New Muslims APP

भू संरक्षण दिवस

 

भू संरक्षण दिवस

भू संरक्षण दिवस

आज ४१ औ भू संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । क्षतिग्रस्त भूमि पुर्नस्थापनाको आधार, व्यवस्थित र संरक्षित जलाधार भन्ने नाराका साथ देशभर विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

अगस्त ८ तारिखका दिन बिश्वभरी भू संरक्षण दिवसका रुपमा मनाइन्छ ।  करोडौं पृथ्वीका बासिन्दाहरुलाई मरुभूमिकरणले असर गरेको छ । छोटोसमयको फाइदा र छिटो उत्पादकत्व बढाउनकालागि बिषादी र  हानीकारक प्रबिधीले कृषी गर्ने चलनले दिनानुदिन भूमिको गुणस्तर घटाइरहेको छ । त्यति मात्रै होइन शहरीकरण, खानी र अव्यबस्थित प्लटिगं लगायतका कारणले उत्पादन योग्य जमिन घट्दै गएको छ साथै बढ्दो तापक्रम, जलवायू परिवर्तन र अन्य बिभिन्न असरहरु हामीले भोग्दै आएका छौं ।

संसारमा सबै कुराहरु भूमिसँग गासिएको छ, स्मरण रहोस् विश्वका ठुलाठुला बिकास निर्माण र आविष्कार गर्न सक्ने प्रबिधीले अहिलेसम्म एक चिम्टी माटो भनें बनाउन सकेको छैन् ।

भू संरक्षण दिवस

भू संरक्षण दिवस

विश्वमा जनसख्या वृद्धि भएर अब आउने सन् २०५० सम्ममा अन्न र पानीको आवश्यक्ता अहिलेको भन्दा दुइगुणाले बढ्ने तथ्याकं छ । तथापि भूमिको अप्रत्याशीत प्रयोगले अन्न र पानीको अभाव हुने चिन्ता बट्दै गएको छ ।

संयूक्त राष्ट्र संघको प्रतिबेदन अनुसार लगभग विश्वभरिका १ दशमलव ५ अरब मान्छेहरु मरुभूमिकरण, अल्पबृष्टि या अनाबृष्टि लगायत बिभिन्न भूमि सम्बन्धीत प्रकोपका शिकार भएका छन् । यसपालीको भूमि संरक्षण दिवसको मुख्य मुद्दानै ग्रामिण परिवेशमा यूवा र रोजगार मैत्रि भूमिको उपलब्धता रहेको छ ।

अन्य विभिन्न तथ्याकंका अनुसार लगभग ५० करोड हेक्टर उब्जाउ भूमिहरु अहिले मरुभूमिमा परिणत भएका छन् । र यो मरुभूमिकरण बढ्दो छ, सिम्सार लगायतका क्षेत्रहरुको संरक्षण अनि वन, नदी, खोलानालाहरुको संरक्षण हुन नसक्दा मरुभूमिकरण बढ्दै गएको छ ।

पृथ्वीलाई भोको र प्यासी ग्रह हुनबाट जोगाउन र हरियाली ग्रह बनाउन भूमिको संरक्षण जरुरी छ । आँउदा पुस्ताले प्रकृती र उब्जनी सहितको उत्पादक पृथ्वी हातमा पाउन पर्दछ ।

वन जंगल फ डाँडाका डाँडा ताछेर अनि सम्याएर प्लटिगं गर्ने चलन बढ्दो छ । एकतमासका जगंलहरु नयाँ घडेरी र शहर हुन थालेपछि भूमिको अवस्था र गुणस्तरको नालीबेली खस्कँदो छ । घरका छाना भन्दा त रोटीका पाप्रा र दुइगाँस भातनै बाँच्नका लागि जरुरी छ ।

जनकपुरका सुकेका पोखरी माथिको जग्गा अतीक्रमण, काठमाडौं उपत्यकाको घट्दो देवालय, पोखरी र कुवाँहरु मिचेर बनाइएका घडेरी र घरहरु, घट्दो चारकोशे झाडी र बढ्दा नयाँ शहरहरु अनि थलिएका महाभारत पर्वत श्रृखलाका नाँगा पहाडहरु । नेपाली माटोको संरक्षणको फेरिहस्त बदल्ने र माटोलाई संरक्षण गर्ने पुस्ता जरुरी छ ।

नदीको बहाव नै परिवर्तन गर्ने गरि गरिएका अतिक्रमण र बालुवाकालागि दिनदिनै निर्वस्त्र पारिएकी नदीको अवस्थाले पनि नेपाली भू अवस्थाको खस्कंदो गांथाहरु बताएको छ ।

माटोलाई माया गर्न सिकौं, मानव आँफैमा पनि माटोकै स्वरुप हो ।

भू संरक्षण दिवसबाट चेतना सबैलाई हुनेछ भन्ने अपेक्षा सहित ।

स्रोतः गोगलबाट खोज

 

Related Post