मेरो नाम नोरा जासमेन हो। म सिंगापुरकी हुँ र मैले चिनी संस्कार छोडेर इस्लाम धर्म स्वीकार गरेकी छु। आफ्नो केही नजिकको साथी, मेरो श्रीमान, उनको परिवार, मेरो माइती घरका परिवार खास गरी मेरो आमाको मद्दतले मैले ११ मई २०१३ मा इस्लाम स्वीकार गरेकी हुँ । मेरो आमाले यस कुरालाई मान्नु भयो कि मैले पनि इस्लाम धर्म स्वीकार गर्नु पर्ने थियो तर उनी स्वयं कठिन समयको सामना गरि रहेकी थिइन। म आफ्नो आमाको धेरै उपकार ठान्छु किनकि उनैले मेरो जिन्दगीको यस महत्वपूर्ण परिवर्तनको घडीमा मेरो साथ दिनुभयो। अल्लाहलाई लाखौं-लाख धन्यवाद छ कि उनैले मलाई इस्लामतर्फ आउनको लागि मेरो यात्रालाई सजिलो बनाउनु भयो।
म मुसलमान भएर एक वर्ष पछि देखि हिजाब लगाउन थालेकी हुँ, जब देखि हिजाब लगाउन थाले तबदेखि आजसम्म हिजाब नलगाउँ भन्ने कुरा मेरो दिमागमा आएन ।
केही कारणहरु जस्तै- ‘केही समय पर्खिऊ जबसम्म हाम्रो बच्चा हुँदैन ‘या’ म अहिले यसको लागि तयार भएकी छैन।’ यस्तो सोच कदापी आएन । वास्तवमा सिंगापुर बहु-जातिय मानिसको बसोवास भएको कारण मेरो दिमागमा डर पनि थियो कि मेरो वरिपरीका मानिसहरुले मैले पर्दा लगाउँदा स्वीकार गर्छन् की गर्दैनन् । जब कहिले कांही म पर्दा लगाउनलाई सोच्थे तब निराश हुने गर्थे र मेरो मुटुको धड़कन बढन लाग्थ्यो ।
मिती २०१४ अप्रिल १ तारिखको दिन म आफ्नो पतिसँग पहिलो पटक मस्जिदमा गए। म डराएकी थिए किनकि मस्जिदमा कस्तो कुरा ध्यान राख्नु पर्छ र मस्जिदमा कस्तो किसिमको निती निर्देशनको पालना गर्न जरूरी हुन्छ त्यो थाहा थिएन। पतिले केही कुरा सम्झाए पनि मलाई असजिलो लागेको थियो। अल्लाहलाई धन्यवाद छ कि मैले वहाँ मग्रिबको नमाज पढें र वहाँ मैले आनन्द महसूस गरें। फेरी म लगातार केही हप्तासम्म मस्जिदमा गएपछि मलाई थाहा भयो कि मस्जिदमा आउने अन्य नारीहरुले जस्तै मैले पनि यहां आउँदा हिजाब लगाएर आउनु पर्ने रहेछ।
मैले हृदयमा यस कुरालाई सोचे आखिर मैले किन पर्दा लगाउन एक वर्ष ढिलो गरें ? जबकी मेरो पतिले मलाई धेरै मदत गर्नु हुन्छ र वहाँले मलाई हिजाब लगाउन अनुमति पनि दिनु भएकै थियो । म पनि हृदयमा पूर्ण सन्तुष्टि भएरनै इस्लाम धर्म स्वीकार गरेकी थिए तर पनि मैले किन हिजाब लगाइन ? मलाई आत्मा ग्लानी हुन थाल्यो ।
एक दिन मैले “विश्व हिजाब दिवस” फेसबुक पेजमा ‘३०’ दिनको लागि हिजाबको चुनौती’ क्याम्पिङमा हिस्सा लिने इरादा गरे र सोचे रमजान महीनाको समयमा यस क्याम्पिङमा भाग लिएर हिजाब लगाउने इच्छा र उत्साह हुन्छ। मैले आफ्नो आमा, श्रीमान र आफ्नो साथीलाई बताए कि अब म पनि हिजाब लगाउने विचारमा छु । अल्लाहलाई धन्यवाद छ कि मैले पहिलो रोजामा पूरा दिन हिजाब लगाई राखें। अल्लाहको दयाले मलाई अझ आफ्नो नजिक बनाए।
म स्वयं पर्दा (हिजाब) मा नलगाउँदा भन्दा पर्दा (हिजाब) लगाउँदा धेरै सुरक्षित महसूस गरेकी छु र पर्दा (हिजाब) लगाउँदा मेरो मित्रहरुले ज्यादै इज्जत गर्छन्। मलाई मुस्लिम हुनुमा गर्व छ। मेरो श्रीमानलाई धेरै आश्चर्य लाग्यो कि इस्लाम स्वीकार गरेको एक वर्ष पछि नै मैले पर्दा लगाउन शुरू गरें। मलाई धेरै खुशी लागेको छ किनकि मैले आफ्नो इच्छाबाट इस्लामिक मार्ग स्वीकारें त्यस अल्लाहको लागि, जो यस संसारको पालनकर्ता हुन।
म आफ्नो बहिनीसँग भन्न चाहन्छु कि यदि तिमी पनि मेरो शुरूको एक वर्षको जस्तै दुविधामा रह्यौ भने अल्लाहसँग मद्दत माग, दुआ गर, अल्लाहले तिमीलाई सही मार्गदर्शन गरी सहज पारिदिनु हुन्छ। अल्लाह हामीलाई कठिनमा एक्लै कहिले छोड्दैनन् बरु हामीलाई मार्ग सहज गरिदिनु हुन्छ ।
Shorce= http://www.islamicwebdunia.com/2016/01/blog-post.html
अनुवादक- मुहम्मद इब्राहिम