आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि वसोवास गरिरहेका र त्यस भुमीको माटोलाई खनिखोस्रीगरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइदै छ । मानव सभ्यताको विकाससंगै अनि क्रमिक बसार्इ-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, वसाई र अन्य तवरले हावी हुँदै आएका छन् ।
संयूक्त राष्ट्रसंघको आदिवासी समुदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो सस्कृती, भाषा, रितीरिवाज र चलन अनुरुप सुहाउदो शैक्षिक प्रणाली र संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानव अधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ, आफ्नो पहिचान र थलोकालागि पुस्तोदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पौठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।
वहु-जाती वहु-धर्म र वहु-संस्कृती भएको हाम्रो देश नेपालमा पनि विभिन्न प्रकारका आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकता भुल्दै गएको , नयाँ पुस्ताले पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको पाइन्छ ।
आदिवासी समूदायका लागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो, चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उद्गम बिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ, आदिवासी दिवसको सबैलाई दायित्वबोध होस् ।
साभारः हाम्रो पात्रो
लेखक – सुयोग ढकाल