Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

सत्य मार्गमा निमन्त्रणा

निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा – केही दिन पछि वहाँलाई उनै फरिष्ताको माध्यमबाट यो निर्देशन मिल्यो कि अब तिमी उठ, मानिसलाई आखिरत (महाप्रलय) को दिनको बारेमा सचेत गराउ र उनलाई बताउ ईश्वर नै सबैभन्दा ठूला हुन्, सबै प्रशंसा उनैको लागि हो ।

यो निर्देशन मिले पछि वहाँको ध्यान मानिसलाई सत्यमार्गमा निमन्त्रणा गर्न लागे, जो व्यक्ति केही समझदार भेट्थे उसलाई आफ्नो सन्देश सुनाउँथे, त्यस बखतसम्म जति कुरआन अवतरित भएको थियो ती कुरआनको आयात सुनाउँथे, ती आयतहरु मानिसको जीवनमा केवल एक ईश्वरको उपासना तथा केवल उनैको आज्ञापालन गर्ने सन्देश दिन्थे ।

एक ईश्वरको पूजा गर्ने भन्दा त्यस समयका अरब समाजमा बिलकुल नयाँ कुरा लाग्थ्यो । उनका पूर्खा र पहिलाका पिढींहरुले कहिले पनि यस्तो कुरा सुनेका थिएनन् । उनीहरुको लागि पूर्खा र पूर्वजको मार्ग छोड्नु सबैभन्दा दुश्कर्म ठान्थे । यदि यो कुरा माने भने उनको सरदारीप्रति पनि आँच आउथ्यो र मूर्ति पूजाबाट आउने सबै आम्दानी पनि प्रभावित हुन्थ्यो । यसैले बिस्तारै बिस्तारै यसको विरोध हुन थाल्यो ।

दिन रात मुहम्मद सल्लल्लाहु अलैही वसल्लम ईश्वरसँग प्रार्थना गर्दथे, किनकि वहाँ चाहनु हुन्थ्यो कि आफ्ना खान्दान र मक्काका केही प्रशिद्ध व्यक्तिको साथ मिलोस् तर अवस्था कठिन हुँदै गयो । तिन वर्ष यसरी नै बित्यो। शान्तिसँग इस्लामको दावत दिंदै जानु भयो ।

“अरकम” को घर ती व्यक्तिहरुको केन्द्र बन्दै गयो, मानिसहरु गोप्य रुपमा इस्लाम स्वीकार गर्दै थिए, यसैगरी तिस देखि पैंतिस जना मानिसहरुले वहाँ माथि ईमान ल्याएका थिए । तिनीहरु “अरकम” घरमा लुकेर नमाज़ पढ्दथे । अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को समूह यसैगरी शान्तिपूर्वक अघि बढ्दै थियो ।

सत्य मार्गमा खुल्ला निमन्त्रणा (सन् 3 नवबी)

तिन वर्ष पछि अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई यो आदेश भयोः “जुन काम तपाईलाई जिम्मा दिएको छ, त्यसलाई खुल्लम खुल्ला पेश गर र मुशरिक अर्थात बहुदेववादीहरु पर्वाह नगर”

यो आयत अवतरित हुनासाथ अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) खान ए काबामा जानु भयो र वहाँ सबैको सामने नमाज पढ्नु भयो। सबै मानिस अचम्ममा परे। उनीहरुले अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई धम्की दिन लागे। एक दिन आफ्ना खान्दानका सबै मानिसहरुलाई बोलाएर निमन्त्रणा दिनलाई खाना खाने गरी बोलाउनु भयो। तर वहाँका खान्दान मध्ये कसैले पनि वहाँलाई साथ दिने कुरामा स्वीकार गरेनन्। केवल अलीले अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई साथ दिने घोषणा गरे र अबू तालिबले आशिर्वाद दिनुभयो र संरक्षण गर्ने विश्वास दिलाउनु भयो।

सफ़ा पर्वतमा

केही दिन पछि वहाँले सफ़ा पहाडमाथि चढेर मक्कावासीलाई आवाज दिएर बोलाएर अनि मानिसहरु जम्मा भए । तब अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भने तपाईहरु मेरो बारेमा के सम्झन्छौ सच्चा या झुटो ?

मक्कावासी सबैलाई वहाँको आनी बानीको बारेमा जानकारी थियो, सबैले एक स्वरमा भनेः “हामीले कहिले पनि तपाईको मुखबाट झुटो कुरा बोलेको सुनेका छैनौं । हामी जान्दछौ कि तपाई सच्चा र आमीन(अमानतदार) हुनुहुन्छ” । त्यसपछि  अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भनेः म भन्छु कि यो पहाडको पछाडि दुश्मनको फौज लुकेका छन् के तपाईहरु मेरो कुरा मान्नु हुन्छ ?  मानिसहरुले उत्तर दिए- “हामी तिमीलाई संधै सादा र सच्चा सम्झि रहेका छौं । तिमी उच्च ठाउँमा उभिएका छौं र पहाडको उतापटीको भाग देखेको छौ जुन हामी देख्न सक्दैनौं”। अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भन्नुभयोः त म भन्दछु कि पूज्य एक हुनुहुन्छ र उनको कोही साझेदार छैनन् । मृत्यु आउनु निश्चित छ र मृत्युपछि अर्को जीवनमा ईश्वरको सामने हाजीर हुनु पर्छ । यदि यो कुरालाई मानेर जीवन व्यतीत गर्यौ भने सफलता र मुक्ति पाउने छौं तथा लोक र परलोक दुबै ठाउँमा सफल हुनेछौं अन्यथा तिमीमाथि ठूलो प्रकोप उत्रिने छ । मानिसहरु यो कुरा सुनेर धेरै क्रोधित भए । उनिहरुले भने- “के हामीलाई यसैले बोलाएको थियो, व्यर्थमा हाम्रो समय नष्ट गर्यौ।” र सबै आफ्नो आफ्नो बाटो लागे ।

नोटः बाँकी भाग हामी अर्को पोष्टमा पस्किनेछौं……………….. कमश

स्रोतः सत्यको खोज पुस्तक

 

Related Post