Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

यूसुफ एस्टीज : कसरी इस्लाममा आए ?

यूसुफ एस्टीज

यूसुफ एस्टीज : कसरी इस्लाममा आए ?

यूसुफ एस्टीज : कसरी इस्लाममा आए ? भन्ने बारेमा अघिल्लो पोष्टमा भाग-1 मा तपाईहरु समक्ष पेश गरेको थिए । अब शुरु हुन्छ, भाग -2…क्रमश  

यूसुफ एस्टीज भन्छन्, म टेक्सासमा आफ्नो साथी धर्मप्रचारसँग भेट्न जाने गर्दथें । त्यसमध्ये एकजना टेक्सास मैक्सिको सरहद तथा अर्को ओकलहोमा सरहदमा रहन्थ्यो । एक धर्मप्रचारकलाई धेरै ठूलो क्रस मन पर्थ्यो । जुन उसको कार भन्दा ठूलो थियो। उसले त्यो क्रसलाई कांधमा राख्थ्यो त्यसको टाउको जमीनमा घिसार्दै हिड्थ्यो । जब त्यो मानिस क्रसलाई लिएर सडकमा हिंड्थ्यो त कयौं मानिस आफ्नो गाडी रोकेर उसलाई सोध्थे-यो के गरि रहेका छौ ? तब उसले उनीहरुलाई ईसाई धर्मसँग सम्बन्धित किताबहरु र पम्फलेट दिने गर्दथ्यो । एक दिन मेरो यस क्रसवाला साथिलाई हृदयघात भयो र उसले हस्पिटलमा लामो समयसम्म भर्ती हुनु पर्यो । म हफ्तामा कयौं पटक त्यो साथिसँग भेट्न जाने गर्थे । साथमा म आफ्नो मुस्लिम साथी मुहम्मदलाई पनि लिएर जाने गर्दथें र यस बहानामा हामी आफ्नो-आफ्नो धार्मिक मान्यताहरुको बारेमा छलफल गर्दथ्यौ । मेरो त्यो बीमारी साथी इस्लामको कुनै असर परेन, यस्तो लाग्थ्यो कि उसलाई इस्लामको बारेमा जान्नलाई उसलाई कुनै दिलचस्पी नै थिएन । एक दिन त्यही अस्पतालमा भर्ती भएको एकजना बिमारी व्हील चेयरमा मेरो साथीको कोठामा आयो । म उसको नजिक गए र मैले उसको नाम सोधे । उसले भन्यो नाम कुनै महत्वपूर्ण चीज होइन । तर मैले त्यो कहाँ बस्नेवाला मानिस हो भन्ने थाहा पाए, अझै उसले चिडिएर भन्यो-म त जूपीटर ग्रहबाट आएको हुँ । वास्तवमा उ एक्लै थियो र अवसाद भन्ने बिमारबाट पीडित थियो । यस कारणले मैले उसको सामने मालिकको गवाही दिनलाई कोशिश गर्न लागे । मैले उसलाई तौरातको किताबबाट पैगम्बर यूनुसको बारेमा पढेर सुनाए । मैले बताए कि पैगम्बर यूनुसलाई ईश्वरले मानिसलाई सीधा मार्ग देखाउनको लागि पठाएको हो । यूनुस आफ्ना समुदायलाई ईश्वरको सीधा मार्ग देखाउनमा विफल भएर त्यस बस्तीबाट निक्लिए र उनीहरुबाट जोगिएर उनी एउटा डुंगामा गएर बसेर यात्रा  गरे । तूफान आयो डुंगा पनि डुब्न लाग्यो, तब मानिसले यूनुसलाई समुन्द्रमा फ्याकी दिए । एक व्हेल माछाले पैगम्बर यूनुसलाई निल्यो। यूनुस माछाको पेटमा समुन्द्र भित्र तीन दिन र तीन रात रहे। फेरी जब यूनुसले आफ्नो पापको प्रायश्चित गरेर माफी मागेर तब ईश्वरको आदेश त्यो माछाले उनलाई किनारमा ओकली  दियो र यूनुस आफ्नो शहर निनेवा फर्केर आए। यो घटनामा यो शिक्षा थियो कि आफु कठिनाई र बिग्रिएको हालातबाट टाढा भाग्नु हुँदैन । हामी जान्दछौ कि हामीले के गरेका छौ र हामी भन्दा पनि धेरै ईश्वर जान्नु हुन्छ कि हामीले के गरेका छौ ।

यो कहानी सुनेपछि व्हील चेयरमा बसेको त्यो मानिसले मलाई हेर्यो र मसँग उसले गरेको व्यवहारबाट माफी माग्यो । उसले भन्यो, मबाट तपाईमाथि भएको रुखो व्यवहारको कारणले म दुःखी छु र हालका दिनमा उसको अवस्था गम्भीर कठिनाईमा बितेको छ । उसले भन्यो ऊ मेरो सामने आफ्नो पाप कबूल गर्न चाहन्छ । मैले उसँग भने, म क्याथोलिक पादरीहरुले जस्तो होइन, म मानिसको पाप कबूल गर्दिन । उसले भन्यो- ‘म यो कुरा जान्दछु । म स्वयं एक रोमन क्याथोलिक पादरी हूँ ।’ यो सुनेर म दंग परे । के म एक रोमन क्याथोलिक पादरीलाई नै ईसाई धर्मको उपदेश दिई रहेको थिए ? म सोच्न लागे आखिर यस संसारमा यो के भइरहेको छ । त्यो पादरीले आफ्नो कहानी सुनायो। उसले भन्यो- कि मैक्सिको र न्यूयोर्कमा बारह वर्षसम्म ईसाई धर्म प्रचारकको रूपमा काम गरि सकेको र उसको भनाई अनुसार यहाँ बस्न उसलाई पीड़ादायक अवस्था छ। अस्पतालबाट छुटे पछि उसलाई यस्तो ठाउँको जरूरत छ जहाँ उ स्वास्थ्य हासिल गर्न सकोस्। मैले आफ्नो बाबासँग भने कि उसलाई आफ्नो घरमा रहनको लागि दिनुपर्यो उ पनि हाम्रो साथ रहोस। हामी यसमा सहमत भयौ र उ पनि हाम्रो साथ रहन लाग्यो। मैले त्यस ईसाई पादरीसँग पनि इस्लामको धारणाहरु र मान्यताहरुको बारेमा कुराकानी गरें, तब उसले यसमा आफ्नो सहमति जनायो। उसको सहमतिमा मलाई आश्चार्य लाग्यो। त्यो पादरीबाट मैले यो थाहा पाएर पनि अचम्ममा परे कि क्याथोलिक पादरी इस्लामको अध्ययन गर्दा रहेछन् र कुनैले त इस्लाममा डाक्टरीको उपाधि पनि लिएका छन् ।

हामी हरेक साँझको खाना खाए पछि टेबलमा बसेर धर्मको चर्चा गर्दथ्यौ। चर्चाको दौरान मेरो बाबाको साथमा किंग जेम्सको अधिकृत बाइबिल हुन्थ्यो,मेरो साथ बाइबिलको संशोधित स्टैडण्ड भर्जन हुन्थ्यो, मेरो पत्नीको साथ बाइबिलको तेश्रो रूप र क्याथोलिक पादरीको साथ क्याथोलिक बाइबिल, जसमा प्रोटेस्टेंट बाइबिल भन्दा सात पुस्तक धेरै छन्। हाम्रो धेरै समय धार्मिक बहसमा बित्थ्यो, कस्को बाइबिल धेरै सत्य र सही छ । फेरी हामी मुहम्मदलाई बाइबिलको सन्देश दिएर उसलाई ईसाई बनाउने कोशिश गर्दथ्यौ।

एक पटक मैले मुहम्मदसँग कुरआनको बारेमा सोधे ? पछिल्लो चौध सय वर्ष देखि कुरआनको कति रूप बनेको छ ? उसले मलाई भन्यो– कुरआन मात्र एउटै रूपमा छ र त्यसमा कहिल्यै कुनै फेरबदल भएको छैन । उसले मलाई यो पनि बतायो कि कुरआनलाई संसारभरीमा लाखौं मानिसले कंठस्थ (याद) गर्दछन् र कुरआनको कण्ठस्त गर्ने लाखौं मानिस संसार भरमा फैलिएका छन् । मलाई यो कुरा असम्भव लाग्यो। यस्तो कसरी हुन सक्छ ? बाइबिललाई हेरौं सयौं वर्ष देखि यसको मौलिक भाषा नै लोप भई सकेको छ। सयौं वर्ष देखि यसको असली प्रति नै गायब छ । फेरी कुरआन कसरी असली भाषामा रहन सक्छ  ?

एक पटक हाम्रो घरमा बसेको क्याथोलिक पादरीले मुहम्मदसँग भन्यो, ऊ उसको साथ मस्जिद जान चाहन्छ र हेर्न चाहन्छ, कि मस्जिद कस्तो हुन्छ ? एक दिन उनीहरु दुईजाना मस्जिदमा गए । फर्केर आउँदा उनीहरु मस्जिदको बारेमा आफ्नो अनुभवबारे छलफल गरिरहेका थिए । हामीले पनि पादरीसँग नसोधी बस्न सकेनौं । मैले सोधे- मस्जिद कस्तो थियो र त्यहाँ प्रार्थना गर्दा के-के गर्नु पर्छ ? पादरीले जवाब दिए- यस्तो केही गरेनन् जस्तो तिमीले सम्झेका थियौ। मुस्लिमहरु आए,नमाज पढे अनि आ-आफ्नो घरतिर गए, ‘घर गए’ । ‘केही नगरी घरतिर गए त’ ? युसुफले भने, ‘त्यतिकै गए’ ? कुनै भाषण र गाउने बजाउने केही नगरी ? क्याथोलिक पादरीले भन्यो, ‘हो’ यस्तै नै थियो उनको भक्ति गर्ने तरीका ।

केही दिन अरु बिते पछि एक दिन उक्त क्याथोलिक पादरीले मुहम्मदसँग भन्यो, म एक पटक फेरी तिम्रो साथ मस्जिद जान चाहन्छु । उनीहरु दुईजना निक्कै ढिलोसम्म घरमा फर्केन । अंधेरो भई सकेको थियो, हामीलाई उनको चिन्ता हुन लाग्यो। कहीं उसको साथ केही अनिष्ट त भएको छैन ? जब दुबै जना घरमा आए, ढोकामा मैले मुहम्मदलाई त चिने, तर साथमा आउनेवाला व्यक्तिलाई छिट्टै चिन्न सकिन । उसले सेतो लामो चौगा(दिस्दासा) र टाउकोमा सेतो टोपी लगाएको थियो। अरे,यो त उही पादरी हो ? मैले उसँग सोधे-‘पेटे, के तिमी मुसलमान बनेको हो ? उसले भन्यो-‘हो’ आज मैले इस्लाम धर्म स्वीकार गरें ।

त्यसपछि म माथिको कोठामा गए र यस बारेमा आफ्नो पत्नीसँग कुराकानी गरें । मेरी पत्नीले मलाई  भनिन् कि उनी पनि छिट्टै नै इस्लाम स्वीकार गर्न चाहन्छिन्, किनकि उनी पनि यस नतीजामा पुगिन कि “इस्लाम नै सच्चा धर्म हो” । यो थाहा पाएर मलाई एक्कासी कडा झटका लाग्यो । मैले तल आएर मुहम्मदलाई जगाए र उसँग बाहिर आएर मसँग छलफल गर्नलाई अनुरोध गरें। हामी दुई जाना रातभरी छलफल गरी रह्यौ । फज्रको नमाजको समय भएको थियो। अहिलेसम्म मैले जानी सकेको थिए कि इस्लाम सत्य हो र अब मलाई यस मामलामा आफ्नो भूमिका निभाउन मात्र बाँकी थियो। म पछाडीतर्फबाट आफ्नो बाबाको घर गए । वहाँ एउटा पलाईको टुक्रा थियो। मैले त्यही पलाईको टुक्रामा आफ्नो टाउको राखी दिए । मेरो अनुहार त्यस दिशातर्फ थियो जुन दिशा (किब्ला) तर्फ मुसलमान नमाज पढ्दथे । मेरो शरिर पलाईमाथि फैलिएको थियो र मेरो टाउकोले जमीनमा टेकेको थियो। मैले त्यही अवस्थामा सच्चा ईश्वरसँग प्रार्थना गरें- ‘हे ईश्वर यदि तिमी यहां छौ भने मेरो मार्गदर्शन गर, मलाई सच्चा मार्गमा देखाऊ ।’ केही समय पछि मैले आफ्नो टाउको उठाए तब मैले केही खास अलगै महसूस गरें। तर  मैले न चरा या फरिश्ताहरुलाई आकासबाट आउँदै गरेको देखें, न मैले कुनै किसिमको आवाज सुने र न कुनै संगीत, न मैले कुनै तेजिलो ज्योति देखें या प्रकाशको कुनै झलक । जे जति मैले महसूस गरें बस त्यो थियो म भित्र भएको परिवर्तन । मैले आफु भित्र परिवर्तन महसूस गरें। अब म ज्यादै जागरूक भएको थिए कि अब समय आयो कि म झुटो बोल्न, धोका दिन र झुटो आधारित बिजनेस बन्द गरि दिऊँ। अब समय आएको छ कि म आफुले आफुलाई सीधा, असल र ईमानदार मानिस बनाउने काममा लगाऊँ । अब मेरो दिमोखमा आयो कि मैले अब के गर्नु  पर्छ । म माथि गए र बाथरुम पानीको फहोराको तल बसेर नुहाउन लागे, यस सोचको साथ कि अब म आफ्नो पुरानो सबै पाप धोई रहेको छु र अब एक नयाँ जिन्दगीमा प्रवेश भई रहेको छु । एउटा यस्तो जिन्दगी जसको आधार सच्चाई छ र जसमा कुनै प्रमाणको जरूरत छँदै छैन । बिहान एघार बजे दुईजना गवाह (एक पूर्व पादरी फादर पीटर जेकब (जो अब मुसलमान भई सकेका थिए) र मुहम्मद अब्दुल रहमानको उपस्थितिमा मैले इस्लामको कलमा ए शहादत पढे। खुल्ला गवाही दिए कि अल्लाह एउटै हुनुहुन्छ र मुहम्मद (स.अ.व.) अल्लाहको पैगम्बर हुनुहुन्छ । केही समय पछि नै मेरो पत्नीले पनि इस्लामको कलमा पढिन । उसले तीन गवाहको सामने कलमा पढे। तेश्रो म थिए । मेरो पिता केही संकोची स्वभावका थिए, यसकारणले उनले केही महिना पछि इस्लाम कबूल गरे त्यसपछि उनले आफ्नो सारा ताकत र सामर्थ्य इस्लामको लागि लगाई दिए । फेरी हामी अन्य मुसलमानको साथ स्थानिय मस्जिदमा नमाज पढ्न थाल्यौ । मैले बच्चालाई पनि ईसाई स्कूलहरुबाट हटाएर मुस्लिम स्कूलमा भर्ना गरि दिए । यो दस वर्षमा बच्चाहरु कुरआन र इस्लामी शिक्षालाई याद गर्न लागेका छन् । सबै भन्दा पछि मेरो सौतेली आमाले इस्लामको सन्देशलाई स्वीकार गर्नु भयो। ईसा ईश्वरको छोरा हुन सक्दैन। ईसा त ईश्वरको पैगम्बर थिए, ईश्वर होइनन्।

अब तपाई सोच्नु होस् कि कसरी अलग-अलग पृष्ठभूमि र मार्गमा हिंड्ने व्यक्तिले सत्यलाई स्वीकार गरे र यो पनि बुझ्ने कोशिश गरे कि कसरी सृष्टिको रचयिता र आफ्नो पालनकर्तालाई चिन्नुपर्छ । तपाई अलिकती सोच्नुहोस् । एकजाना क्याथोलिक पादरी। एकजाना चर्चको संगीतकार र पादरी। एक अधिकृत पादरी र ईसाई स्कूलको संस्थापक सबै एकै साथ मुसलमान भए । उनी भन्छन्, यो त ईश्वरको दया नै हो किनकि हाम्रो आँखाबाट पर्दा हट्यो र इस्लाम रूपी सत्यलाई जान्नको लागि ईश्वरले हाम्रो मार्गदर्शन गरे। यदि म आफ्नो जीवनको कहानीलाई यहि पूरा गरे भने त तपाईलाई लाग्छ कि यो कहानी त चकित गर्ने वाला छैन । आश्चर्य लाग्ने कुरा यो छ कि तीन अलग-अलग मार्गका पादरीहरुले आफ्नो धर्मको एकदम खिलाफ मानिने मान्यताहरु र विचारहरुलाई स्वीकार गरेका मात्र होइनन्, उनीहरुका परिवारको अरु सदस्यले पनि इस्लाम स्वीकार गरे। कुरा अहिले पूरा भएको छैन, अरु बाँकी छ । यसै वर्ष म टेक्सासको ग्राण्ड प्रार्थना स्थानमा थिए । त्यहाँ मेरो भेट जोय नामको बेपटिस्ट सेमीनारीको एक विद्यार्थीसँग भयो, जसले पादरीहरुलाई शिक्षा दिने संस्था सेमीनारी कलेजमा पढ़ाईको साथै कुरआन पनि अध्यायन गरेका रहेछन् अनि उनले पनि इस्लाम स्वीकार गरेछन् । कयौं यस्ता मानिस छन् जो सत्यलाई पहिल्याएर सही मार्गमा लागेका छन्। अर्को कुरा मलाई याद भयो, धेरै यस्ता क्याथोलिक पादरीहरु छन् जसले ईसाई धर्ममा नै रहेर पनि इस्लामको सुन्दरताको यति धेरै बयान गर्थे । तिनीहरु मध्ये एकजना पादरीसँग मैले सोधे-तपाई इस्लाममा किन प्रवेश गर्नु हुन्न ? उसको जवाब यस्तो थियो- “के म आफ्नो रोजगारी गुमाऊ।” उसको नाम हो-फादर जॉन र मलाई अहिले पनि ऊसँग आशा छ । यसै वर्ष मेरो एकजाना अर्को पूर्व क्याथोलिक पादरीसँग भेट भयो जुन आठ वर्ष पहिले देखि अफ्रीकामा ईसाई धर्म प्रचारक थियो । उसले इस्लामको बारेमा वहाँ नै पढे र फेरी इस्लाम स्वीकार गरे । उसले आफ्नो नाम उमर राखेको थियो र अहिले ऊ डलास टेक्सासमा रहन्छ ।

इस्लाम स्वीकार गरेपछि जब म एक प्रचारकको रूपमा संसारभरी घुमे त मेरो कयौं राजनीतिज्ञ, प्रोफेसर, अर्को धर्मका विद्वान र वैज्ञानिकहरुसँग भेट भयो जसले इस्लाम धर्मको अध्ययन गरेर मुसलमान बनेका थिए । यी मानिसहरुमा यहूदी, हिन्दु, क्याथोलिक, प्रोटेस्टेंट, जहोवाज, विटनेसेस, ग्रीक र रसियन रूढिवादी चर्च, मिश्रको कप्टिक ईसाई र नास्तिक मानिसहरु पनि शामेल छन् ।

जो व्यक्ति सत्यको खोजीमा छन् उनले यो नौ कुरामा सोच्नु पर्छ ।

 आफ्नो हृदय,दिमाग र आत्मालाई वास्तविक भलाईको लागि पवित्र गर। साफा राख।

हरेक किसिमको पूर्वाग्रह र भेदभावलाई आफ्नो हृदय र दिमाखबाट निकाल।

जुन भाषाको तपाई राम्रोसँग ज्ञान छ, त्यही भाषामा अनुवाद गरिएको कुरआन पढ्ने गर।

4  थोरै रोकिएर, जाँच बुझ गर।

5   सोच विचार-चिन्तन गर।

  सोच अनि ईश्वरसँग प्रार्थना गर।

7   जुन सर्वशक्तिमानले तपाईलाई बनाएको छ, उसलाई हृदय देखि प्रार्थना गर उनले नै तपाईलाई सत्यसम्म पुग्नलाई तपाईको मार्गदर्शन गर्छन्। तपाईलाई उनैले सत्य मार्ग देखाउने छन्।

8  केही महीनासम्म यस्तो अभ्यासलाई जारी राख र नियमानुसार यसलाई दैनिक गर।

  जब तपाईलाई लाग्छ कि तपाईको आत्मा एक नयाँ रुपमा परिवर्तन हुँदै छ भने मानौं तपाई एक नयाँ रूपमा जन्म लिई रहनु भएको छ तब यस्तो अवस्थामा यस्तो मानिसबाट जोगिनु जसको सोच संकुचित तथा विष भरिएको हुन्छ जसले तपाईलाई पथभ्रष्ट गर्न सक्छ।

अब तपाईको मामला तपाईको र यस ब्रह्माण्डको सर्वशक्तिमान मालिकको बीचमा छ । यदि तपाई वास्तवमा सत्य ईश्वरसँग वास्तविक रुपमा प्रेम गर्न थाल्नु भएको छ भने वहाँ यस कुराबाट पनि अंजान हुनुहुन्न कि वहाँ त हृदय तकको कुरा जान्नेवाला हुनुहुन्छ। र वहाँ त्यही हिसाबबाट तपाईको मामला तय गर्नु हुन्छ जुन तपाईको  हृदयमा छ।

ईश्वरसँग दुआ गर्छु कि वहाँ आफ्नो सत्य मार्ग देखाउनमा तपाईको मार्गदर्शन गरुन। उनले यस जगतको सत्यता र जिन्दगीको उदेश्य जान्नको लागि तपाईको हृदय र दिमाखलाई खोलेका हुन्। तपाई हामी सबैलाई सही मार्गदर्शन गरुन र जहन्नम(नर्क)को आजाब(सजाया) बाट मुक्त गरी जन्नत(स्वर्ग)को बासिन्दा बनाउन। आमीन।।

स्रोतःhttp://newmuslim.islamicwebdunia.com/2010/07/blog-post.html

 

Related Post