संवैधानिक कानून कुरआनमा के छ त ? आफ्नो देशको शासक कस्तो हुनुपर्छ ? देशको शासक गतिलो भए के फाइदा हुन्छ ? देशको शासक किन ईशभय राख्ने खालको हुनुपर्छ ? यिनै विषयलाई समेटेर पवित्र कुरआनबाट केही आयतहरु तपाई पाठकहरुलाई जानकारी गराउने कोशिस गर्दछु ।
राजा या राष्ट्रपति देशको देशको पहिलो प्रमुख जिम्मेवार पद हो त्यसपछि प्रधानमन्त्री देशको दोश्रो प्रमुख पद हो । मुस्लिमहरुलाई आफ्नो नेता, अगुवा वा जिम्मेवार यस्तो व्यक्तिहरुलाई बनाउनुपर्छ, जुन उनीहरुमध्ये सबैभन्दा धेरै ईश भय राख्ने, धेरै शैक्षिक योग्यता तथा अनुभव राख्दछ । इसराईलका सन्तानहरुका मौलिक वा ठूला खराबीहरुमध्ये एउटा के थियो भने तिनीहरुले आफ्नो अवनतिकालमा अमानतहरु अर्थात दायित्वका पद, धार्मिक नेतृत्व तथा समाजको अधिकारको पद अयोग्य, अनुदार, दुराचारी, विश्वासघाती तथा दुष्कर्मी व्यक्तिहरुलाई दिने गर्थे । दुष्कर्मीहरुको नेतृत्वले गर्दा पूरा समाज विकृती र विध्वंसको शिकार भएको थियो । यहाँ आस्थावानहरुलाई त्यस्तो नगर्ने आदेश दिइएको छ । इसराईलीहरुको दोश्रो ठूलो खराबी के थियो भने तिनीहरुले न्यायलाई छोडिदिएका थिए र पूर्णरुपले हठधर्मी भइसकेका थिए । तसर्थ यहाँ आस्थावानहरुलाई अन्याय नगर्ने र हरेक अवस्थामा निसाफको कुरा गर्ने आदेश दिइएको छ ।
यस सम्बन्धमा पवित्र कुरआन सूरह अन निसा आयतः ५८ मा भनिएको छः (हे आज्ञाकारीहरु हो ! ) अल्लाहले तिमीहरुलाई ‘अमानत’ (नासो) हरु तिनका स्वामीलाई सुम्पने र मानिसहरुबीच फैसला गर्दा न्यायका साथ फैसला गर्ने आदेश दिन्छन्। अल्लाहले तिमीहरुलाई अति उत्तम उपदेश दिई राखेका छन् । निश्चय नै अल्लाह सर्व श्रोता एवं सर्वद्रष्टा हुन्। (सूरह अन निसा आयतः ५८)
फेरी अर्को ठाउँमा निसा पवित्र कुरआन सूरह अन आयतः ५९ मा भनिएको छः हे आस्थावानहरु हो आज्ञापालन गर अल्लाहको र आज्ञापालन गर ईशदूतको अनि तिमीहरुमध्ये अधिकार प्राप्त गरेकाहरुको । तिमीहरु अल्लाह एवं आखिरतमाथि ईमान राख्छौ भने तिमीहरुबीच कुनै विषयमा विवाद हुँदा अल्लाह एवं रसूलतर्फ प्रेषित गर । यही सही तरीका हो र यसैको परिणाम राम्रो हुनेछ । (सूरह अन निसा आयतः ५९)
यस सम्बन्धमा हदीसमा भनिएको छः अबू अब्दुल्लाह नोमान बिन बशीर (रज़ि) बाट बयान गरिएको हो, वहाँ भन्नुहुन्छ; मैले अल्लाहको रसूल (सल्ल.) ले भन्नुभएको सुनेको थिए; ‘निश्चित रुपमा जायज स्पष्ट छ र नाजायज पनि खुलस्त छ र यि दुई बीच शंका लाग्ने चीज हुन्छ जसलाई धेरैजसो मानिसले जान्दैन, जो कोही पनि यसबाट बच्ने कोशिस गर्दछ उसले आफ्नो धर्म पनि पवित्र गर्यो,र इज्जत पनि । तर जो व्यक्ति शंकाको चीजमा पर्छ यस्तो व्यक्ति त्यो चरुवा जस्तो हो जसले मनाही गरेको चरनको चारै तिर चराउँछ र हरेक समय यस्तो डराउँछ कि कुनै जनावर त्यसठाउँमा पसेर चर्ला भनेर। खबरदार ! हरेक राजाको एक हद तोकिएको सिमा हुन्छ र अल्लाहको हद अवैध चीज़ हो, याद गर ! शरीर भित्र मासुको एक डल्लो छ, जब त्यो ठीक रहन्छ, सारा शरीर ठीक रहन्छ र जब त्यो खराब हुन्छ त सारा शरीर खराब हुन्छ र त्यो हो हृदय (मुटु) । – (बुखारी, मुस्लिम)
अर्को ठाउँमा अल्लाहको आदेशको पालना गर्न जोड दिंदै हदीसमा भनिएको छः अबू सालबा खुशनी जुरसूम बिन नाशिर (रज़ियल्लाहु अन्हु) बाट बर्णन गरिएको हो। अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो; “अवश्य नै अल्लाह तआलाले फ़र्ज (अनिवार्य) लाई जरूरी ठहर्याउनु भएको छ, त त्यसलाई नछोड र केही सिमाहरुलाई तोकिएको छ, त तिमी त्यस भन्दा आगाडि न बढ । केही चीजहरुलाई उच्चता प्रदान गरेको छ, त तिमीहरु त्यसको प्रतिष्ठालाई न खोस र केही चीजको बारेमा वहाँ मौन रहनु भयो, त त्यो तिम्रो हकमा दयालुताको कारण हो, भूलेर होइन, त यस बारे तिमीहरु नकोट्याउनु ।” यो हदीस हसन हो । यसलाई दार कुत्नी र अन्यले बर्णन गरेका छन् ।
संकलनः मुहम्मद इब्राहिम खरेल
स्रोतः पवित्र कुरआन नेपाली भाषामा अनुवादित (इस्लामी संघ नेपाल)
हदीसः (चालिस हदीस नेपाली अनुवाद)
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


