वैदिकधर्म अनुसार गाईको मासु खाने प्रमाण मिल्छ

गाईको मासु

वैदिक धर्मग्रन्थमा गाईको मासु खाने प्रमाण मिल्छ

भारतीय संविधानका प्रमुख निर्माताहरुमध्येबाट एक हुन् डाक्टर बी.आर. अंबेडकर । उनी हिन्दू धर्मका प्रख्यात अनुसन्धानकरर्ता पनि थिए डाक्टर बी.आर. अंबेडकरले हिन्दुहरुले गाईको मासु खाने सम्बन्धमा एक लेख लेखेका थिए, ‘के हिन्दुहरुले कहिले गाईको मासु खाएका छैनन् ?’ यो लेख उनले लेखेको किताब, ‘अछूतः बाट उद्गृत गरिएको हो ।

दिल्ली विश्वविद्यालयमा राजनीति विज्ञानका प्रोफ़ेसर शम्सुल इस्लामले यस निबन्धलाई सम्पादित गरेर यसको केही हिस्सा बीबीसी हिन्दीलाई पाठकको लागि उपलब्ध गराएका थिए।

वहाँले यस लेखमा अम्बेडकर हिन्दुहरुको यो दावीलाई चुनौती दिंदै लेखेका थिए कि “के हिन्दुहरुले कहिले गाईको मासु खाएका थिएनन ? र गाईलाई हमेशा पवित्र मानेका थिए र त्यसलाई अघन्य (जसलाई मार्न सकिंदैन) भन्ने श्रेणीमा राखेका छन् र ? भन्ने सम्बन्धमा थियो।

अंबेडकरले प्राचीन कालमा हिन्दुहरुले गाईको मासु खाने गरेको प्रमाण हिन्दू र बौद्ध धर्मग्रन्थको किताबबाट प्रमाणित गरे।

उनको भनाई अनुसार “गाईलाई पवित्र मानिने हुनाले पहिले गाईको मासु खाने गरेका थिए. उनले हिन्दू धर्मशास्त्रका प्रख्यात विद्वान पिवी काणेको हवाला दिंदै भने, काणेले लेखेका थिए, यस्तो होइन कि वैदिक कालमा गाई पवित्र मान्दैनथे, तर त्यसको पवित्रताको कारण नै बाजसनेई संहितामा भनिएको थियो कि गाई खानु पर्छ” (मराठी धर्म शास्त्र विचार, पृष्ठ-180).

अंबेडकरले लेखेका छन्, “ऋगवेद कालका आर्यहरु खानको लागि गाईको हत्या गर्दथे, जुन स्वयं ऋगवेदबाट नै स्पष्ट हुन्छ”।

ऋगवेदमा (10. 86.14) मा लेखिएकोछः इन्द्र भन्दछन्, “मैले एक पटक पाँच सय भन्दा धेरै गोरु पकाए।

ऋगवेद (10. 91.14) भनिएको छः कि अग्निको लागि घोड़ा, गोरु, सांडे, बाँझो गाई र भेड़ाको बली दिने गरिन्छ ।

ऋगवेद (10. 72.6) मा छः गाईलाई तलवारले काटिन्थ्यो “।

‘अतिथि याने गाईको हत्यारा’

अंबेडकरले वैदिक ऋचाहरुको प्रमाण दिएका छन् जसमा बली दिनको लागि गाई र सांडेहरु काट्ने गरिन्थ्यो।

अंबेडकरले लेख्नु हुन्छ “तैत्रीय ब्राह्मणमा बताइएको कामयेष्टियहरुमा गोरू मात्र र गाईको बलिको उल्लेख छैन थप यो पनि बताएको छ कि कुन देवतालाई कस्तो  किसिमको गोरू या गाईको बलि दिनु पर्छ”।

वहाँ लेख्नु हुन्छ, “विष्णुको लागि बलि चढ़ाउनको लागि सानो बाछो,  इंद्रको लागि सिंग झुकेको र निधारमा चमक भएको सांडे, पुशनको लागि कालो गाई, रुद्रको लागि रातो गाई आदि.”

“तैत्रीय ब्राह्मणमा एक अर्को बलिको उल्लेख छ जसमा पंचस्रदीय-सेवा बताएको छ यसको सबैभन्दा महत्वपूर्ण तत्व हो, पांच सालको बिना सिंगवाला 17 छोटा बाछालाई बलिदान र जति सकिन्छ त्यति नै तीन बर्षको छोटो बाछोको बलि दिनुपर्छ”।

अंबेडकरले जुन वैदिक ग्रंथको उल्लेख गरेका थिए त्यस अनुसार मधुपर्क नामको एक व्यंजन यी व्यक्तिहरुलाई अवश्य दिनुपर्छ। – (1) ऋत्विज या बलि दिनेवाला ब्राह्मण (2) आचार्य-शिक्षक (3) दूल्हा (4) राजा (5) स्नातक र (6) पाहुनालाई वा खास कोही प्रिय व्यक्तिहरुलाई गाई काटेर मासु खान दिएर स्वागत गरिन्थ्यो।

मधुपर्कमा गाईको मासु खान दिएर अतिथीलाई स्वागत गरिन्थ्यो। गाईलाई काटेर पाहुनालाई खुवाउने हुनाले ‘गोघ्न’ भनिन्थ्यो, जसको अर्थ हुन्छ गाईको हत्यारा.”

अंबेडकरले लेख्नु भएको छ, “कुतादंत सुत्तबाट एक रेखाचित्र तयार गर्न सकिन्छ जसमा गौतम बुद्ध एक ब्राह्मण कुतादंतबाट जानवरलाई बलि न दिनलाई प्रार्थना गर्दथे”।

अंबेडकरले बौद्ध ग्रंथ संयुक्त निकाय (111. .1-9) को त्यस अंशको प्रमाण पनि दिनु भएको छ, जसमा कौशलका राजा पसेडीको यज्ञको वर्णन मिल्छ।

संयुक्त निकायमा लेखेको छ, “पांच सय सांडे, पांच सय बाछा र कयौं बाछीहरु, बाख्राहरु र भेडाहरुलाई बलिको लागि लिएर जाने गर्दथे।

अन्तमा अंबेडकर लेख्नु हुन्छ, “यस प्रमाणको आधारमा भन्न सकिंन्छ कि हिन्दू ब्राह्मण र गैर-ब्राह्मण दुबै गाईको मासु खाने गर्दथे”

वैदिक (सनातन) धर्म अनुसार मासु खान हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा मनूस्मृतिमा के भनिएको छ: मनू स्मृति अध्याय न : ५ श्लोक न: ३० मा लेखिएको छ। ईश्वरले केहि जनावरहरुलाई खानको लागि सृष्टि गरेका छन् भने केहि खुवाउनको लागि सृष्टि गरेका छन् । यदि तपाई त्यो जनावर खानु हुन्छ जुन ईश्वरले खानको लागि बनाउनु भएको भने तपाईले पाप गर्नु भएको छैन ।

मनू स्मृति अध्याय न : ५ श्लोक न: ३१ यसमा लेखिएको छ यदि तपाई पुजाको लागि जनावरको हत्या गर्नु हुन्छ भने तपाईले पाप गर्नु भएको छैन l

मनू स्मृति अध्याय न : ५ श्लोक न: ३९ -४० यसमा लेखिएको छ ईश्वरले केहि जनवारलाई खान र खुवाउन सृष्टि गरेका छन् यदि तपाई बलि चढाउनको लागि जनवारको हत्या गर्नु हुन्छ र त्यसलाई खानु हुन्छ भने तपाईले पाप गर्नु भएको छैन।

यहि कुरालाई माहाभारतको अनुशासन पर्व अध्याय ८८ मा लेखिएको छ पाण्डबका जेष्ट पुत्र युधिष्टिर भिष्मपितामहसँग सोध्नुभयो, हामीले पुजामा के दिए या चढाए हाम्रो पुर्खाहरुलाई शान्ति मिल्छ खुशी र आराम मिल्छ ? भिष्मपितामहले भन्नु हुन्छ युधिष्टिरलाई यदि तिमी पुजामा सागसब्जी फलफुल दिनु हुन्छ या चढाउनु हुन्छ भने हाम्रो पितापुर्खाले १ महिना सम्मका लागि सन्तुष्टि पाउनेछन् l यदि तपाई माछा दिनुहुन्छ भने २ महिनासम्म, मासु दिनु हुन्छ भने ३ महिना, खरायोको मासु दिनु हुन्छ भने ४ महिनासम्म , बाख्राको मासु दिनु हुन्छ भने ५ महिनासम्म, सुँगुरको मासु दिनु हुन्छ भने ६ महिनासम्म, परेवाको मासु दिनुहुन्छ भने ७ महिना,  हरिणको मासु दिनुहुन्छ भने ८ महिनासम्म हाम्रो पितापुर्खा सन्तुष्ट र खुशी रहन्छन् । यसैगरी तपाई भैसीको मासु दिनुहुन्छ भने ११ महिना, यदि तपाई गाईको मासु पितृलाई चढाउनु हुन्छ भने पुरा एक वर्षसम्म हाम्रो पिता पुर्खा सदासर्बदा सन्तुष्टी र खुशी रहने छन्।, यदि तपाई गैडाको मासु दिनुहुन्छ भने हाम्रो पिता पुर्खा सदासर्बदा सन्तुष्टी र खुशी रहने छन्। यि कुरा माहाभारतको अनुशासन पर्व अध्याय ८८ मा भिष्मपितामहले युधिष्टिरलाई भनेका हुन् ।

कसरी आयो वैदिक या सनातन धर्ममा जीव हत्या अहिंसाको कुरा ???  जीव हत्या माहा पाप हो भन्ने कुरा ?? धेरै हिन्दुहरु अहिंसा तिर लम्किरहेका थिए अरु धर्महरुको देखा सिखीमा उदाहारणको लागि जैन धर्म । यस धर्म अनुसार हामीले जनावर खानु हुँदैन । यदि हामी उनीहरुलाई सोध्छौ किन खानु हुदैन ???  उनिहरु भन्छन् कुनै पनि जीव हत्या गर्नु हुदैन जीव हत्या महा पाप हो ।

यदि यो संसारमा बिना जीव हत्या गरेर कोहि मान्छे बाँच्न सक्छ भने त्यो नै संसारको पहिलो मानिस हुनेछ !!!

मानिसहरु सम्झन्छन् जनावर हत्या गर्नु या काटेर मासु खानु जीव हत्या हो !!! यो कुरा धेरै पहिलाका मानिसहरुले भन्ने गर्थे त्यो बेला जति बेला विज्ञानले विकास गरेको थिएन तर आज विज्ञानले धेरै विकास गरिसकेको छ र मानिसहरुले विज्ञानलाई मान्छन किनकि विज्ञानले प्रमाण दिन्छ आजको विज्ञानले भन्छ  सागसब्जी फलफुलका विरुवामा पनि प्राण हुन्छl यहाँ त्यो तर्क फेल भयो जसले भन्थे जीव हत्या पाप हो भनेर अब अहिले त्यस्ता मानिसहरुले उनीहरुको तर्क भनाईलाई परिवर्तन गरे र भने हामीलाई थाहा छ विरुवामा पनि प्राण हुन्छ तर उनीहरुलाई पीडा हुंदैन जस्तो जनावर हत्या गर्दा हुन्छ यो पहिलाको कुरा थियो आजको आधुनिक विज्ञानले हामीलाई प्रमाण दिई सकेको छ विरुवाहरुलाई पनि  पिडा हुन्छ, उनीहरुपनि हास्छन, बोल्छन् तर हामी मानिस जातिहरुले उनीहरुले चिच्याएको पिडा भएको सुन्न सक्तैनौ किनकि मानव जातिले २० देखि २०००० हर्ज प्रति सेकेन्ड मात्र सुन्न सक्छ यो भन्दा थोरै या यो भन्दा धेरै सुन्न सक्तैन । त्यसैले हामी मानिसहरु विरुवा सागपातहरुको चिच्याई, दुखाई, पीडा सुन्न सक्दैनौ अब यसको मतलब यो होइन कि उनीहरुको हत्या गरि दिऊ !!!!

अहिलेका आधुनिक मानिसहरुले फेरी अर्को तर्क दिईहेका छन् जनवारमा पाँच विवेक, चेतना हुन्छ भने विरुवामा तीन वटा मात्र हुन्छ त्यही भएर पाँच चेतना भएको भन्दा तीन चेतना भएकोलाई हत्या गर्दा या खाँदा कम पाप लाग्छ l जसले यि कुराहरु भन्छन् त्यस्ता मानिसहरुलाई तलको यो उदाहरण प्रस्तुत गर्दछु

उदाहरणको लागि तपाईको एउटा भाई छ उसमा दुई चेतना कम छ, उ सुन्न र बोल्न सक्तैन, अब उसको कुनै व्यक्तिले हत्या गर्यो र उसलाई कानूनले समातेर अदालतको कठघरा उभ्याएको छ अब उसलाई न्याधिशले हत्या गरे बापत दोषीलाई सजाय सुनाइ रहेको छ। के तपाई यो भन्नु हुन्छ ???  श्रीमान् मेरो भाईमा दुई चेतना कम थियो ऊ सुन्न र बोल्न सक्तैनथ्यो । हत्यारालाई सजाय कम दिनुहोस् ???? !!!!! बरू तपाई यो भन्न सक्नु हुन्छ श्रीमान हत्याराले एउटा अबोधको हत्या गरेको यसलाई दोब्बर सजाय दिनुहोस् । यहि कुरा सागसब्जीमा पनि लागु हुन्छ हैन र ?

मानिसले सास लिंदा पनि हजारौ जीवित प्राणीको हत्या गर्दछ पानी पीउँदा पनि त्यस भित्र भएका हजारौं जीवहरुको हत्या गर्दछ । अल्लाहले पवित्र कुरआनमा भन्नु भएको छ मैले जति पनि वस्तु, चीज-बीज बनाएको छु सबै मानवकै लागि हो । हे मानव जाति हो ! मैले सृष्टि गरेका यो ब्रह्माण्डमा जे जति चीजहरु छन् त्यसबाट धेरै भन्दा धेरै लाभ प्राप्त गर,  जुन कुरा मैले तिमीहरुलाई खान वैध गरेको त्यसलाई तिमी खाऊ त्यसबाट फाइदा लिनु ।

यो ब्रह्माण्ड त्यस्तो कुनै जीव जन्तु छैन जसले आफू बाँच्नका लागि अर्काको हत्या नगरेको होस् । किनकि बिना जीव हत्या मानिस बाँच्नै सक्दैन ।

प्रस्तुत लेख संकलन सन्दर्भ-

Source:-  http://cutt.us/PPm85

Source:-  “अछुत” पुस्तक, लेखक- भीमराव अंबेडकर

संकलनकर्ता- मुहम्मद इब्राहिम

इस्लाम प्रेजेन्टेशन कमिटी, कुवैत

Email- [email protected]

Related Post