यस भन्दा अघिल्लो पाठबाट थाहा भए अनुसार हामी वास्तविक सत्यबाट कोसौं टाढा गएको पुष्टि प्रमाणित हुन्छ र यस शिर्षकबाट अझ हामी कसरी वास्तविक सत्यताबाट टाढा गएका रहेछौं भन्ने बारेमा केही ठोस प्रमाणित व्याख्या हेर्नुहोस्। धर्मग्रन्थले दिएको शिक्षा विरुद्ध हिंड्नु के हाम्रो लागि लाभदायक होला त ? अवश्य पनि लाभदायक छैन। हाम्रो लागि जुन ईशदूतले ईश्वरीय सत्य ज्ञान लिएर हामी कहाँ आउँथ्यो हामी उसैको विरुद्ध उल्टा काम गरेर हिंडेकाछौं ।
जस्को अनुसरण गर्नु प्रकृति अनुकूल थियो तर हामी उसको शिक्षा विरुद्ध हिंडीरहेका छौं किन ? के वहाँ हाम्रो शत्रु हो र ? हामीसँग वहाँले पारिश्रमिक माग्नु हुन्छ र ? पक्कै माग्नु हुन्न, तर किन हामी वहाँको विपक्षमा लाग्छौं त ?
प्रिय मित्र! हामीले कुरआन तथा हिन्दु धार्मिक ग्रन्थलाई अध्ययन गर्दा यस परिणाममा पुग्यौ कि मात्र शब्दको भावलाई नसम्झिनुले हामी विभिन्न धर्ममा विभाजित भएका छौं। शब्दको भाव एक थियो तर त्यसको अर्थ अलग लगाई दिएको कारणले नै यस्तो भयो। वेदमा विभिन्न ठाउँमा यस्तो शब्दको पनि प्रयोग भएको छ, जसको अध्ययन गर्दा यस परिणाममा पुग्यौ कि मात्र शब्दमा फरक तथा भावलाई नसम्झिनुले नै हामी विभिन्न धर्ममा विभाजित भएका रहेछौं। जस्को अध्ययन गर्दा थाहा हुन्छ कि त्यसको वास्तविक अर्थ कुनै अर्को छ तर समाजमा कुनै दोश्रो अर्थमा प्रचलित भएको छ।
(१) अवतार- जसको अर्थ सन्देष्टा (रसूल) हुन्छ, तर सन्देष्टा (रसूल) को चमत्कारी शक्तिको वास्तविकतालाई नबुझ्नाले उनैलाई ईश्वरको अवतार मान्दछन्।
(२) पुनर्जन्म- यो संसार जहाँ हामी जीवन बिताई रहेकाछौं, यो परिणाम स्थल होइन तर परिक्षा स्थल हो। एक दिन महाप्रलय आउने छ, जुन दिन ईश्वरले सम्पूर्ण मानव, जीन्नलाई उसको कर्मानुसार उसलाई स्वर्ग र नर्कमा प्रवेश गराउने छ। स्वर्ग असल आचरणवालाको लागि तयार गरिएको छ भने नर्क पापीहरुको लागि तयार पारिएको छ। तर आज हिन्दु समाजमा पुनर्जन्मको आस्था प्रचलित छ जस अनुसार भनिएको छ कि मानिस आफ्नो कर्मानुसार फल पाउनको लागि यही वर्तमान लोकमा बारम्बार जन्म लिन्छ, जस्तै कहिले ऊ मनुष्यको योनिबाट मनुष्यको रुपमा जन्म हुन्छ त ? कहिले जनावर र किरा, फट्याङग्रा, रुख, विरुवा हुँदै ८४ लाख योनिमा जन्म हुन्छ र फेरि अन्तमा मनुष्य जुनिमा जन्म भएर मोक्ष प्राप्ति हुन्छ भन्ने मनगढन्त आस्था छ । तर “पुनर्जन्म” शब्दको यस आस्थालाई स्वयं वेदले खण्डन गर्छ । संस्कृत शब्दमा पुनः शब्दको अर्थ हुन्छ, दोश्रो पटक, तर बारम्बार होइन । यस आस्थाको खण्डन गर्दै डा.राधाकृष्णन भन्नुहुन्छ “ऋग्वेदमा पुनर्जन्मको चर्चा छैंन”। (उपनिषदको भूमिका पृष्ठ ४२) ।
डा. फरिद चौहान लेख्नु हुन्छ, “वेदमा पुनर्जन्म त अवश्य मिल्दछ तर मात्र एक जन्मको, चौरासी लाख जन्मको होइन।” (पुनर्जन्म र वेद पृष्ठ नं.९३)
श्री सत्यकाम विधालंकार लेख्नु हुन्छ “वेदमा आवगमनको सिद्धान्त छैन यसका लागि त म जुवा पनि खेल्न सक्छु”। (आवगमन पृष्ठ नं. १0४)।
यदि हामी ‘पुनर्जन्म’ लाई मान्छौ भने यसमा यो आशंका पाईन्छ कि कुनै एक महिला पहिलो जन्ममा उसको बहिनी, फेरि दोश्रो जन्ममा उसको आमा र तेश्रो जन्ममा उसकी पत्नी र चौथो जन्ममा उसकी छोरी भएर जन्म लिन सक्छिन् ? हामी यो पनि देखिरहेकाछौं कि पृथ्वीमा मानिस दिन प्रतिदिन अपराध, हत्या, हिंसा, बलात्कार, जस्ता अत्याचारमा ज्यादा भन्दा ज्यादा वृद्धि हुँदै गईरहेका छन्। जो पापकर्म भईरहेका छन् त्यसको लागि दण्ड स्वरुप मानव जन्म नभएर पशु, रुख, कुकुर, बिरालो यस्तै असंख्य निम्न स्तरको जीव जन्तुको रुपमा जन्म हुनु पर्दथ्यो, तपाईलाई यो तथ्यबाट यो कुराको पुष्टि हुन्छ कि मानवको मृत्यु पछि एक पटक नै जीवित गरिनेछ र फेरि उसको कर्मानुसार स्वर्ग र नर्क पठाईन्छ। वेदमा त्यसैलाई “पुनर्जन्म” को नाम दिएको छ र आवागमनको आस्थाको खण्डन पनि गरेको छ।
(३) रुख, बुट्यान, नाग, ढुंगा, पंक्षि र घर पालुवा चौपायको पूजाः- हिन्दू समाजमा वर, पिपल तुलसी, शालिकग्राम, गाई, गोरु, कुकुर, काग र नागको पूजा गर्दछन्। यि सबै मानवको उपभोगको लागि ईश्वरले सृष्ठि गरेका हुन्, जसबाट मानवले लाभ पाइरहेको छ। यदि कुनै पनि व्यक्ति धनी, गरिब हुनु र संकटमा फस्नु ईश्वरको उसमाथि कृपा र चेतावनी हो। त्यसैले हरेक कार्यको सफलता र असफलता मात्र उनै ईश्वरको इच्छानुसार हुन्छ भनेर दृढ निश्चय गरेर उनै ईश्वरमा आस्था राख्नु नै इस्लामी आस्था हो, तर रुख विरुवा, पशु, पंक्षि, पत्थर र नागलाई भगवानको आस्था राखेर पुजा गर्नु मूर्खता बाहेक अरु केही होइन।
यदि हामी आगमनको आस्थालाई मान्छौं भने यो प्रश्न उठ्द छ कि त्यो व्यक्ति पहिले के थियो ? जनावर वा मानव। यदि त्यो जनावरको रुपमा जन्म भयो त त्यो कुन दुष्कर्मको परिणाम थियो ? र यदि मानवको रुपमा जन्म भयो त जन्म हुनु भन्दा पहिले कुन त्यो राम्रो काम गरेको थियो कि उसले मानवको कोखमा पैदा भयो ?
(४) ‘श्मशान’ – संस्कृतमा एउटा शब्द “श्मशान” छ। श्मशान हाल त्यस ठाँऊलाई भन्दछन् जहाँ शव जलाउँछन्। तर यस शब्दले कुनै अर्को प्रमाण पुष्टि गर्छ। श्मशान वास्तवमा शव जलाउने ठाँऊ होइन तर शव दफ्नाउने ठाँउ हो। यास्कले आफ्नो पुस्तक “निरुक्त” मा श्मशान शब्दको अर्थ यसरी लेख्नु भएकोछः- “श्मशान शरीरलाई सुताईने ठाँऊ हो”। आचार्य क्षिति मोहन सेनले पनि आफ्नो पुस्तक “भारतीय संस्कृति” मा लेख्नुभएको छ कि श्मशानको जुन धातुगत अर्थ शवलाई दफन गर्ने (गाड्ने) ठाँऊ हो तर जलाउने ठाँऊ होईन। यस सम्बन्धमा डा.भोलानाथ तिवारीले आफ्नो पुस्तक ‘शब्दको जीवन’ पृष्ठ ३६ मा लेख्नु भएको छः- “श्मशान” शब्दले यो अर्थ बताउँछ कि पहिले हिन्दुहरु शव जलाऊँदैनथे, तर मुसलमान र ईसाईहरु जस्तै दफन गर्दथे। तर आजकल विद्वानहरु अर्को आधारबाट पनि यसै निष्कर्षमा पुगेकाछन् कि आर्यहरु पहिले शव दफ्नाउने गर्दथे । शव जलाउने काम उनिहरुले गैर आर्यबाट पछि अपनाएका हुन्।”
(६) दाहसंस्कारः- वेदमा पनि शवलाई दफन गर्ने प्रमाण मिल्छ। शव दफन गर्ने समयमा यो मन्त्र पढिन्छ-
इदमिद् वा उ नापरं दिवि पश्यसि ।
माता पुत्रं यथा सिचाभ्येनं भूम ऊर्णहि ।। (अथर्ववेद, १८/२/५०)
“हे मृत पुरुष। यही हो, अर्को छैन। जो धुलोकमा तिमी सूर्य देख्छौ। हे पृथ्वी। तिमी यस मृत पुरुषलाई चारैतिरबाट ढाक, जसरी आमाले छोरालाई आँचलमा ढाक्छिन्।”
(७) गोध्नः- यसको अर्थ हुन्छ ‘पाहुना’ । यो दुई शब्द ‘गो’ अर्थात् गाई र ‘ध्न’ अर्थात् मार्नुको संयोगबाट बनेको छ। पह्मचन्द्रकोशमा यसको अर्थ दिएको छ ‘गौर्हन्यते यस्यै’ अर्थात् गाई काटेर त्यसको मासुले पाहुनालाई स्वागत गरिन्छ। डा.भोला नाथ तिवारी गोध्न तथा अधन्यको सम्बन्धमा लेख्नु हुन्छ । “यि दुई शब्दमा बताइको कुराको आधारमा लाग्छ कि पहिलेका मानिस गाई खान्थे र विशेष रुपले पाहुना आउँदा उनको स्वागत गाईको मासुबाट गर्दथे भन्ने भनाई छ। यसै कारणबाट पाहुनाको स्वागतार्थ यो शब्द गोध्न भयो”। (शब्दको जीवन पृष्ठ ३३/३५)
(८) पुत्रः- यसको अर्थ ‘छोरा’ हुन्छ। यस शब्दलाई अनुसन्धान गर्दा यो थाह हुन्छ कि यो ‘पुत’ र ‘तर’ बाट बनेको छ। ‘पुत’ भनिन्छ नर्कलाई र ‘तर’ भनिन्छ रक्षकलाई। छोरालाई ‘पुत्र’ यसैले भनिन्छ कि आफ्नो बुबा, आमालाई नर्कबाट बचाउने साधन मान्दछन् । यस शब्दबाट यो थाहा हुन्छ कि नर्कबाट मुक्ति पाउने कस्तो चलन प्राचीनकालमा भारत र नेपालमा विद्यमान रहेछ र हाल पनि यसै आस्थालाई हिन्दु संस्कारमा मान्दछन् ।
(९) एक आशंकाः- हाम्रो पाठक वर्गमा यो प्रश्न उत्पन्न हुन सक्छ कि वेद र कुरआनको शिक्षामा यत्रो समान्ता हुँदा-हुँदै पनि हिन्दुधर्म उपर्युक्त तथ्यबाट टाढा किन ? यसको उत्तर यो हो कि वैदिक ज्ञानको शिक्षा सबै मानव समुदायसम्म नपुग्नु नै हो। केही संस्कृत विद्यालय र विश्व विद्यालय भएता पनि पर्याप्त रुपमा अधिराज्य भरमा नहुँदा सम्पूर्ण व्यक्तिले यो शिक्षा पाउन कठिन हुनु र यो ‘उषामार्ह’ भाषामा सम्बन्धित भएकोले यसलाई अनिवार्य राष्ट्रभाषामा नराखिएका कारण नै वैदिक शिक्षाबाट मानव समुदाय वञ्चित भै आफ्नो धर्मशास्त्रमा के लेखिएको छ भनेर थाहा पाउन नसक्नु मूर्ति पूजा हुनुको मुल कारण भन्दा अतिशोयुक्ति नहोला किनकि वेदमा लेखिएको मूर्तिपूजा नगर्नु भनेर । अब तपाई आफै स्वयं निर्णय लिन सक्नु हुन्छ, हामीले ईश्वरलाई पूजा गर्न मूर्ति पूजा गर्ने गर्दथ्यौ के त्यो सही रहेछ त ? फेरि वेदमा एक ईश्वरलाई प्रार्थना गर्न आदेश दिएको छ मूर्ति पूजा गर्न होइन तर मानवले अनेकौं ईश्वरलाई अनेकौं अलग-अलग शक्तिको रुपमा पूजा तथा उपासना गर्दछन्।
स्रोतः सत्यको खोज (किताबबाट)
अनुवादक- मुहम्मद इब्राहीम खरेल