Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

मुहर्रम महिनाको इतिहास र यसमा हुने विदअतहरु

muharm

मुहर्रम महिनामा ताजिया बनाउने, शरिरमा चोट लगाउने, कपडा च्यातेर रुने यस किसिमको कार्यहरु विदअत हुन्।

मुहर्रम महिना अरबी पात्रो अनुसार पहिलो महिना हो। यो महिना धेरै महत्वपूर्ण प्रतिष्ठित महिनाहरु मध्यमा नै पर्छ। यो महिनाको दस तारिकमा आशूराको रोजा पनि पर्छ। यो महिना किन महत्वपूर्ण छ भन्ने बारेमा केही जानकारी दिन चाहन्छु

पृय पाठक वृन्द ! सत्य र असत्य दुई अलग-अलग चीज़ हुन, जसको एकै साथ हुन असम्भव छ। तर सत्य र असत्यको युद्धमा अस्थायी रूपमा सत्य असत्यमा विलिन हुन जान्छ। यस्तो हरेक युगमा हुँदै आएको छ र आज पनि भई रहेको छ, इस्लाम सबैभन्दा पहिलो सत्य धर्म हो । इस्लामको पहिलो निमन्त्रणा नै एकेश्वरवाद हो, यसको बावजूद जिन्न र मानवको शैतानहरुले हरेक युगमा शिर्कमा ग्रस्त राख्यो, र वास्तविकता झुटोमा परिणत हुँदै जान थाल्यो, यसै तथ्यलाई पर्दाफास गर्नका लागि हरेक युगमा अल्लाहले सन्देष्टालाई चुनेर खटाउँने गर्दथे, संसारमा शुरु देखि हालसम्म एक लाख चौबिस हजार सन्देष्टाहरु चुनिए ताकि पथभ्रष्टहरुलाई मार्गदर्शन प्राप्त गर्न सकियोस भनेर ।

सन्देष्टाको अन्तमा सन् 571 मा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्म भयो र 40 बर्षको उमेरमा सारा संसारका मानवहरुलाई कुफ्र र मूर्तिपूजाबाट सचेत गर्न खटाए ।

मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले 23 वर्षको जीवनमा सत्य र असत्य बीच स्पष्ट अवधारणा पेश गरे । तर मानिसहरु अज्ञानता र लालचले गर्दा नबीको देहान्त पछि नबीको शिक्षाबाट टाढा हुँदै गए, हरेक समुदायका ठूला व्यक्तिहरु नै एक एक गर्दै पथ-भ्रष्ठताको शिकार हुँदै गए, फेरी सत्यको स्थानमा असत्यले ढाक्न लाग्यौ र गलत प्रथाहरु हरेक ठाउँमा प्रचलित हुँदै गयो । आज इस्लामिक मुलुकहरुमा यस्तै अनगिन्ती विदअतका कामहरु भएको पाइन्छ जुन वास्तवमा मानिसले नै सृजना गरेका हुन्  ।

घटना कसरी भयो ?

रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको भतिजा अली रज़ि. सँग वहाँको कान्छी छोरी फातिमा रज़ि को विवाह भएको थियो । उनका दुई छोरा हसन रज़ि. र हुसैन रज़ि. जन्मिएका थिए । उनीहरुलाई नबी सल्ल. ले धेरै माया गर्नु हुन्थ्यो ।

जुन समयमा उनको हत्या भएको थियो त्यस समय राजकाजको सम्पूर्ण कार्य इराकबाट हुन्थ्यो। पाचौं राजा माबिया रज़ि. थिए । उनी धेरै उदार र कोमल भावनाका थिए। उनको जीवनको अन्तिम अवस्थामा आफु पछि राज्यको उत्तराधिकारी आफ्नो छोरा यजिदलाई बनाएका थिए । यस निर्णयलाई त्यहाँको केही व्यक्तिले मन पराएनन् । यजिदलाई राजा नमान्ने केही व्यक्तिहरुको समूहले हजरत हुसैन रज़ि. लाई पत्र पठाए । तपाई यहाँ (इराक) मा आउनुहोस् हामी तपाईलाई राजा बनाउँछौं । यसरी बारम्बार तिनीहरुले पत्र पठाई रहे । वास्तविकता के रहेछ भनेर बुझ्न हुसैन रज़ि. ले आफ्नो काकाको छोरालाई पठाए । उनीहरुले उनको धेरै स्वागत गरे र छिट्टै हुसैन रज़ि. लाई पठाउन अनुरोध गरे। उनले पनि त्यहाँका जनताले साँच्चिकै चाहेकै रहेछन् भन्ने सोचेर हुसैन रज़ि. लाई पत्र पठाएर इराक आउनु भने । तर मदिनाबाट उनलाई धेरै साहबीले इराक नजान सल्लाह दिएका थिए तर हुसैन रज़ि. लाई पनि राजा बन्न पाउने आशामा कसैको कुरा नटेरी इराक गए । जब मदिनाबाट हुसैन रज़ि. इराक आउँदै छन् भन्ने खबर यजिदले सुने तब गभर्नरलाई आदेश दिए उनलाई रोक्नु भनेर । ती गभर्नर धुर्त स्वभावका थिए । उनले सिपाईहरु जम्मा गरेर कर्बलाको मैदानमा नै उनलाई घेरे। हुसैन रज़ि. को साथमा सिमित सिपाहीहरु थिए । गभर्नरले पठाएको सेना धेरै थिए । लडाई गरेर जित्ने अवस्था थिएन । यसैले हुसैन रज़ि. ले भने मलाई फिर्ता जान देऊ या काकाको छोरासँग भेट्न दिनु भन्दा उनीहरुले मानेन्। अन्तमा उनले लडाई गर्नु नै उचित सम्झे । हज्जारौको सेनासँग उनको के जोर चल्थ्यो र ? उनीहरुले हुसैन रज़ि. को हत्या गरे । यो हृदय विदारक घटना सन् 61 हिजरीमा आशूराको नै दिन भएको थियो । जसले विश्वासघात गरिी हुसैन रज़ि. को हत्या गरेका थिए आज ति समुदाय नै हुसैन रज़ि. को नाममा आफ्नो अंगलाई आफैले हतियार प्रयोग गरी काट्ने, रगत बगाउने, कपडा च्यात्ने जस्ता बिदअती काम गर्न थालेका छन् । यहि दिन देखि इतिहासले यस्तो कोल्टे फेर्यो कि त्यसपछिका केही व्यक्तिहरु सही र सत्य परम्परालाई छोडेर छुट्टै नयाँ परम्पराको शुरुआत गरे । आज तिनै समुदायहरु आफुलाई हुसैन रज़ि. को नजिक भएको दाबी गर्दछन् । हुसैन रज़ि. को हत्या आशूराको दिनमा नै भएको हुनाले उनीहरु अज्ञान्तावस खुशी पनि मनाउँदै राम्रो कपडा लगाउने, विभिन्न प्रकारका भोजन पकाउने र सुर्मा लगाउने गर्छन् भने अर्को तर्फ शोक पनि मनाउने गर्दछन् । दुर्भाग्यवश अहिले सुन्नतका अज्ञानी जनतामा दुई धारणा प्रचलित हुन गयो । अब तिनीहरु मध्ये एक वर्ग आशूराको नाममा नबी सल्ल.को सुन्नत तरिकालाई भुलेर बिदअतको मार्गमा गएका छन् वास्तविक सुन्नत तरीका त यो हो हामी त्यस दिन रोजा राख्नु पर्दछ ।

हुसैन रज़ियल्लाहु अन्हुको शहादतको दर्दनाक घटनालाई सम्झेर अहिले पनि अहले सुन्नतका हरेक व्यक्ति चिन्तित हुन्छन्, आँखाबाट आँशु बग्न थाल्छ र हृदय बेचैन हुन्छ, तर एक मुस्लिममाथि लाखौ कठिनाई आएपनि उसले इस्लामी सीमालाई पार गर्न सक्दैन, इस्लामिक कानून अनुसार संकटको समयमा धैर्य गर्न आदेश दिएको छ र छाती पीट्ने, रोई कराई गर्न सख्त मनाही गरिन्छ ।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भने “त्यो व्यक्ति हाम्रो समुदायको होइन जसले गालामा थप्पड हान्छन्, शोकमा छाती पिडेर ठूलो आवाजमा रुने चिच्याउने गर्छ अनि छातीको सामनेबाट जबरजस्ती कपडा च्यातने काम गर्छ ।

फेरी इस्लामिक शरीअतले मृतकमाथि शोक मनाउने अवधि मात्र तीन दिन राखेको छ, यदि कुनै महिलाको पतिको देहान्त भएको छ भने उनले चार महीना दस दिनसम्म शोक मनाउनु पर्छ। (बुखारी, मुस्लिम)

हुसैन रज़ियल्लाहु अन्हुको शहादत भएको 1300 वर्ष भन्दा धेरै वर्ष बिती सक्यो, आख़िर अहिलेसम्म शोक मनाउने नाममा शरिरमा धारवाला हतियारको प्रयोग गरी काट्ने, चिर्ने, कपडा च्यात्ने गर्नु सही हुन सक्छ त ?

इतिहासमा शहादतको घटना हुसैन रज़ियल्लाहु अन्हुको मात्र भएको होइन । यो भन्दा पहिले पनि हज़रत हुसैन रज़ियल्लाहु अन्हुको पिता हज़रत अली रज़ियल्लाहु अन्हुलाई पनि सहिद गरिएको थियो । वहाँ हज़रत हुसैन रज़ियल्लाहु अन्हु भन्दा उत्तम थिए, उनी भन्दा पहिले हज़रत उस्मान रज़ियल्लाहु अन्हुलाई पनि सहिद गरेका थिए । वहाँ पनि हज़रत अली रज़ियल्लाहु अन्हु भन्दा उत्तम थिए, उनी भन्दा पहिले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको ससुरा हज़रत उमर फारूक़ रज़ियल्लाहु अन्हु पनि मुहर्रमको पहिलो तारिकमा सहिद भएका थिए तर यिनीहरु मध्येबाट कसैको शहादतको शोक मनाउने गरेको छैन भने हाम्रो लागि हज़रत हुसैन रज़ियल्लाहु अन्हुको शहादतमा अहिलेसम्म शोक मनाउन कसरी जायज हुन सक्छ ?

 

लेखक- सफात आलम तैमी

आई.पी. सी. कुवैत

हिन्दी विभाग- शिक्षक

अनुवादक- मुहम्मद इब्राहीम

Related Post