New Muslims APP

दुईवटा बाटो

दुईवटा बाटो

दुईवटा बाटो

आज हामी सबै आफ्नो मन एवं मस्तिष्कमा दुई जगतको यात्रा गरौं र वहाँ जुन चीज छ त्यसलाई देखे पछि हामी निर्णय लिन्छौं हामी कुन जगतमा रहन मन पराउँछौं।

प्रथम जगतः जसको धर्ती सुगन्धीत ज़ाफरान(सुगन्धित धुलो) को छ। वहाँ ठूला-ठूला भवनहरु छ जसको सुन र चाँदीको ईंटाबाट बनाइएको छ। वहाँ चार नहर छ। सफा पानीको, शुद्ध दूधको , शर्बतको र शुद्ध महको। वहाँ बगैचा पनि छ, जुन वृक्षको जरा सुनको छ। वहाँ खान-पिनको चीज पनि छ जुन स-साना सुन्दर बच्चाले हामीलाई दिन्छन्।

विभिन्न प्रकारको फल तथा चराको मासु पनि छ । प्याला पनि सुन र चाँदीका छन्। वहाँ चन्द्रमा जस्तै रूपकी महिला सुन र रेशमबाट बनेको कपडा लगाएर सेवाको लागि उपस्थित छन्। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रवचनमा आउँछिन् “ वहाँकी एक महिलाले यो धर्ति तिर हेरिन भने पूरा संसार उज्यालो हुन्छ र उनको सुगन्धले सारा संसार वासनादार बन्छ। तथा उनको टाउको ढाक्ने कपडा(हिजाब) यस संसारको र यसमा जे-जति चीज छ त्यो भन्दा धेरै उत्तम र राम्रो हुनेछ ।” (बुखारी)

हो हजुर ! यही त्यो स्थान हो जसको सम्बन्धमा भनिएको छ कि वहाँ यस्तो उपहार छ जसलाई कुनै आँखले देखेको छैन, न कुनै कानले सुनेको छ, र न कसैले यसको बारेमा कुनै कल्पनामा सोच्न सक्छन्।

दोश्रो जगतः यो धर्ती आगो दन्कि रहेको हुनेछ, त्यो आगो पनि यस्तो हुन्छ कि जुन यस संसारको आगोको तुलनामा सत्तरी गुना ज्यादा तेजिलो पीडादायक हुन्छ। नर्कवासीहरुलाई आगको पोशाक पहिर्याईको हुनेछ। उनको टाउकोमा उम्लिरहेको पानी खन्याइएको हुनेछ। त्यो चिच्याई रहन्छ, चिच्याई रहन्छ, तर कोही सुन्नेवाला हुँदैनन्। आँखाबाट रगतको आँशु बगिरहेको हुनेछ। नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः

नरकवासी यति रुन्छन् कि रुँदा-रुँदा आँशुको पोखरी बन्छ। यहाँसम्म कि उनको आँशुको पोखरीमा डुँगा चलायो भने चल्न थाल्छ र त्यो पानीको आँशुको बदला रगतको आँशु बगेको हुन्छ। (हाकिम)

जब भोक र प्यासले तडपिन लाग्छन र खाना माग्छन त उनको मुखमा उनको शरीरबाट बगेको पीप जो आगोमा खुब उम्लि रहेको हुनेछ त्यो उनको मुखमा हालिदिन्छन् जसले उनको पेटको सारा आन्द्रा भूंडी मलद्वारको बाटोबाट बाहिर जान्छ र उनलाई काँडेदार खाना ज़क्क़ुम पनि मुखमा हालि दिन्छन् । जसको सम्बन्धमा हदीसमा बताइएको छ

यदि ज़क्क़ुमको एक थोपा यस धर्तीमा झर्यो भने यो सारा संसारको बोट-बिरुवा, फलफूल र बालीनाली सबै नष्ट हुन्छ त फेरी त्यो खाने मानिसलाई के होला त?” [twitter count=”Ipc20082009″ user=”QuranInNepali”](तिर्मिज़ी)

यही त्यो तथ्य हो जुन कारण हाम्रो प्यारा नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो-

त्यो अल्लाहको कसम जसको कब्जामा मेरो ज्यान छ यदि तिमी यो जान्दछौं जुन म जान्दछु तब तिमी ज्यादा रुने थियौ हाँस्थेउ कम

अन्तिम कुराः- हामीले दुवै जगतको यात्रा गर्यौ। एउटा आरामै आरामको छ र अर्कोमा दुःखै दुःख छ। अब हामीले निर्णय लिनु पर्दा कुन ठाउँमा जान राम्रो हुन्छ त ? अवश्य नै हामीहरु मध्ये हरेक व्यक्ति पहिले जगतमा जान नै मन पराउँछौँ र दोश्रो जगतमा नजानको लागि अल्लाहसँग क्षमा याचनाको लागि माफि माग्दछौं। पहिलो जगतको नाम जन्नत (स्वर्ग) हो र दोश्रो जगतको नाम जहन्नम (नरक) हो।

यदि हामी जन्नतमा जाने र जहन्नमबाट बच्न इच्छुक छौ हामीले सदैव यो याद रख्नु पर्छ कि      जन्नत प्राप्तिको लागि आइपर्ने कठिन परिस्थितीहरुको सामना गर्नुपर्छ, जुन अत्यन्त कठिन बाटाहरु छन् र जहन्नम कामवासना (सहवास) ले ढाकिएको छ ।

फेरी हामीले त्यो काम गर्नुपर्छ जुन कार्यले हामीलाई जन्नतमा जान सक्छौं । यदि तपाई जन्नत जान चाहनु हुन्छ भने मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको निम्नलिखित बहुमूल्य प्रवचनहरुको आज्ञापालन गर्नुहोस् ।

(१) अल्लाहसँग डराउनु, पाँच समयको नमाज पढनु,  रमजानको रोजा राख्नु,  आफ्नो धन, मालबाट जकात दिनु, अल्लाहले तपाईलाई जन्नत (स्वर्ग) बक्सनु हुनेछ (मुस्लिम)

() “जसले रात र दिनमा १२ रकअत (फर्ज नमाजको अतिरिक्त) सुन्नत नमाज पढ्छ अल्लाह तआलाले उसको लागि जन्नतमा छुट्टै एउटा घर बनाई दिन्छन् (मुस्लिम)

() “ऐ मानव ! सलामलाई फैलाउ, निर्धनलाई खाना देऊ, रिश्तेदारलाई सहायता गर, जब मानिस सुतेका हुन्छन त नमाज पढ, जन्नत स्वर्गमा आरमसँग प्रवेश हुन्छौं। (तिर्मिज़ी)

() “उसको नोक्सान होस्, उसको नोक्सान होस्, उसको नोक्सान होस् जसले आफ्नो आमा बुबाहरु वृद्ध अवस्थामा पुगि सके तर जन्नत (स्वर्ग) मा प्रवेश गराउने माध्यम बनाउन सकेन (मुस्लिम)

(५) आफ्ना वरपरका छिमेकीहरुसँग राम्रो व्यवहार गर, नातेदारहरुसंग राम्रो व्यवहार गर, तिम्रो असल आचरण पनि जन्नत प्राप्तिको मार्ग सहज हुनेछ । यदि तिमीले पाँच समयको नमाज़ पनि पढेका छौ, रोजा पनि राखेका छौ र जकात पनि दिएका छौं अनि हज्ज पनि गरेका छौ तर मानिसहरुको धन लिएर फिर्ता गर्दैनौ, कसैलाई गाली गलौज गर्छौ, कसैलाई अन्याय गर्छौ भने तिमीले क़ियामतको दिन आफ्नो पुण्य उनिहरुलाई दिनु पर्नेछ, जब तिमी आफ्नो पुण्य दिंदा दिंदा सकियो भने उनिहरुको पाप तपाईले बोक्नु पर्ने हुन्छ यहाँसम्म कि तपाई अन्तमा त्यही कारणले नर्कवासी बन्नेछौ । यसैले हामी अल्लाहसँग मानवले गर्नु पर्ने नियमको पालनाको साथ-साथै असल आचरण पनि जन्नत प्राप्तिको लागि एक सहायक मार्ग हो ।

Source- http://cutt.us/zgR2H

अनुवादक- मुहम्मद इब्राहीम खरेल

Related Post