मुसलमान मासु किन खान्छन् ?

मासु

मुसलमान मासु किन खान्छन् ?

मुसलमान मासु किन खान्छन् ? यो प्रश्न कुनै पनि शाकाहारीको जिज्ञासा हुन सक्छ । आउनुहोस् अब हामी ठोस तर्कबाट तपाईको यो जिज्ञासा  प्रष्ट पार्ने छौं ।

प्रश्न :- जानवरहरुको हत्या एक क्रूर निर्दयतापूर्ण कार्य हो त फेरी मुसलमान मासु किन खान्छन् ?
उत्तर:- शाकाहारीले अब संसार भरीमा एक आन्दोलनको रूप लिएको छ। धेरै जसो मानिस त यसलाई जानवरहरु अधिकारसँग जोड्दछन्। निश्चय नै मांसाहारीको संख्या धेरै छन् तर अन्य मानिस मासु खानु जानवरहरुको अधिकारलाई हनन मान्दछन्। इस्लाम प्रत्येक जीव एवं प्राणीप्रति स्नेह र दया गर्ने निर्देशन दिन्छ। साथै इस्लाम यस कुरामा पनि जोड दिन्छ कि अल्लाहले पृथ्वी, रूख-बोट, बुट्यान, साना-ठूला हरेक प्रकारको जीव-जन्तुहरुले मानवको लाभको लागि सृष्टि गरेको हो पैदा। अब ययो संसारमा निर्भर गर्दछ कि त्यो ईश्वरले दिइएको उपकार र अमानतको रूपम रहेको प्रत्येक स्रोतलाई कुन प्रकार उचित रूपबाट प्रयोग गर्दछ।
आइए इस तथ्य के अन्य पहलुओं पर विचार करते हैं-

(1) कुनै एउटा मुसलमान पूर्ण शाकाहारी हुन सक्छ तर त्यो मुसलमान पूर्ण शाकाहारी भएर पनि एक उत्तम मुसलमान हुन सक्छ। मुसलमान हुन मांसाहारी हुनु नै हुनुपर्छ भन्ने छैन।

(2) पवित्र कुरआनमा मुसलमानलाई मांसाहारी हुन अनुमति दिन्छ पवित्र कुरआनको निम्न आयतहरु यसको प्रमाण हुन।

”हे ईमानवालाहरु हो ! आफ्ना वाचावन्धनहरुको पालन गर । तिमीहरुकालागि चौपाय जानवरहरु जायज गरिएका छन् सिवाय ती जनावरहरु जुन तिमीहरुलाई बताइएकोछ।” (कुरआन, ५:१)

”र जनावरहरुलाई पनि उनले नै सृष्टि गरे जसबाट तिमीहरु न्यानो वस्त्र तथा अन्य फाइदा उठाउँछौ र ती मध्ये केहीलाई खाने पनि गर्छौ।” (कुरआन, १६:५)

”र जनावरहरुमा पनि तिमीहरुकोलागि ठूलो शिक्षा रहेको छ। तिनका पेटमा रहेका पदार्थबाट पिउने दुध प्रदान गर्छौ र तिनीहरुमा तिमीहरुकालागि अन्य धेरै फाइदाहरु छन् । र, तिनीहरुमध्ये केहीलाई तिमी खान्छौ पनि।” (कुरआन, २३:२१)

(3) मासु पौष्टिक र प्रोटीनको उत्तम स्रोत हो। यसमा आठौं आवश्यक अमीनो एसिड पाइन्छ जुन शरीरको भित्र बन्दैन र जसको पूर्ति आहार द्वारा गरिनु ज़रूरी हुन्छ। मासुमा आइरन, विटामिन बी-१ र नियासिन पनि पाइन्छ।

(4) मानिसको दाँतहरुमा दुई प्रकारको क्षमता हुन्छ । तपाई यदि घास खाने जानवरहरु जस्तैः भेडा, बाख्रा अथवा गाईको दाँतमा हेर्नु भयो भने तपाई ती सबैमा समानता पाउनु हुन्छ। यी सबै जानवरहरुको चेप्टा दाँत हुन्छ अर्थात जुन घास खानको लागि उचित हुन्छ । यदि तपाई मांसाहारी जानवरहरु जस्तैः सिंह, चितुवा अथवा बाघ इत्यादिको दाँत हेर्नु भयो भने तपाईले थाहा पाउनु हुन्छ उनीहरुको दाँत धारिलो हुन्छ जुन मासु खानलाई मद्दत गर्दछ। यदि मानिसको दाँतको अध्ययन गर्नु भयो भने तपाई पाउनु हुन्छ उनको दाँत धारिलो र चेप्टो दुवै प्रकारका हुन्छ। यसकारण उनीहरु वनस्पति र मासु खान सक्षम हुन्छन्। यहाँ प्रश्न उठ्छ कि यदि सर्वशक्तिमान परमेश्वर मनुष्यलाई केवल सब्जि़हरु नै खुवाउन चाहन्थे भने उसलाई धारिलो दाँत किन बनाई दिए ?  यो यस कुराको प्रमाण हो कि उनले हामीलाई मासु एवं सब्जि़हरु दुवै चीज खाने अनुमति दिएका छन्।

(5) मानिस मासु अथवा सब्जि़हरु दुवै पचाउन सक्छ, शाकाहारी जानवरको पाचन शक्ति केवल सब्जि़ मात्रै पचाउन सक्छ तर मांसाहारी जानवरको पाचन शक्ति केवल मासु मात्र पचाउन सक्ने क्षमताको हुन्छ, तर मानिसको पाचन शक्ति सब्जि़हरु र मासु दुवै पचाउन सक्छ। यदि सर्वशक्तिमान ईश्वर हामीलाई केवल सब्जि़हरु मात्र खुवाउन चाहन्थ्यो भने उनले हामीलाई यस्तो पाचनशक्ति किन दिए जुन मासु एवं सब्ज़ी दुवै चीजलाई पचाउन सक्छ ।

(6) हिन्दू धार्मिक ग्रन्थ मांसाहारको अनुमति दिन्छ, केही हिन्दू शुद्ध शाकाहारी पनि छन्। त्यो उनको विचार हो तर मासु खानु धर्म विरूद्ध होइन। सत्य यो हो कि हिन्दू धर्म ग्रन्थमा उल्लेख भए अनुसार मासु खानलाई अनुमति दिएको छ। ग्रन्थहरुमा ती साधुहरु र सन्तहरुको वर्णन छ जो मासु खाने गर्दथे। उदाहरणको लागि- (क) हिन्दू धार्मिक कानून पुस्तक मनुस्मृतिको अध्याय 5 स्लोक 30 मा वर्णन गरिएको छ कि – ” जुन खान योग्य प्राणी छ, त्यो प्रत्येक दिन खाँदा खानेवाला दोषी हुँदैन, किनकि खान योग्य जनावर र त्यो मासु खाने व्यक्तिलाई स्वयं ईश्वरले सृष्टि गरेको हो।”

(ख) मनुस्मृती अध्याय 5 सूत्र 31 मा लेखिएको छ-”यज्ञको निम्ति वली दिनु दैवी विधी भनिन्छ।”

(ग) अध्याय 5 सूत्र 39 र 40 मा लेखिएको छ- ”तर देवार्पण (ईश्वर) लाई विना मासु खानु राक्षसविधी भनिन्छ, मुल्य तिरेर या आफैले मारेर या अरुले ल्याएर दिएको होस् यस्तो मासु देवता र पितृलाई अर्पण गरेर खाँदा दोषी हुने छैन।”

महाभारत अनुशासन पर्व अध्याय 88 में धर्मराज युधिष्ठिर र पितामह भीष्मको मध्य वार्तालापको उल्लेख गरेको छ कि कुन चाहीं भोजन पित्रीलाई तृप्त गराउनको लागि उनको श्राद्धको समय दान गर्नु उचित हुन्छ। प्रसंग यस प्रकार छ- ”युधिष्ठिरले सोधे, ”हे पितामह ! मलाई बताउनु होस् कुन चाहीं वस्तु मृतक पित्रीहरुलाई  चढाउँदा उनलाई शान्ति मिल्छ ? कुन चाही हवन सदैव रहन्छ ? र त्यो के हो जुन पेश गर्यौ भने अनन्तसम्म हुनेछ ? भीष्म पितामहले भने, ” हे धर्मराज युधिष्ठिर सुनः कुन चाही हवन हो जो श्राद्ध रीतिको मध्य चढाउन उचित छ र त्यो कुन चाही फल हो जो प्रत्येकफलसँग जोडीएको हुन्छ ? र श्राद्धको समय शीशौको बीज, चामल, माशको दाल, पानी र फल चढाउने गरे पितृलाई एक महिनीसम्म सन्तुष्टी मिल्छ। यदि माछा चढाए दुई महिनासम्म, भेडाको मासु तीन महिनासम्म, खरायोको मासु चार महिनासम्म, बाख्राको मासु पाँच महिना र सूंगुरको मासु छ महिनासम्म, पंक्षिहरुको मासु सात महिनासम्म, ‘प्रिष्टा नामको हरिणको मासुबाट उनलाई आठ महिनासम्म र ”रूरू हरिणको मासुबाट उनलाई नौ महिनासम्म शान्ति मिली रहन्छ। त्रड्डको मासुबाट दस महिनासम्म, भैंसीको मासुबाट एघार महिना र गाईको मासुबाट पूरै एक वर्षसम्म। पायस (खिर) यदि घिऊमा मिलाएर दान दिए पित्रृहरुको लागि गाईको मासु चढाएको बराबर अवधीसम्म तृप्त हुन्छन्। एउटा ठूलो गोरूको मासुबाट बारह वर्षसम्म र गैंडाको मासु यदि चन्द्रमाको अनुसार उनको मृत्यु वर्षमा चढाए यो उनलाई सदैव सुख-शान्तिमा राख्दछ। क्लास्का नामको जड़ीबूटी, कंचना पुष्पको पत्ताहरु र रातो बोकाको मासु चढाए यसले पनि अनन्तसम्म तृप्त हुनेछन्। अत: यो स्वाभाविक हो कि यदि तिमी आफ्नो पित्रृलाई अनन्त सुख-शान्ति दिन चाहन्छौ भने तिमी रातो बोकाको मासु चढाउने गर । यसबाट यो कुरा थाहा भयो की पितृलाई सन्तुष्टि पार्न मासुको प्रयोग गर्नु पर्ने रहेछ ।

7. हिन्दू धर्म अन्य धर्मबाट प्रभावित छ तर पनि हिन्दू ग्रंथ मान्नेवालालाई मांसाहारको अनुमति दिन्छ, फेरी पनि धेरै जसो हिन्दुहरु शाकाहारी छन्, किनकि उनीहरु जैन जस्तो धर्मबाट प्रभावित भएका थिए।

8. रुख-बोट विरुवामा पनि प्राण हुन्छ तर केही धर्मालम्बीहरुलाई बोट विरुवा, साग सब्जीमा प्राण हुँदैन भन्ने यो सोचाईले गर्दा साग सब्जी खाने गर्दछन्। तर आज विज्ञानले यो कुरालाई असत्य सावित गरिदियो। विज्ञानले यो कुरा प्रमाणित गरिदियो कि बोट विरुवामा पनि प्राण हुन्छ। त्यसैले साग सब्जी खानु पनि जीव-हत्या समान हो भन्ने प्रमाणित गरिदिएको छ। साग सब्जी खाँदैमा शुद्ध शाकाहारी भइन्छ भन्ने उनको तर्क झूटो सावित भएको छ ।

9. रुख बोट विरुवालाई पनि पीड़ा हुन्छ- शाकाहारी भन्छन् बोट विरुवालाई पीडा महशुस हुँदैन, त्यसैले बोट विरुवा काट्नु जानवर मारेको तुलनामा कम अपराध हुन्छ। तर आज विज्ञानले प्रमाणित गरेको छः रुख तथा बोट विरुवाले पनि पीडा अनुभव गर्दछ तर उनको चित्कार मानिसले सुन्न सक्दैन। यसको कारण मानिसमा श्रवण शक्ति कम हुन्छ। मानिसको सुन्ने क्षमता 20 हर्टज देखि 20,000 हर्टजसम्म हुन्छ । यो सीमा भन्दा तल या माथिको कुनै आवाज मानिसले सुन्न सक्दैन। कुकुरमा 40,000 हर्टज तक सुन्न सक्ने क्षमता हुन्छ। यसैगरी शान्त अवस्थामा बसेको कुकुरको ध्वनीको लहर संख्या 20,000 देखि धेरै र 40,000 हर्टज भन्दा कम हुन्छ। यी ध्वनीहरु केवल कुकुरले मात्रै सुन्न सक्छ, मानिसले सुन्न सक्दैन। कुकुरले आफ्नो मालिकले बजाएको सिटीको आवाज चिन्दछ र उसको नजीक पुग्छ। अमेरिकाको एउटा किसानले एउटा मेशीनको आविष्कार गर्यो जुन रुख चिच्याएको ऊच्च आवाजमा परिवर्तित गर्दछ जसलाई मानिसले सुन्न सक्छन्। जब रुखलाई पानीको आवश्यकता हुन्छ तब रुख चिच्याउँछ अनि त्यो किसानले रुखमा पानी हाल्छ। वर्तमानको यो अध्ययन यस तथ्यलाई उजागार गर्दछ की बोट विरुवामा पनि पीड़ा, दुख र सुखको अनुभव गर्छन् र तिनीहरु पनि चिच्चाउँछन्।

10. दुई इन्द्रियहरुबाट वञ्चित प्राणीको हत्या कम अपराध होइन एक पटक एउटा शाकाहारीले तर्क दियो- रुख विरुवामा दुई अथवा तीन इन्द्रिय कम हुन्छ जबकी जानवरहरुमा पांच इन्द्रिय हुन्छ। अत: रुखको हत्या जानवरहरुको हत्याको तुलनामा कम अपराध हुन्छ। कल्पना गरौं यदि कसैको भाई जन्मजात लाटो र बहिरो छ र अर्को मानिसको तुलनामा उसको दुई इन्द्रिय कम छ। उ जवान हुन्छ र कसैले उसको हत्या गरि दियो भने के तपाई न्यायाधीशसँग भन्नु हुन्छ मेरो भाईको त्यो हत्यारालाई कम दण्ड दिनु किनकि मेरो भाईको दुई इन्द्रिय कम छ। वास्तवमा उसको यो भन्न सक्छ कि त्यो अपराधीले एक निर्दोषको हत्या गरेको छ त्यसैले सम्मानिय न्यायाधीश उसलाई कडा भन्दा कडा सजाय दिनुपर्छ। पवित्र कुरआनमा भनिएको छ- ”हे मानव ! धर्तीमा रहेका वैध (हलाल) एवं पवित्र वस्तुहरुमध्येबाट खाऊ….।” (कुरआन, 2:168)

            स्रोतः http://www.islamicwebdunia.com/2009/06/blog-post.html

Related Post