Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

बहु विवाह गर्नु मुस्लिम धर्मालम्बीहरुलाई अनिवार्य होइन, मात्र अनुमति छ।

बहु विवाह

डा. जाकिर नाइक

बहुविवाह यस्तो व्यवस्था हो जस अनुसार एक व्यक्तिको एकभन्दा बढी पत्नि वा पति हुन्छन्, बहुविवाह दुई प्रकारका हुन्छन्

  • एक पुरुषले एकभन्दा बढी पत्नी राख्ने
  • एक स्त्रीले एकभन्दा बढी पति राख्ने

इस्लाममा पुरुषलाई एक भन्दा बढी पत्नी राख्न पाउने अनुमति छ तर स्त्रीका लागि भने एक भन्दा बढी पति राख्ने अनुमति छैन।

यस प्रश्न माथि विचार गरौं कि इस्लाममा पुरुषलाई एक भन्दा बढी पत्नी राख्ने अनुमति किन प्रदान गरियो ?

पवित्र कुरआन संसारका धार्मिक पुस्तकहरुमध्ये एउटा यस्तो पुस्तक हो जसले भन्दछ- …..एउटी स्त्रीसँग मात्र विवाह गर

अन्य कुनै यस्तो धर्मग्रन्थमा उल्लेख छैन जसले एक मात्र स्त्रीसँग विवाहको उपदेश दिने । कुनै पनि धार्मिक ग्रन्थमा हामी पत्नीहरुको संख्यामा कुनै सिमांकन गरेको पाउँदैनौं चाहे त्यो वेद, रामायण, गीता हुन या तलमूद वा बाइबल । यी पुस्तकहरुका अनुसार झन एक व्यक्तिले आफ्नो इच्छा अनुसार जति मनलाग्छ त्यतिवटी पत्नी राख्न सक्दछ। पछि आएर हिन्दूका धर्मगुरु र ईसाइका पादरीहरुले पत्नीको संख्यालाई सीमित गरेर एउटा मात्र गरिदिए।

धेरै हिन्दू धार्मिक व्यक्तिसँग उनीहरुकै धार्मिक पुस्तकहरुले बर्णन गरे अनुसार धेरै पत्नीहरु भएको हामी पाउँछौं। रामका पिता दशरथका चार रानीहरु थिए। यस्तै प्रकारले कृष्णका पनि आठ पटरानीहरु थिए । प्राचिनकालमा ईसाइहरुलाई उनीहरुका इच्छा अनुसार पत्नीहरु राख्न पाउने अनुमति थियो । किनकि बाइबलमा पत्निको संख्यामा कुनै सिमा तोक्दैन। केही शताब्दीअघि मात्र गिर्जाघर (ईसाइहरुको प्रार्थान घर) ले पत्नीहरुको संख्याको सिमा कम गरेर एक मात्र गरिदियो। यहुदी धर्ममा पनि बहु-विवाहको अनुमति छ । तलमूद (यहूदीहरुको धर्मग्रन्थ) कानून अनुसार इब्राहीमका तिनवटा पत्नी थिए र सुलैमानका सयौं पत्नीहरु थिए। बहु-विवाहको चलन चलिरह्यो र त्यस समय आएर बन्द भयो जब रिब्वी गर्शोम बिन् यहुदा (सन् ९६०-१०३०) ले यस विरुद्ध हुकुम जारी गरें। मुसलमान देशहरुमा रहने यहुदीहरुका पुर्तगाल समुदायमा यो चलन सन् १९५०  सम्म प्रचलित रह्यो र अनन्त: इस्राइलको चीफ रिब्वीले एक भन्दा बढी पत्नी राख्न प्रतिबन्ध लगाइ दिए।

. मुसलमानहरुको तुलनामा हिन्दूहरु बढी पत्नी राख्दछन् ।  

सन् १९७५ मा प्रकाशित एक प्रतिवेदनको पृष्ठ संख्या ६६ र ६७ मा भनिएको छ कि सन् १९५१ र १९६१ को बीचमा हिन्दूहरुमा बहु-विवाह ५.०६% थियो जबकि मुसलमानहरुमा ४.३१%, मात्र थियो। भारतिय कानूनमा मुसलमानलाई मात्र एक भन्दा बढि पत्नी राख्न पाउने अनुमति छ र गैर मुस्लिमका लागि एक भन्दा बढी पत्नी राख्नु गैरकानूनी छ। यस्तो हुँदा हुँदै पनि हिन्दूहरुसँग मुसलमानहरुको तुलनामा धेरै पत्नीहरु हुन्छन्। विगतमा हिन्दुहरुमाथि पनि यसको कुनै प्रतिवन्ध थिएन। कयौं पत्नीहरु राख्ने उनीहरुलाई अनुमती थियो। जब सन् १९५४ मा हिन्दु विवाह कानून लागु जारी गरियो जस अनुसार हिन्दुहरुलाई बहु-विवाहको अनुमति भएन र यसलाई गैर- कानूनी गरियो। यो हिन्दू घर्मग्रन्थमा नभएर भारतिय कानून हो जसले हिन्दुहरुलाई एकभन्दा बढी पत्नी राख्न प्रतिबन्ध लगाउँछ।

३. पवित्र कुरआनले सीमित बहुविवाहको अनुमति दिन्छ।

 पवित्र कुरआनमा छ- ….“केवल एउटी महिलासँग विवाह गर।” …… (कुरआन सूरह निसा, आयत- ३)

फेरी अर्को ठाउँमा पवित्र कुरआनमा उल्लेख छ- “यदि तिमीहरुलाई अनाथप्रति दया गर्न नसकिएला कि भन्ने डर छ भने तिमीहरु आफुलाई मन परेकी स्त्रीहरुमध्ये दुई-दुई, तीन-तीन वा चार-चार जनासँग बिहे गर।” (कुरआन सूरह निसा, आयत- ३, ४)

कुरआन अवतरित हुनुभन्दा पहिले बहु-विवाहको कुनै सिमा थिएन। धेरै मानिसहरुले ठूलो संख्यामा पत्नीहरु राख्दथे र कोहीसंग त सयौं पत्नीहरु हुन्थे। इस्लामले त कुनै व्यक्तिलाई दुई वा तीन अथवा चारजाना स्त्रीसँग मात्र विवाह गर्न अनुमति दिन्छ तर शर्त यो छ कि उसँग न्याय गर्ने क्षमता, शारिरीक क्षमता, र आर्थिक क्षमता हुनुपर्छ तब मात्र।

पवित्र कुरआनमा भनिएकोछः- “र तिमीहरुले चाहेर पनि पत्नीहरु बीच न्याय गर्न सक्दैनौं । अनि, तिमीहरु एउटीतर्फ यसरी नझुक कि अर्की चाहीँ झुण्डिएकै हुन पुगोस्…..।” (पवित्र कुरआन सूरह निसा ४, आयत नं. १२९)

कुरआनबाट थाहा भयो बहु-विवाह कुनै धार्मिक आदेश होइन बरु यो एउटा अनुमति मात्र हो। बहु विवाह गर्नलाई तिन शर्त पुरा गर्न सक्नु पर्छ त्यो हो, शारीरिक क्षमता(सबै स्त्रीसँग पालैपालो एक एक रात बिताउनु), आर्थिक क्षमता (सबै स्त्रीलाई समान कपडा दिनुपर्छ, खाना खाना खुवाउनु पर्छ र समान घर दिनु पर्छ) र न्यायिक क्षमता (कुनै स्त्रीलाई काखा र कुनै स्त्रीलाई पाखा गर्नु हुँदैन, समान ढंगले न्याय गर्नु पर्छ र जसले पक्षपात गर्नु हुँदैन । धेरै मानिसहरुमा मुसलमान पुरुषहरुले एक भन्दा बढी विवाह गर्न अनिवार्य छ भन्ने भ्रम छ। सामान्यतया इस्लामले कुन काम गर्ने वा कुन नगर्ने भन्ने दृष्टीकोणले कामलाई पाँच भागमा विभाजित गरिएको छः-

(क) फर्ज वा अनिवार्य।

(ख) मुस्तहब अर्थात रोजाईमा भरपर्ने।

(ग) मुबाह अर्थात जसको अनुमति छ।

(घ) मक्रुअ अर्थात घृणित वा मन नपराइएको।

(ङ) हराम अर्थात निषेधित।

बहु-विवाह मुबाह (जसको अनुमति छ) अन्तरगत पर्दछ। यसको मतलब हो अनुमति छ तर आदेश होइन। दुई, तीन वा चारवटी पत्नी हुने मुसलमान भन्दा एउटा पत्नी हुने मुसलमान राम्रो छ भन्नु सरासर गलत हो।

महिलाहरुको औसत आयु पुरुषहरुको भन्दा धेरै हुन्छ ।

प्राकृतिक रुपमा महिला तथा पुरुषको जन्म लगभग एउटै अनुपातमा हुन्छ। बालकहरुको तुलनामा बालिकाहरुको रोगसँग लड्ने क्षमता धेरै हुन्छ। युद्धको क्रममा महिलाहरुको तुलनामा पुरुषहरु धेरै मर्छन्। दुर्घटनामा र रोगहरुबाट पनि यही तथ्य देखापर्दछ। महिलाहरुको औसत आयु पुरुष भन्दा बढी हुन्छ। यसकारण विश्वमा विधुरहरुको भन्दा विधवाको संख्या बढी देख्छौं ।

. गर्भपतन तथा भ्रूण हत्याको कारण महिला भन्दा पुरुषको जन संख्या बढी ।

भ्रूण हत्याको कारण भारतमा महिलाहरु भन्दा पुरुषको संख्या बढी छ। भारतमा प्रतिवर्ष दस लाखभन्दा बढी गर्भपात तथा बलिका भ्रूण हत्या गरिन्छ। यदि यस घृणित कार्यलाई रोक्ने हो भने निश्चय नै स्त्रीको संख्या पुरुष भन्दा बढी हुनेछ।

. विश्वमा पुरुषको जनसंख्या भन्दा स्त्रीको जनसंख्या बढी छ ।

अमेरिकामा स्त्रीको संख्या पुरुष भन्दा अठहत्तर लाख बढी छ। न्यूयोर्कमा मात्र स्त्रीको संख्या पुरुषभन्दा दसलाख बढी भएको छ । जहाँ एक तिहाई पुरुषको संख्या सोडोमीज (पुरुषमैथुन) छन्। र पुरै अमेरिकामा यस्ता पुरुषको संख्या दुई करोड पचास लाख रहेको छ। यसबाट प्रष्ट हुन्छ की कतिपय लोग्ने मानिसहरु महिलासँग विवाह गर्न चाहँदैनन् । बेलायतमा महिलाको जनसंख्या पुरुषभन्दा ४० लाख बढी छ, त्यस्तै जर्मनीमा ५० लाख र रुसमा ९० लाख बढी छ । यसबाट यो थाहा हुन्छ, विश्वमा पुरुषभन्दा महिलाको संख्या नै बढी छ ।

. हरेक पुरुषलाई एक मात्र पत्नी राख्ने सिमा व्यवहारिक होइन ।

यदि प्रत्येक पुरुषले एक मात्र महिलासँग विवाह गर्यो भने पनि अमेरिकामा ३ करोड महिला अविवाहित रहन बाध्य हुन्छन्। यसै गरी बेलायतमा ४० लाख, जर्मनीमा ५० लाख र रुसमा ९० लाखभन्दा बढी महिला विवाह गर्ने पुरुष नपाएर अविवाहित रहन पुग्छन्। यस्तो स्थितीमा ती अविवाहित महिलाहरु समक्ष सामान्यतया दुई वटा विकल्प हुन्छन्। पहिलो यो हो कि ऊ कुनै यस्तो पुरुषसँग विवाह गरोस जसको पहिले देखि नै पत्नी छिन्। यदि उनी यसो गर्दिनन् भने उनी गलत बाटोमा लाग्न सक्ने पुरै संम्भावना हुन्छ। सबै असल महिलाहरुले पहिलो विकल्पलाई नै प्राथमिकता दिन्छन्। पश्चिमी समाजमा सामान्यतया पुरुषले पत्नी एक मात्र राख्ने भए तापनि धेरै महिलाहरुसँग यौन सम्बन्ध राख्ने चलन छ। जसले गर्दा महिला असुरथित र अपमानित जीवन व्यथित गर्दछिन्। त्यही समाज कसैलाई एक भन्दा बढी पत्नीहरुका साथ स्वीकार गर्न सक्दैन । यदि उसले विवाह गरेर राख्ने हो भने ती नारीले समाजमा सम्मान र आदरका साथ एक सुरक्षित जीवन व्यथित गर्न सक्छिन । अरु पनि अनेकौं कारणहरु छन् जसले गर्दा इस्लामले सीमित बहु विवाहको अनुमति दिन्छ । तर मुल कारण यो हो कि इस्लाम एक महिलाको सम्मान र उनको इज्जत कायम राख्न चाहन्छ ।

मुसलमानहरुले समेत केही मानिसहरुले इस्लामले पुरुषलाई कयौं पत्नी राख्ने छुट दिन्छ तर यो अधिकार महिलालाई दिंदैन भन्ने कुराको प्रश्नहरु उठाउँछन्। यसभन्दा पहिले म यो कुरा निश्चयका साथ भन्न चाहन्छु कि इस्लामी समाज न्याय र समान्तामा आधारित छ। ईश्वरले महिला तथा पुरुषलाई समान रुपमा बनाएका त छन् तर फरक फरक क्षमता र जिम्मेवारी राखेका छन्। महिला र पुरुष शारीरिक एवं मानसिक रुपबाट भिन्न छन् उनीहरुका भूमिका र जिम्मेवारीहरु पनि अलग अलग छन् । स्त्री र पुरुष दुबै इस्लाममा समान छन् तर एकै (Identical) छैनन् ।

महिलाको लागि एक भन्दा बढी पति राख्न मनाही  

(क) यदि एक जना व्यक्तिको एक जना भन्दा बढी पत्नीहरु छन् भने त यस्तो विवाहबाट जन्मिएका बच्चाहरुको आमा बुबा सजिलैसँग पत्ता लाग्छ तर एक पत्नीको धेरै पतिहरु छन् भने बच्चाको आमा त थाहा हुन्छ तर त्यो बच्चाको बाबु भने थाहा पाउन गाह्रो हुन्छ । इस्लामले आमा बुबाको पहिचानलाई ठूलो महत्व दिन्छ । आफ्ना आमा बाबुमध्ये पनि विशेष गरी आफ्नो बुबाको पहिचान नभएका बच्चाहरु मानसिक आघात र पागलपनको शिकार हुने कुरा मनोचिकित्सकहरु बताउँछन् । प्रायः यस्ता बच्चाहरुको बाल्यावस्था खुशीविहिन हुन्छ । यसकारण बेश्याहरुका बच्चाहरुको बाल्याकाल स्वास्थ्य हुँदैन । यदि यस्तो विवाहाबाट जन्मेको बच्चाको नाम सोधियो भने उसकी आमाले एक भन्दा बढी बाबुको नाम भन्नु पर्ने हुन्छ।

(ख) पुरुषहरुमा प्राकृतिक रुपमा बहुविवाहको क्षमता महिलाको भन्दा बढी हुन्छ।

(ग) जीव विज्ञान अनुसार एकभन्दा बढी पत्नी राख्ने पुरुषले पतिका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ तर एकभन्दा बढी पति हुने महिलाले बहुपत्नीका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्न सम्भव हुँदैन। खास गर महिनावारीको समयमा महिला तीब्र मानसीक र व्यवहारीक परिस्थितीमा हुन्छिन् त्यसबेला उनले आफ्नो पतित्वको भूमिका निर्वाह गर्न सक्दिनन् ।

(घ) एक भन्दा बढी पति भएका महिलाहरुका एकै समयमा धेरै यौन साझेदारहरु हुन्छन्। यसकारण उनी यौन सम्बन्धि रोगहरुबाट ग्रसित हुने बढी सम्भावना हुन्छ । उसको पति ऊ बाहेक अन्य महिलाहरुसँग यौन सम्बन्धबाट अलग भए पनि यो महिलाको कारणले गर्दा उनका सबै पतिलाई यौन रोग लाग्न सक्छ। यो स्थिती धेरै पत्नी हुने श्रीमानलाई हुँदैन।

माथिका यी कारणहरु सामान्य हुन्। यी बाहेक अरु पनि धेरै कारणहरु हुन सक्ने भएकाले नै असिम तत्वदर्शी ईश्वरले महिलाहरुलाई एकभन्दा बढी पति राख्न निषेध गरेका हुन्। (डा. जाकिर नायकको भाषणमा आधारित लेख)

Related Post