमानिर्रहीम” भन्नु पर्दछ । त्यसपछि “अल्मदुलिल्लाही रब्बिल आलमिन, अर्रहमानिर्रहीम, मालिकी यौमीद्दिन, इय्याकन अबुदु व इय्याक नस्तइन, इहदेनस्सिरात मुस्तक़िम, स्सिरातल्लज़ीन अन अमता अलैहिम गैरील मग़्दुबे अलैहिम वलद्वल्लीन । आमीन।।”
फेरी “बिस्मिल्लाहहिर्रमानिर्रहीम” बनेर याद गरेको कुनै सूरह पढ्नेः बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुल्हुवल्लाहु अहद । अल्लाहुस्समद । लमयलिद वल युलद । व लम यकुल्लहु कुफु वन अहद ।
अब “अल्लाहु अक्बर” भन्दै रुकुअ (निहुरिएर घुँडामा हात राख्ने) मा जानुहोस् र भन्नुहोस् “सुब्हान रब्बियल अजीम” कम्तिमा तिन पटक भन्नु पर्दछ। त्यसपछि टाउको उठाउँदै यसो भन्नु होस्- “समीअल्लाहुलिमन हमिद, रब्बाना वलकलहम्द हम्दन कसीरन तय्यबन मुबारक फिह”। त्यसपछि “अल्लाहु अक्बर” सज्दामा जानु पर्दछ। सज्दामा दुबै हत्केला, अनुहारनिर हुनेगरी निधार र नाकले भूईमा टेक्नु पर्दछ साथै कुहिनाहरु छातिसित अलग हुनुपर्छ अनि दुबै घुँडा र दुबै खुट्टाका औंलाहरु भुईमा हुनुपर्छ। खुट्टाका औंलाहरु किब्लातर्फ मुडेको हुनु पर्दछ । अनि भन्नुहोस् “सुब्हान रब्बियल आला” (कम्तिमा तिन पटक पढ्ने) फेरी सज्दाबाट उठेर “अल्लाहु अक्बर” भन्दै देब्रे खुट्टा पल्टाएर त्यसमाथि यसरी बस्नु पर्दछ कि दाहिने खुट्टाको पंजा उभिएको हुनु पर्दछ र त्यसका औंलाहरु क़िब्ला तिर हुनुपर्छ । दुबै हात तिघ्राहरु माथि घुँडानिर राखेर यो दुआ भन्नुहोस- “अल्ला हुम्मग्फरली बरहमनी व आफिनी वहदिनी वर जुक्नी।” फेरी दोश्रो सज्दा उभिनुहोस् ।
यहाँसम्म एक रकअत पुरा हुन्छ यसैगरी दोश्रो रकअतको लागि पुरा गरेर तशह्हुदको दुआः “अत्तहिय्यातो लिल्लाहे वस्सलवातो वत्तइएवातो अस्सलामो अलैना व अला इबादिल्ला हिस्सालेहीन, अश्हदु अल्लाह इलाह इल्लल्लाह व अश्हदु अन्न मुहम्मदन रसूलुल्लाह।”
अत्तहिय्यात पढ्दा शुरु देखि नै दाहिने हातको चोर औंला अलि उठाएर संकेत गर्नु पर्दछ। यदि दुई रकअत नमाज पढ्ने हो भने अत्तहिय्यात पढेर दरूद सलाम पढ्नु पर्छ। दरुद सलामको दुआः“अल्लाहुम्म सल्ले अला मुहम्मदिवं व अल्ला आले मुहम्मदीन, कमा सल्लैता अला ईब्राहिम वला आले ईब्राहिम इन्नक हमिदुमजिद, अल्लाहुम्म बारिक अला अला मुहम्मदिवं व अल्ला आले मुहम्मदीन, कमा सल्लैता अला ईब्राहिम वला आले ईब्राहिम इन्नक हमिदुमजिद”
त्यसपछि यो दुआ पढ्नुः दुआः “अल्लाहुम्म इन्नी जलम्तो नफ्सी ज़ुल्मन कसीरौं वला यगफेरुजुनूबा इल्ला अन्ता फग्फिरली मग़्फिरतम् मिन इन्दिका वर्हम्नी इन्नका अन्तल्गफुरुर्रहीम”
यो दुआ पढेर सलाम फेर्नुपर्दछ । यदि दुई रकअत भन्दा बढीको नमाज पढ्ने हो भने अत्तहिय्यात पढेपछि उठेर हात कांधसम्म उठाउँदै उभ्भिएर बाँकी रकअत पुरा गरी दोश्रो बैठकमा अत्तहिय्यात पछि सूरह दरुद शरीफ र उपरोक्त दुआ पढेर पहिले दायाँतिर फर्केर भन्नुहोसः “अस्सलामो अलैकुम व रहमतुल्लाहे व बरकातुहू”
फेरि देब्रेतिर फर्केर “अस्सलामो अलैकुम व रहमतुल्लाहे व बरकातुहू” भनेर सलाम फेर्नु पर्दछ। अल्लाहु अक्बर, अल्लाहु अक्बर, अल्लाहु अक्बर, अस्तग्फिरुल्लाह, अस्तग्फिरुल्लाह, अस्तग्फिरुल्लाह, भन्नु होस् फेरी दुआहरु पढ्नुहोस् जुन अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको तरिका अनुसार प्रमाणित छ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali





