मुहम्मद सल्ल. ले कहिले कसैको खानामा कमी कमजोरी देखाएनन्, इच्छा हुन्थ्यो त खान्थे नत्र छोडी दिन्थे। मुहम्मद सल्ल. ले आफुलाई भेट्न आउने व्यक्तिसँग आफु नै अघि बढेर पहिले सलाम गर्दथे, हरेक व्यक्तिसँग हाँसेर कुरा गर्दथे, केही व्यक्तिले वहाँसँग हात मिलायो भने जबसम्म उसले हात छोड्दैनथे तबसम्म वहाँले आफ्नो हातले उसको हात छोड्नु हुँदैन्नथ्यो। मुहम्मद सल्ल. निर्धनहरुलाई आफ्नो साथ बसाउँथे। कोही वहाँलाई हेरेर उभिई रह्यो भने मुहम्मद सल्ल. लाई यो कुरा नराम्रो लाग्थ्यो, त्यसैगरी आफ्नो सम्बन्धमा धेरै प्रशंसा गरेको मन पर्दैनथ्यो र यस्तो कार्यबाट उनीहरुलाई रोक्थे र सभामा जहाँ ठाउँ मिल्छ त्यही बस्थे।
मुहम्मद सल्ल. धेरै दानशील र धेरै पराक्रमी थिए। मुहम्मद सल्ल. सँग कुनै चीज माग्दा खेरी वहाँले आफुसँग भएको दिन योग्य चीज छ भने कहिले पनि नाई, छैन भन्नु भएन। मुहम्मद सल्ल. मुर्खहरुको साथ पनि नरम व्यवहार गर्दथे र अत्याचारीलाई पनि क्षमा गर्दथे। मुहम्मद सल्ल. सँग कोही व्यक्तिले कुरा गरे भने ध्यापूर्वक सुन्थे हरेक व्यक्ति यस्तो सम्झिथ्यो सबै भन्दा धेरै प्रिय उही व्यक्ति हो। मुहम्मद सल्ल. सँग जो कोही पनि एकान्तमा कुरा गर्ने इच्छा व्यक्त गर्दथे तब उसको इच्छा पूरा गर्दथे र उसको कुरालाई खुब ध्यानसँग सुन्नु हुन्थ्यो। मुहम्मद सल्ल. जब कुनै चीजलाई अप्रिय सम्झिन्थे उसको अनुमान वहाँको अनुहारबाट पत्ता लाग्दथ्यो । मुहम्मद सल्ल. ले पत्नी, सेवक अथवा कसैलाई कदापि गाली गर्ने कुटपिट गर्ने। वहाँको सेवक अनस भन्नु हुन्थ्यो, “मैले 9 वर्षसम्म नबी सल्ल. को सेवा गरें तर कुनै दिन केही गल्ती भयो भने पनि तैले यस्तो गल्ती किन गरेको भन्नु भएको थाह छैन।” मुहम्मद सल्ल. सांसारिक भोग विलाससँग टाढा रहन्थे। वहाँ त सामान्य गुन्द्रीमा सुत्ने गर्दथे। वहाँको बिस्तारा छालाको हुन्थ्यो त्यसमा खुजूरको रेशाले भरिएको हुन्थ्यो। मुहम्मद सल्ल. लाई झूटो बोल्ने मानिस प्रति अति घृणा लाथ्यो। मुहम्मद सल्ल. को लागि प्रिय काम त्यो लाग्थ्यो जुन निरन्तर गरिन्छ चाहे कम नै किन न होस्। मुहम्मद सल्ल० ले जब कुनै प्रकारको प्रसन्नताको कुरा पुग्थ्यो त ईश्वर (अल्लाह) को कृतज्ञताको लागि सज्दामा जान्थे। मुहम्मद सल्ल० सुत्ने समयमा वहाँको नजिक दतौन (मिस्वाक) हुन्थ्यो, जब उठेर पहिले दतिउन गर्ने गर्दथे। मुहम्मद सल्ल० हरेक समय अल्लाहको स्मरण गरी रहन्थे। मुहम्मद सल्ल० पशु माथि पनि दया गर्दथे, एक पटक एउटा ऊँटनी वहाँको सामने आयो, त्यो ऊँटनीको आँखाबाट आँशु बगिरहेको थियो। मुहम्मद सल्ल०ले भन्नु भयो यो ऊँटनी कस्को हो, तब एक जना केटाले भन्यो यो मेरो ऊँटनी हो, तब मुहम्मद सल्ल० ले उसलाई भन्नु भयो, यो ऊँटनीले मलाई तिम्रो विरुद्ध उजुरी गर्यो। तिमीले यसलाई खाना कम दिन्छौ र काम धेरै लिन्छौ। मुहम्मद सल्ल०ले सौखको लागि तिर हानेर पशुपंक्षीको हत्या नगर्न आदेश दिन्थे।