“बन्धक मजदूर र इस्लाम”

“बन्धक मजदूर र इस्लाम”

“मजदुरलाई उसको मजदूरी उसको पसिना सुक्नु भन्दा पहिले नै दिनुपर्छ।” (इब्ने माजा)

विश्वमा श्रमजिवी मजदूरहरुको हालत र स्थितीलाई नियाल्ने हो भने मानव अधिकार भनेको कुन चरीको नाम हो भनेर सोध्नुपर्ने हुन्छ यस्तै सम्बन्धमा एक कलंकको रुपमा रहेको बन्धक मजदूर को समस्यालाई वर्णन गर्नु अति आवश्यक छ। यस प्रथाले आजसम्म कयौं देशको कयौं ठाउँमा स्वतन्त्रतालाई उनका इरादा, क्षमता तथा जीवनको अधिकारलाई वंञ्चित गरिराखेको छ। यस प्रथालाई कुनै पनि न धर्मको समर्थन प्राप्त छ र न हुन सम्भव छ तर यो संविधानको मूल अधिकारको विरुद्ध छ। बंन्धक मज़दूरलाई अवैध घोषित गरिएको हुँदा हुँदै पनि आज पनि हाम्रो देश नेपाल तथा भारत लगायत विश्वको कयौं देशमा विद्यमान छ।

यसैले आज हामी नियम र क़ानूनको कुरा गर्नुको सट्टा इस्लामी दृष्टिमा यसको विश्लेषण गर्ने प्रयास गरौं र बंन्धक मजदूरहरु माथि गरिने अत्यचार र पापबाट बच्नको लागि इस्लामिक धारणामा के मार्ग-दर्शन गर्दछ।

अत्याचार गर्न मनाहीः-  इस्लाम धर्मशास्त्रले बिना कुनै शंकोच न्याय एवं इन्साफ गर्नलाई आदेश दिन्छ र अत्याचार एवं अन्यायलाई हरेक तवरले रोक्दछ। क़ुरआनमा भनिएको छः-

तिमी पनि कसैको अत्यचार सहन नगर र आफू पनि कसैमाथि अत्यचार नगर। (२:२७९)

यसै गरी हज़रत मुहम्मद सल्ल० ले भन्नुभयो-

 अल्लाहको आह्वान छऐ मेरो भक्त ! मैंले तिमी माथि अत्यचार गर्न अवैध गरेको छु र तिम्रो लागि पनि यसलाई अवैध गरिदिएको छु ऐ मेरो भक्त ! तिमी परस्पर एक आपसमा अत्याचार नगर(मुस्लिम)

कसैले कसैलाई पनि क्षति नपुर्याउनुः- इस्लामको दृष्टिमा सबै मानव एक अल्लाहका भक्त हुन र एकै माता-पिता आदम र हव्वाका सन्तान हुन अतः जीवनबाट आनन्दित हुनु र आफ्नो योग्यतानुसार आफ्नो अधिकार प्राप्त गर्नु उसको हक हो । यसैले मुहम्मद सल्ल० ले भन्नुभयो-

न कोही कसैद्वारा क्षतिको निशाना बनुनन कोहीले कसैलाई क्षति पुर्याउन। (इब्ने माजा)

कुनै स्वतन्त्र मानवलाई उसको स्वतन्त्रताबाट वंचित गर्नु जायज होइन:- इस्लामको दृष्टिमा हरेक व्यक्ति स्वतन्त्र पैदा हुन्छ उसलाई आफ्नो स्वतन्त्रताबाट जहाँ कही काम गर्ने अधिकार प्राप्त छ उसलाई बलपूर्वक आफ्नो कब्जामा लिएर टाउको टेकाउन बाध्य बनाइनु सबैभन्दा ठूलो अत्याचार हो, यस्तो कार्य गर्न इस्लाम कदापि अनुमति दिंदैन त्यति मात्र होइन यस्तो मानवलाई ठूलो पापीको रुपमा घोषित गरिन्छ। मुहम्मद सल्ल०ले भन्नुभयोः

 हे मानव समुदाय हो ! तिमीहरु मध्ये जो कोही व्यक्ति पनि आफूले प्राप्त गरेको स्वतन्त्रतालाई फेरी कुनै व्यक्तिद्वारा जबरजस्ति पुनः गुलाम (दास) बनाईएकाछौ (अबूदाऊद)

मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम जुन समाजमा सन्देष्टा बनाएर पठाइएका थिए उनिहरुमा गुलाम राख्ने प्रथा थियो जसको इस्लामले खण्डन गरेको छ र गुलामलाई आजाद गर्नलाई आदेश दिएको थियो, हदीसले पनि यसैको तर्फ संकेत गर्छ । जानकारी यो भयो कि इस्लामी नियमानुसार प्रत्येक मानव स्वतन्त्र पैदा भएका हुन यसैले प्रत्येक व्यक्तिको आ-आफ्नो ईच्छा र अधिकार अनुसार काम गर्नमा पूरा अधिकार प्राप्त छ। कुनै व्यक्तिलाई कतिसम्म जायज छ कसैले उसको आफ्नो अधिकारबाट वंचित गर्न। मजदूरको सम्बन्धमा इस्लामी कस्तो शिक्षा दिएको छ।

सद व्यवहारः- महम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो-

 “यी तिम्रो भाई हुन जसलाई अल्लाहले तिम्रो लागि दिएका छन्। अतः जो कसैको जिम्मामा अल्लाहले उसको भाईलाई दिए त उसले उसको भाईलाई आफूले जे खान्छ त्यहि खुवाउनु र जस्तो कपडा लगाउँछ त्यस्तै लगाउन दिनु उसको कर्तव्य हो र उसलाई क्षमताले भ्याउने भन्दा ठूलो काम लगाउनु हुँदैन र यदि उसले उसलाई यस्तो काम दिन्छ जुन उसले गर्न सक्दैन भने उसले त्यस व्यक्तिलाई मद्दत गर्नु जरुरी हुन्छ (बुखारी)

पसिना सुक्नु भन्दा पहिले मजदुरको मजदुरी दिनुपर्छः- मजदूरको सम्बन्धमा इस्लामको दोश्रो प्रमुख शिक्षा यो हो कि काम पूरा हुनासाथ उनलाई ढिला नगरी मजदूरी दिनुपर्छ । एक हदिसमा उल्लेखित छ-

मजदुरलाई उसको मजदूरी उसको पसिना सुक्नु भन्दा पहिले नै दिनुपर्छ। (इब्ने माजा)

मजदुरलाई उसको मजदूरी पूरा दिनुपर्छः- इस्लामले जहाँ मजदूरको मजदूरी तुरन्त दिनलाई अनिवार्यता गरेको छ। यस कुराको पनि आदेश दिएको छ कि मजदूरीले पनि उसको काम राम्रोसँग गर्नुपर्छ। एक हदीसमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम भन्नुहुन्छ-

 तीन जानाको विरुद्ध महाप्रलयको दिन म प्रर्तिवादी बनेर खडा हुन्छु….तेश्रो त्यो हो जुन कसैले मजदूरलाई मजदूरीमा राख्छ र उस्ले काम गरि सकेपछि पनि उसको मजदूरी पूरा दिंदैन। (बुख़ारी)

मजदूरसँग निर्धारित गरेको काम मात्र लिनुपर्छः- जो कोहीले पनि मजदूरीमा कसैलाई राख्नु छ भने पहिले उसलाई उसको मजदूरी निर्धारित गरिनु पर्छ। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको हदीसमा छ-

जो कोहीले कुनै मजदूरलाई मजदूरीमा राख्नु छ भने उसको मजदूरी (तलब) पहिले बताई दिनुपर्छ  (आसार सुनन)

प्रिय मित्र ! अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा मजदूरको सम्बन्धमा इस्लामको शिक्षाको अभिप्रायः यो हो कि आज हाम्रो समाजमा गरीव र बेसहाराहरुलाई शोषकहरुद्वारा जुन विभिन्न किसीमबाट शोषित भएका हुन्छ, हामी सबै मिलेर यसको बहिष्कार हुनुपर्छ। यदि समाजको कोही एक वर्ग आर्थिक एवं सामाजिक रूममा सम्पन्न छ त यसको अर्थ यो कदापि होइन कि त्यसले निर्धन र कमजोरको खुन चुसि रहोस। इस्लामले यस्तो व्यक्तिलाई गरिव माथि दया गर्नलाई आदेश दिएको छ साथै धनवान व्यक्तिलाई जकात निकालेर गरिवलाई दिन अनिवार्य गरेको र दानको फाइदा बताउँदै भनिएकोछ-

दान गरे आम्दानीमा वृद्धि हुन्छ तिम्रो माललाई पवित्र गर्न जकात(दान) देऊ” 

यसले गर्दा धनवान र निर्धनको बीच परस्पर प्रेम-भावको चलन होस् ।

Source:-  http://cutt.us/zEPM

लेखकः- सफात आलम मुहम्मद जुबैर तैमी

अनुवादकः-मुहम्मद इब्राहीम खरेल

Related Post