इस्लाम नै सच्चा धर्म हो, सारा संसारको मुक्ति केवल इस्लाममा छ । इस्लामको अतिरिक्त जति पनि धर्म छ नर्कको मार्गमा लैजानेवाला छ, जन्नत (स्वर्ग) प्रवेशको लागि केवल एउटै मार्ग इस्लाम नै हो । इस्लामको यस्तो ठोस विश्वास जसमा उ कुनै किसिमको समझौताको लागि राजी हुँदैन, तर यसको अर्थ के यो हो कि इस्लाम आफ्नो नियम जबरजस्ती मानिस माथि थोपरिन्छ ? बिल्कुल होइन, यो धेरै ठूलो सन्देह छ, जुन इस्लामी नियमबाट अज्ञानताको कारण मानिसको मन मस्तिष्कमा पाइन्छ, याद राख इस्लाम एक यस्तो धर्म हो जुन प्रत्येक मानवतालाई मात्र एक अल्लाहबाट सीधा जोड्छ र हामी सबै एउटै माता पिताका सन्तान र भाई भाई हौ भन्ने प्रमाणित गर्छ, र यो भन्दछ- यदि कुनै इस्लामी देशमा विभिन्न धर्मलाई मान्नेवाला रहन्छन् भने इस्लाम अन्य धर्मका अनुयायीको साथ हरेक किसिमबाट नरम व्यवहार अपनाउनु पर्छ, सहिष्णुतामा विश्वास राख्नु पर्छ, मतलब यो हो कि अरुको धार्मिक विश्वास, भावना, र संस्कृतिको सम्मान गर्नु पर्छ, यसबाट सम्बन्धमा कुनै यस्तो काम नगर्नु र उनको भावनामा ठेस न पुर्याउनु।
इस्लाममा जबरजस्ती छैन: इस्लाम आफ्नो सिद्धान्त स्पष्ट तरीकाबाट प्रस्तुत गर्दछ। अल्लाह तआलाले भन्नु भयोः तपाई भनि दिनुहोस् सत्य तिम्रो पालनकर्ताको तर्फबाट हो, अब जसलाई मन लाग्छ स्वीकार गर र जसलाई मन लाग्दैन अस्वीकार गर। (सूरः कहफ़ 29 )
हरेक मानिसलाई यो अधिकार प्राप्त छ। उसले आफ्नो इच्छानुसार जुन विचारधारालाई चाहे अपनाउन सक्छ, तपाईको काम सत्य बयान गरी दिने हो, मान्नु न मान्नु उसको काम हो, सत्य सन्देश दिनु तर कोही सत्यलाई मान्दैन भने यो संसारमा यस आधारमा यस्ता मानिसको साथ नराम्रो ब्यबहार गरिंदैन। उसलाई मानव अधिकारबाट वञ्चित गर्न सकिंदैन। इस्लाम आफ्नो नियम अरुमाथि जबरजस्ती लाद्नलाई मनाही गर्दछ, अल्लाह तआला भन्नु हुन्छः इस्लाम धर्ममा कुनै ज़बरजस्ती छैन। (सूरः अल-बक़राः 256)
अर्को एक स्थानमा अल्लाहले भन्नु भएको छः “यदि तिम्रा रब (पालनकर्ता) ले चाहेको भए पृथ्वीमा बस्ने सबै मानिसहरुले ईमान ल्याउने थिए। अनि के तिमी मानिसहरुलाई आस्थावान बन्न बाध्य पार्छौ ?” (सूरः यूनुस 99)
राम्रो व्यवहार र परस्पर सम्बन्धः यति मात्र होइन इस्लामले ग़ैर मुसलमानको भावनाहरुलाई रेखदेख गरेको छ र उनीहरुलाई इस्लामी राज्यमा पूरा अधिकार दिएको छ । यहाँसम्मकी मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले यो भन्दा पनि अगाडी बढेर मक्का विजयको अवसरमा आफ्नो ज्यान लिन खोज्ने दुश्मनलाई पनि क्षमा गरेका छन् । यस्तो मामला के संसारका कुनै मानवको इतिहास यस्तो उदाहरण पेश गर्न असम्भव छ । कुरआनको शिक्षा त यस्तो छ कि -तिमी नराम्रोलाई राम्रोले टाढा गर, जो नराम्रो छ, तिमी देख्नेछौ कि तिम्रो दुश्मन घनिष्ट साथी बन्न थाल्छ। (सूरः अस्सज्दा: 34)
सामान्य मामलामा इस्लाम मुस्लिम र गैर मुस्लिमको बीच अन्तर गर्दैन, क़ुरआनमा अल्लाहले भन्नु भयो,- अल्लाह तिमीलाई यसबाट रोक्दैनन् तिमी ती व्यक्तिको साथ राम्रो व्यवहार गर र उनको साथ न्याय गर, जसले तिमीसँग धर्मको मामलामा युद्ध गरेको छैन र न तिमीलाई तिम्रो आफ्नो घरबाट निकालेको छैन। निस्संदेह अल्लाह न्याय गर्नेवालालाई मन पराउनु हुन्छ (सूरः अल-मुमतहिनाः 8)
प्यारो नबी सल्लल्लाहु अलैहि व सल्लम र वहाँको साथीहरुले व्यावहारिक रूपमा लागु गरेर देखाए, जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम हिजरत गरेर मदीना गए तब एक बर्षसम्म मक्काको काफिर अकालबाट पीड़ित भए, तब सल्लल्लाहु अलैहि व सल्लसले क़ुरैशका सरदार अबू सुफ़यान बिन हर्ब र सफवान बिन उमय्याको साथ पाँच सय दिरहम पठाए ताकि ती मक्काका जरूरतमन्द र गरिबमा वितरण गरुन। यहाँसम्मकी त्यस समय यी दुवै मुसलमानको विरोधमा अग्र स्थानमा थिए। स्वयं मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले ग़ैर-मुस्लिमहरुको दावत स्वीकार गर्नु भयो, ग़ैर-मुस्लिमहरुलाई पनि खाना खाना निमन्त्रणा गर्नु हुन्थ्यो, उनीहरुलाई आफ्नो अतिथी बनाउँथे, ग़ैर-मुस्लिमहरु बिमारी हुँदा भेट्न जान्थे । बद्र युद्धका ग़ैर-मुस्लिम कैदीहरु मध्ये जो साक्षर थिए उनलाई पढाउने लेखाउने काममा लगाउँथे, उनीहरुमाथि दुर्व्यवहार गर्दैनथे। त्यसै गरी अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले ग़ैर-मुस्लिमहरुको साथ व्यापार पनि गर्नु भएको थियो।
गैर मुस्लिमहरुको ज्यान, माल र इज्जतको सुरक्षा गर्छः इस्लामले ग़ैर-मुस्लिमहरुको ज्यान, माल र इज़्ज़तलाई त्यति नै महत्व दिएको छ जति मुसलमानहरुको ज्यान, माल र इज़्ज़तको दिएको छ। मदीनामा जब इस्लामको प्रथम राज्य स्थापित भयो तब मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले वहाँका गैर-मुस्लिमहरु विशेष रूपमा यहूदीहरुसँग सम्झौता गरे, उनको ज्यान, माल र सम्मानको सुरक्षाको ग्यारेन्टी दिनु भयो, उनीहरुलाई समान नागरिको व्यवहार गरे, उनलाई धार्मिक र राजनीतिक अधिकार दिए र यस्तो सम्झौता गरे कि मदीना शहरलाई दुवै पक्ष मिलेर दुश्मनहरुबाट रक्षा गर्ने। यसमा लगभग 52 बुँदाहरु थियो जुन मीसाको मदीनाको नामबाट प्रसिद्ध छ।
मुहम्मद सल्ल. ले भन्नुभयो- उनको रगत हाम्रो रगत समान र उनको माल हाम्रो माल समान हो। इस्लामको दृष्टिमा कुनै एक मानवको हत्या गर्नु सारा मानवताको हत्या गर्नु समान हो, चाहे उसको धर्म जुन सुकै होस्। (क़ुरआन 5: 32)
र इस्लामको अन्तिम संदेष्टा मुहम्मद जीले भन्नु भयो- जसले कुनै एक गैरमुस्लिमको हत्या गर्यो जो इस्लामी देशमा शान्तिको साथ रहन्थ्यो भने त्यसले महाप्रलयको दिन स्वर्गको सुगन्ध पनि पाउन सक्दैन। (सही बुख़ारी 3166)
यसबाट तपाईले अनुमान लगाउनु भयो होला इस्लाम धर्म मानवताको रक्षामा कति जोड दिन्छ ।
र इस्लाममा जिहादको अनुमति वास्तवमा फसाद र अत्याचारलाई समाप्त पार्नको लागि दिएको छ जसबाट समाजमा शान्ति सृजना हुन्छ र अपराध समाप्त हुन्छ। (क़ुरआन 22: 39)
गैर मुस्लिमहरुको सम्पत्ति पनि मुसलमानको सम्पत्ति समान हो, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो,- जो कसैले कुनै मुआहिद(त्यो गैर मुस्लिम जो इस्लामिक देशमा सम्झौताको साथ शान्ति पूर्वक बसोबास गर्छ) माथि अत्याचार गर्यो या उसको हक दिएन, या उसलाई उसको शक्ति भन्दा धेरै मुकल्लफ (कामको जिम्मेदारी) दियो, या उससँग उसको कुनै चीज़ उसको सहमति बिना लिन्छ भने म महाप्रलयको दिन उसको गवाही हुन्छु। (सुनन अबी दाऊद 3053)
त्यसप्रकार यदि कोही मुसलमान कुनै गैर-मुस्लिमको माल चोरी गर्छ भने यस स्थितिमा पनि उसको हात काटिने छ । (अल-मुग़नी 12/451)
त्यसैगरी ग़ैर मुस्लिमहरुको इज़्ज़तको त्यति नै महत्व छ जो मुसलमानको इज़्ज़तको छ, यसममा मुसलमान र गैर मुस्लिममा कुनै अन्तर गरिंदैन।
न्याय सबको लागिः न्यानको सम्बन्धमा इस्लाम मित्र तथा शत्रु, मुस्लिम र ग़ैर-मुस्लिममा अन्तर गरिंदैन। इस्लाम शत्रुको साथ पनि न्याय गर्न अनिवार्य ठहर्याउँछ, अल्लाहले भन्नु भयो “र कुनै जातिको शत्रुताले तिमीहरुलाई यति उत्तेजित नगरोस् कि तिमीहरु न्यायबाट विमुख होऊ । इन्साफ गर, यो ईशभक्तिको अनुकूल छ ।” ( सूरः अल-माइदाः8)
http://www.new-muslims.info/hin/%E0%A4%8%BF/sahishnoota-aor-islam/
लेखक- सफात आलम मुहम्मद जुबैर तैमी
अनुवादक- मुहम्मद ईब्राहीम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


