सूरतुन नास-११४ – (मक्का, आयतहरु-६)
शुरु गर्दछु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. भनिदेऊ ! म शरणमा पर्छु मानवका पालनकर्ताको;
२. मानवका वास्तविक सम्राटको;
३. मानवका पूज्यको;
४. भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) …
५. जसले मानवहृदयमा भ्रम उत्पन्न गर्छ……
६. चाहे त्यो जिन्न मध्येको होस् वा मानव मध्येको।
संक्षेप ब्याख्या
त्यस रबको शरण पर्छु जो रातको अन्धाकारलाई छाँटेर प्रकाशमान बिहानी वा प्रातःकालको उदय गराउँछन् । बिहानी शब्द विशेषतः यस कारणले प्रयोग भएको छ कि जुन रब(ईश्वर) अन्धाकार पछि बिहानी ल्याउन सक्छन् उनै रबको डर, भय, तथा सङ्कटपछि सुख शान्ति पनि ल्याउन सक्छन् ।
अल्लाहले जे जति सृष्टि गरेका छन् भलाईको उदेश्यबाट सृष्टि गरेका छन् । तर उनले जहिले पनि चाहेमा त्यसलाई दुष्टतामा परिणत गर्न सक्छन्। वर्षा यस संसारको लागि कृपा हो तर अल्लाहले चाहेमा यसलाई प्रकोपमा पनि परिणत गरि दिन्छन् । यसबाट के स्पष्ट हुन्छ भने कुनै पनि दुष्टता स्वय आफ्नो अस्तित्व राख्दैन । अल्लाहले चाहेमा मात्र कुनै पनि चीजले हानी पुर्याउन सक्छ । यहाँ एक अल्लाहमा आस्था राख्नेहरुलाई सिकाइँदैछ कि जुनसुकै सङ्कटमा केवल अल्लाहको सहयोग, शरण, तथा सहारा खोज । बहुदेववादीहरु जस्तो नबन जो दुष्ट वस्तुलाई नै पुज्य ठान्छन्
अन्धकारमय रातबाट बच्नको लागि यस कारणले अल्लाहको शरण मागिएको छ कि अधिकांश रातमै निस्किन्छ ।
यसको अभिप्राय पुरुष एवं महिला जादूगरहरुको दुष्टता तथा दुष्कर्महरुबाट बच्न शरण मागिएको छ ।
अर्थात ईर्ष्यालु व्यक्तिको कारणले कुनै हानी पुर्याउन खोजोस् । ईर्ष्यालु व्यक्ति धन-जन तथा हरेक प्रकारका अनुग्रहलाई हानी पुर्याउन खोज्ने गर्छ । यो अति निकृष्ट अनैतिक रोग हो जसले पूण्य-कर्मलाई समाप्त पार्ने गर्छ।
स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)
अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही
पोष्ट प्रकाशन कर्ता-मुहम्मद इब्राहीम खरेल