विश्वमा कयौं यस्ता उदाहरण छ जुन प्रियंका चोपड़ासँग मिल्दो जुल्दो छ। जस्तै निल आर्मस्ट्रङले जब चन्द्रमा पुगे त्यस बेला उनले चन्द्रमामा आज़ान दिएको आवाज सुनेका थिए, यो उनको लागि अचम्म थियो किनकि उनले यस्तो आवाज कदापी पृथ्वीमा सुनेका थिएनन् । जब उनी अन्तरिक्ष भ्रमणबाट फर्किए तब उनलाई विश्व भ्रमण गर्ने अवसर प्रदान गरियो, फलस्वरुप उनी घुम्दै घुम्दै इजिप्टमा पुगे तब उनी चिया पिउन एउटा होटलमा बसेका थिए, त्यही नजिक एउटा मस्जिद थियो, अनि जब नमाज़को लागि आज़ान दियो तब उनले सोधे यो के को आवाज हो ? स्थानिय व्यक्तिले भने यो आजान हो जुन नमाज़ पढ्ने समयमा नमाज़ीहरुलाई एकत्रित गर्न दिइन्छ। मुस्लिमहरु आजान दिएपछि नमाज़ पढ्न मस्जिदमा जान्छन् । तब उनले भने यस्तै आवाज मैले चन्द्रमा पुग्दा सुनेको थिए । उनी यो कुरा सुनेर प्रभावित भए । त्यसै गरी संसारमा कयौं व्यक्तिहरुले आजान सुनेर इस्लाम धर्मलाई स्वीकार गरेका छन् । सायद प्रियंका चोपड़ालाई पनि अल्लाहले हिदायत दिए भने इस्लाम धर्म प्रति आकर्शित हुन सक्छिन् । अल्लाहले उनको हृदय़लाई खोलि दिउन् हामी त यही दु्आ गर्छौं तर हिदायत त उनै मालिकको हातमा छ। आखिर के भयो त जब प्रियंका चोपड़ा भुपाल आइन तल संक्षेपमा पढौं ।
प्रकाश झा निर्देशित र प्रियंका चोपड़ा स्टार फिल्म जय होस् गंगाजलको ट्रेलर मंगलवारमा रिलीज भयो। यस फिल्मको अधिकांश शूटिंग मध्यप्रदेशको राजधानी भोपालमा भएको थियो।
पहिलो पटक शूटिंगको सिलसिलामा भोपाल पुगेकी प्रियंका यहाँको खूब सून्दरता देखेर आकर्षित भएकी थिइन । प्रियंकाको भनाई छ कि उनी भोपाल आएकी थिइन प्रियंका चोपड़ा बनेर तर फर्किदा प्रियंका भोपाली बनिन्।
किनकि प्रियंका चोपड़ाको हृदय भोपालको अजानले जीतेको थियो । भोपालको मस्जिदबाट साँझ (ईशा) को समय नमाजको लागि दिएको अजानको आवाज प्रियंकाको हृदयमा बस्यो।
वास्तवमा, प्रियंका चोपड़ा फिल्म गंगाजलको सीक्वलको शूटिंगको लागि भोपाल आएकी थिइन। उनी त्यहाँ करीब 20 दिनसम्म रहिन र फर्किने बेलामा उनले साँझको-भोपालको (आजान) को बयान गरेकी थिइन।
प्रियंकाले भनिन् कि उनी हम्मेशा शूटिंग सके पछि सुनौलो साँझमा होटलको छतमा जान्थिन् यहाँ उनले हरेक दिशाबाट आएको अजानको आवाज सुन्थिन।
प्रियंका भन्छिन्, ‘होटलको आसपास छ मस्जिदहरु थिए। ढल्किदो साँझमा अजानको लागि गुञ्जिएको आवाजबाट उनलाई हृदयमा शान्ति प्राप्त हुन्थ्यो।
राजधानीको वास्तुकलाले पनि प्रियंकालाई धेरै प्रभावित गर्यो। प्रियंकाले भनिन् कि पुरानो शहरमा शूटिंगको मौकामा उनले कयौं यस्तो भवनहरु देखिन जुन वास्तुकलाको अद्भुत उदाहरण थियो। प्रियंका बताउँछिन् उनले पुरानो शहरमा शूटिंगको मौकामा कयौं फोटों खिंचिन, ती फोटोहरु उनले समय-समयमा सोशल मीडियामा शेयर पनि गरेकी थिइन।
लेखकः आस्मा हनिफा
साउदी अरब
नोटः यो लेख फेसबुकबाट साभार गरिएको हो जुन हिन्दी भाषामा थियो, साथै केही थप जानकारीको साथ नेपाली भाषामा अनुवाद गर्ने काम मैले गरेको हुँ । गल्ति भएमा सुधार गर्ने अवसर प्रदान गर्नु होला ।
हजुरको भाई- मुहम्मद इब्राहीम, कुवैत
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


