Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

रमज़ानको स्वागत कसरी गर्ने ?

रमज़ानको स्वागत कसरी गर्ने ?

रमज़ानको स्वागत कसरी गर्ने ?

मुस्लिमहरुको महान पर्व रमज़ान इस्लामी क्यालेण्डर अनुसार नवौं महिनामा पर्छ। यस पर्वमा एक महिनासम्म अल्लाहको लागि रोजा(ब्रत) राखिन्छ। यो महिना दया, क्षमा, नर्कबाट मुक्ति तथा पारस्पारिक सहानुभूतिको महिना हो। यसमा स्वर्गको ढोका खोलिन्छ, नर्कको ढोका बन्द गरिन्छ र शैतानलाई साङ्लामा बाँधिन्छ यसैगरि मानवको प्रगति मार्ग खुल्नेछ र पुण्यकार्य गर्न सजिलो हुनेछ। यस महिनामा पुण्यमा वृद्धि गरिन्छ, नफिल नमाज़को पुण्य फर्ज़ नमाज समान र फर्ज़ नमाजको पुण्य अरु महिना भन्दा सत्तरी फर्ज़ नमाज समान गरिनेछ र नमाजीको प्रार्थाना स्वीकार गरिन्छ। यसै महिनामा पवित्र कुरआन अवतरित भएको थियो जुन सम्पूर्ण संसारको लागि मार्गदर्शक हो। यसै रमज़ानको महिनामा शबे कद्रको रात पर्छ जुन हज्जार महिना अर्थात ८३ बर्ष ४ महिना भन्दा उत्तम हो । जब हाम्रो घरमा कोही अतिथि आउनेवाला छ भने आफ्नो घरलाई सजाउँछौं, मुहारमा खुशी र हृदय प्रशन्न हुन्छ, अतिथि आउने बाटो हेरी रहन्छौ. के रमजानको आगमनमा हामी आफ्नो हृदयमा यो अभिलाषा राख्छौं….? सहाबा ६ महीना पहिले देखि रमजानको प्रतिक्षा गर्दथे, प्रसिद्ध ताबई मुअल्ला बिन फ़ज़्लको भनाई छ, रमजानको सम्बन्धमा सहाबा हर्ष र खुशीले ६ महीना पहिले देखि प्रार्थना गर्थे “हे अल्लाह! हामीलाई रमज़ानको महीना प्राप्त होस्”. फेरि जब रमजानको महीना सकिंन्छ त बाँकी ६ महीनामा प्रार्थना गर्दछन् “हे अल्लाह ! जुन कामको लागि तिमीसंग दुआ गरेको छु, त्यो स्वीकार गर्नुहोस्”

अब प्रश्न यो उठ्छ कि रमज़ानको यो शुभ अवसरमा हामी कसरी स्वागत गर्ने ? यस सम्बन्धमा निम्न केही मुख्य उपाय प्रस्तुत गर्दछु। आफ्नो हृदयको निरीक्षण गर्नुहोस्, दिन र रात गरी हाम्रो जिन्दगी पनि कम हुँदै जाँदैछ, हामी संसारिक जीवन देखि र मृत्य देखि नजिक हुँदै गइरहेको छ, हसन बसरी रहि. ले भन्नु भएको थियो “ऐ आदमको संतान, तिमी केही दिन देखि भक्ति गर्दै छौ, जब तिम्रो एक दिन बित्यो भने मानौ तिम्रो जीवनको केही भाग बित्यो।“ ! हाम्रो जीवन कर्कलामा टप्किएको पानी जस्तै हो, र बरफ जसरी पग्लिरहेको छ, थाहा छैन कहिले पुरा पग्लेर जान्छ, स्वयं यो संसार भक्तिको लागि बनाइएको छ र यो संसारीक जीवनमा हिसाब हुँदैन। जबकी मृत्युपछि हिसाब किताब हुन्छ, त्यसबखत हाम्रो पुण्य कमि भयो भने हामी कुनै उपायले पनि पुण्य कमाउन सक्दैनौं र हामीलाई भक्ति गर्ने अवसर हुँदैन, यसैले बुद्धिमान उही हो जो आफ्नो हृदयको निरिक्षण गर्छ र मृत्यु पछिको लागि तयारी गर्दछ र बुद्धिहीन त्यो हो जो आफ्नो हृदयलाई इच्छाको पछि लगाइ रहन्छ र अल्लाहसँग आशा राखि रहन्छ। विचार गर्नुहोस् कति मानिस अघिल्लो बर्ष हामीसँग रोजामा साथमा थिए, आज उनीहरु कब्र स्थानमा दफन भैसकेका छन्, कति जना जसलाई हामीले पछिल्लो बर्ष स्वास्थ्य अवस्थामा देखेका थियो आज मृत्यु शैय्यामा छटपटाई रहेका छन् । के थाहा आउने बर्ष रमजान हाम्रो जीवनको अंतिम रमज़ान हो की ?, यसैले आउँदो रमजानलाई राम्रोसंग स्वागत गर्नुहोस्, हामी माथि उदय हुनेवाला रमज़ानको चन्द्रमा उत्तम र लाभदायक होस्, त्यो देखेर हाम्रो हृदय हर्ष एवं उल्लासले गदगद होस्, हाम्रो बोलीमा यो प्रार्थना होस्: “हे अल्लाह! यो चन्द्रमा हामीमाथि शांति र ईमान, स्वच्छ र इस्लामको साथ उदय गर्नुहोस्, हे चन्द्रमा मेरो र तिम्रो पालनकर्ता (अल्लाह) हो”. रमजानको महत्वलाई मन एवं मस्तिष्कमा बसाउनु होस् : रमजानको आगमन भन्दा पहिले यसको महत्व, महानता, श्रेष्ठता, उद्देश्य र सन्देशलाई आफ्नो मन र मस्तिष्कमा बसाउनु होस् किनकि पूर्णरुपमा लाभ उठाउन सकियोस्, आफ्नो हृदयलाई नियाल्नु अति आवश्यक छ, किनकि मानिसहरु रोजालाई परम्परागत नियम र कर्तव्य सम्झेर राख्दछन् र रमजान पूरा गुजार्छन् तर हामीलाई आदेश छ,- हामी आफ्नो नीयतले पूर्णरुपमा रोजा राख्नु, अल्लाहको रसूल सल्ल. ले भन्नु भयो “जसले ईमानको साथै, पुण्यको नीयतबाट रमजानको रोजा राख्दछ उसको पछिल्लो पाप क्षमा गरिन्छ।”(बुख़ारी, मुस्लिम)

यसको महत्व पनि हामीलाई थाहा हुन आवश्यक छ किनकि कुनै व्यक्ति इमामको साथ रातमा नमाज पढ्छ भने उसलाई पूरा रात भक्ति गरेको पुण्य मिल्छ (सुनन अबूदाऊद)

रमजानको तरावीहमा कति मानिसहरु आलस्य गरेर धेरै पुण्य प्राप्त गर्नबाट स्वयंलाई वंचित गर्दछन् र दुई चार रकअत पढेर नै निक्लिन्छन् । तर यदि हामीहरु मध्य कसैलाई यति रकअत नमाज़मा यति पैसाको चेक मिल्छ भन्यौ भने हरेक व्यक्ति धेरै भन्दा धेरै नमाज़ पढने प्रयाश गर्दछ किनकि नमाजको बदलामा उसले पैसाको चेक देखेको हुन्छ। अल्लाहको कथन छः “हो, तिमीहरु त सांसारिक जीवनलाई प्राथमिकता दिन्छौ, तर आख़िरत धेरै उत्तम र बाँकी रहनेवाला हो। ( सूरः अल-आला १६-१७)

यसैले हामीले हाम्रो रमजानको रोजा र उपासनाको महत्वलाई मन र मस्तिष्कमा बसाउँदै यसलाई नियमित पालना गर्नु पर्दछ र पूरा संकल्प राख्नुहोस् कि हामी यस महीनामा आफू भित्र अल्लाहको डर राख्ने कोशिश गर्नुहोस् जो रोज़ाको सार हो।

रमजानमा गर्ने कामको सूची बनाउनु होसः- त्यो कामको सूची बनाउनुहोस् जुन अल्लाहको अधिकारसंग संबंधित छ, त्यो कामको सूची बनाउनुहोस् जुन भक्तको अधिकारसंग संबंधित छ,, फेरी त्यो कामको पनि सूची बनाउनुहोस् जुन रमज़ानको महिनामा गरिने छ,, यदि यसको साथै नौकरीको पनि आवश्यकता र इबादतको लागि स्वयंलाई पूर्ण रुपमा स्वतन्त्र हुन नसके पनि यो विचार गर्नु कुन कार्यलाई रमज़ानको कारण छोडन सकिंन्छ र कुन कामलाई छोड्न सकिंदैन। यस शुभ महीनामा हामी आफ्नो जीवन, र स्वास्थ्यको महत्वलाई पनि विचार गर्नुहोस्, राती-जागेर दिनमा सुत्ने र समयलाई नष्ट गर्नबाट बच्नु होस् किनकि रमज़ानको एक एक क्षण धेरै बहुमूल्य छ। आफ्नो सारा पापाहरुबाट सच्चा रुपमा प्रायश्चित गर्नुहोस्, अनिवार्य काम तथा अनिवार्य उपासनालाई पुरा गर्नुहोस् र आफूलाई गलत कामबाट बचाउने बानी बनाउनुहोस् । दैनिक पाँच समयको नमाजहरु खास फ़जरको नमाज़लाई जमाअतसंग पढ्ने बानी गर्नुहोस जसमाथि ज़कात र हज अनिवार्य छ र त्यो कार्य भएको छैन र ढिला सुस्ती गरी रहेका छन्, भने उसले यो तय गर्नु कि पहिलो प्राथमिकतामा हज गर्नु र अल्लाहले दिएको धन मालबाट गरीबहरु तथा निर्धनको हक पुरा गर्नुहोस्।

जो व्यक्ति अवैध काम गरेर अल्लाहलाई चुनौती दिई रहेका छनः- व्यभिचार, शराबको सेवन, निषेध कारोबार, ब्याजको लिन दिन जस्ता अपराधहरुमा लिप्त छन् उसले पश्चाताप गरी संकल्प गरोस् कि उ यि अपराधहरुबाट आफुलाई बिल्कुल टाढा राखोस् र फेरी जीवन भर त्यसको नजिक नहोस्।

कुरआनको पाठः-  कुरआन पाठ गर्ने एक निश्चित समय बनाउनु होस्, हरेक अनिवार्य नमाज पछि कुरआनको अनुवाद समेत केही आयत पाठ गर्ने बानी बसाउनु होस्, किनकि आउनेवाला महीना कुरआनको महिना हो जसको लागि अहिले देखि तयार गर्नु होस्।

त्यसैगरी रातको तेश्रो प्रहरमा उठेर नमाज़ पढ्ने बानी गर्नुहोस्– रातको तेश्रो भागमा उठेर नमाज पढ्ने गर्नु किनकि त्यो समय अल्लाह पृथ्वीको नजिक आकाशमा भ्रमण गर्नु हुन्छ र यो घोषणा गर्नु हुन्छ कि: “कोही छ प्रार्थना गरेर माग्ने ? हामी उसको प्रार्थना स्वीकार गरौं, कोही छ सवाल गर्ने हामी उसको सवाललाई पूरा गरौं, कोही छ आफ्नो पापहरुबाट क्षमा चाहनेहरु हामी उसको पापहरुलाई माफ गरौं. “(बुखारी, मुस्लिम).

वास्तविकता यो हो कि रातमा अल्लाहको डरबाट आँशु छल्कियोस् र शरीरमा कम्पन हुन् एक अर्को अल्लाहको आज्ञाकारीको उत्तम माध्यम हो त अर्को तर्फ व्यक्तित्वको उन्नतिको रहस्य पनि हो, रातमा अल्लाहको सामने न निहुरेसम्म न कहिले महान मानव बनेको छ र न कहिल्यै बन्न सक्छ, अल्लामा इक़बालले भन्नु भयो ।

सामाजिक कार्य र अधिकारको विशेष रूपमा ध्यान दिनुः- कसैको ऋण (कर्जा) या दाबी छ भने त्यसलाई तुरुन्त चुक्ता गर्नु होस् र लिन दिनको कारोबार छिट्टै मिलाउनु होस्, महा-प्रलयको दिन त्यो व्यक्ति धेरै अभागी र दरिद्र हुनेछ जो नमाज़, रोज़ा र ज़कातको धेरै पुण्यको साथ आउने छ तर त्यो व्यक्ति माथि अरु मानिसहरुको ऋण दाबी होला, अर्थात ऋण लिएर नतिरेको होला, कसैको हक खोसेको होला, कसैलाई गाली गरेको होला, कसैलाई बेइज़्ज़त गरेको होला, अतः उसको एक एक पुण्यहरु लिएर दावेदारलाई दिइन्छ, जब उसको पुण्यहरु समाप्त हुन्छ र अझै पनि दावी गर्नेहरु बाक़ी रहे भने दावेदारहरुको पाप उसमाथि थोपरी दिइन्छ र उसलाई नर्कमा फ्याकिन्छ। (सहीह मुस्लिम)

यसैले रमजानको आगमन भन्दा पहिले सामाजिक सम्पर्कलाई बलियो बनाउनु होस्,र यो दृढ़ संकल्प गर्नुहोस् कि तपाई आफ्नो बोलीको रक्षा गर्नु हुन्छ, गाली-गलौच, चुक्ली- चम्चागिरीबाट टाढा रहन्छु, पुण्य र भलाईको काममा अगाडि रहन्छु र कुनै मानिसलाई कष्ट दिन्न। रमज़ानमा हृदयलाई शुद्धता र आत्मामा पवित्रताको सबै भन्दा उत्तम अवसर हो, यसैले रमज़ान आउनु भन्दा पहिले यदि तपाईले कसैलाई कष्ट दिनु भयो अथवा तपाईलाई कसैलाई कष्ट दिएको छ भने क्षमा र माफीबाट काम लिनुहोस्, र हृदयलाई हरेक व्यक्ति प्रति शुद्ध राख्नु होस् तथा आफ्नो बोलीमा सुधार गर्नुहोस्।

व्यवहार र आचरणमा ध्यान दिनुहोस्- आफुले आफुलाई राम्रो आचरणको बनाउनुहोस्, नराम्रो बानीबाट टाढा राख्नुहोस्, नैतिकता र उत्तम अनुशासन भएको पुस्तक अध्ययन गर्नुहोस् र राम्रो व्यवहारवाला बनाउनुहोस्। असल व्यक्तिको संगत गरेर उसको उत्तम खुबी आफुमा सृजना गर्ने कोशिश गर्नुहोस् ।

अल्लाहको मार्गमा खर्च गर्ने बानी बसाउनु होस्– रमजान सहानुभूति र दयाको महीना हो, हाम्रो नबी सल्लल्लाहु अलैहि व सल्लम यसै पनि दानशील थिए तर रमजानमा वहाँको दानशीलता अझै वृद्धि हुन्थ्यो. यसैले अल्लाहले जे-जति प्रदान गर्नु भएको छ त्यसबाट गरीब र निर्धनको लागि अवश्य निकाल्नु होस्, र आफ्नो सामर्थ्य अनुसार रोज़ा राख्नेवालालाई इफ्तार गराए पनि यसको त्यति नै पुण्य मिल्छ जति स्वयंले रोज़ा राख्दा मिल्छ। (तिर्मिज़ी).

विशेष गरी इस्लामको दावत पेश गर्ने काम गर्नुहोस्- यस उद्देश्यको लागि संभव भएसम्म साधन काममा प्रयोग गर्नुहोस्, किनकि यस महीनामा मानवको मनमा स्वाभाविक रूपमा सत्यलाई स्वीकार गर्नलाई क्षमता सृजना हुन्छ, जुन गैर-मुस्लिमहरुसंग तपाई परिचित हुनुहुन्छ कम से कम उसलाई इस्लामको सन्देश अवश्य पुर्याउनुहोस्, उसलाई इस्लाम परिचयमा आधारित पुस्तक ल्याएर दिनुहोस्, र आफ्नो भाइहरु र परिवारका सदस्यलाई सुधार र उनको आध्यात्मिक प्रशिक्षणको तर्फ पूरा ध्यान आकर्षित गर्नुहोस्।

हृदयमा यस्तो भावना सृजना गर्नु धेरै उचित हुनेछ कि रमजानको आगमनबाट एक दुई दिन पहिले एकान्तमा बसेर आफ्नो हृदयमा चिन्तन गर्नुहोस्। हामीले बर्ष भरी के गुमायौं र के पायौं, त्यस दिनलाई पनि याद गर्नुहोस् जुन दिन अचानक मृत्युको फरिश्ता निर्ममता पूर्वक आत्मा निकाल्छ, अनि आफन्तले मानिसले नुहाउँछन् र विछोडको पीडाले रुन्छन्, कफन पहिर्याउँछन्, त्यसपछि साँगुरो र अंधेरो ठाउँमा राखी कयौं मुरी माटोले पुरिदिन्छन्, वहाँ गंभीर अजिंगर निक्लिन्छ, वहाँ नर्कको दन्किएको आगो हुनेछ, लाखौं चिच्याए पनि दयाको भिख मागे पनि तर कोही सुन्नेवाला कोही हुने छैनन्. यो महशुस गर्नुहोस्, आफै रुनुहोस्, फेरि नयाँ उत्साहको साथ आफ्नो पालनकर्ताको आज्ञाकारीको लागि कमर कसेर अल्लाहसंग दुआ पनि गर्नुहोस् । हामीलाई यो रमज़ानको लाभबाट फाइदा लिने विवेक प्रदान गरुन।

रमजानको पुण्यबाट पूर्णरुपमा लाभान्वित हुनका लागि चौबीस घण्टाको समयको एक चार्ट बनाउनुहोस् ताकि धेरै भन्दा धेरै समय अल्लाहको भक्तिमा लगाउन र यसलाई पूरा व्यवस्था र नियमित रूपमा गर्ने कोशिश गरौं।

 

 

Source:- रमज़ान का स्वागत कैसे करें ?

लेखक- सफात आलम मुहम्मद जुबैर तैमी (मदनी)

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

 

Related Post