Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

विश्व आदिवासी दिवस

विश्व आदिवासी दिवस

विश्व आदिवासी दिवस

आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि वसोवास गरिरहेका र त्यस भुमीको माटोलाई खनिखोस्रीगरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।

हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइदै छ । मानव सभ्यताको विकाससंगै अनि क्रमिक बसार्इ-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, वसाई र अन्य तवरले हावी हुँदै आएका छन् ।

संयूक्त राष्ट्रसंघको आदिवासी समुदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो सस्कृती, भाषा, रितीरिवाज र चलन अनुरुप सुहाउदो शैक्षिक प्रणाली र संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानव अधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ, आफ्नो पहिचान र थलोकालागि पुस्तोदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पौठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।

वहु-जाती वहु-धर्म र वहु-संस्कृती भएको हाम्रो देश नेपालमा पनि विभिन्न प्रकारका आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकता भुल्दै गएको , नयाँ पुस्ताले पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको पाइन्छ ।

आदिवासी समूदायका लागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो, चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उद्गम बिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ, आदिवासी दिवसको सबैलाई दायित्वबोध होस् ।

 

 

साभारः हाम्रो पात्रो

लेखक – सुयोग ढकाल

 

Related Post