सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)
शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१) (हे मानव !) अत्यधिक चाहनाले तिमीहरुलाई भूलाइराखेको छ…
२) यहाँसम्म कि तिमीहरु चिहानसम्म पुग्छौ ।
३) कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।
४) अनि कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।
५) कदापि होइन, यदि तिमीहरुलाई विश्वासनीय ज्ञान भएको भए…
६) तिमीहरुले अवश्य नरक देख्नेछौ ।
७) तिमीहरु अवश्य देख्नेछौ वास्तविक नेत्रले ।
८) अनि त्यस दिन तिमीहरुलाई सुख-सामाग्रीबारे अवश्य सोधिनेछ ।
संक्षेप ब्याख्याः
1. “तकासुर” (अत्यधिक चाहना) अर्थात अत्यधिक धन-सम्पत्ति, सन्तान र साथी-भाई इत्यादिको चाहना।
2. चाँडैको अभिप्राय आखिरत पनि हुन सक्छ र मृत्यु पनि, किनभने यो कुरा मर्ने बित्तिकै मनुष्यमाथि प्रष्ट भैहाल्छ कि जुन काममा उसले आफ्नो सम्पूर्ण जीवन बिताएको थियो ती कार्यहरु उसकोलागि शुभ एवं सौभाग्यका साधन थिए वा दुष्परिणाम एवं दुर्भाग्यका साधन ?
3. यो प्रश्न अनुग्रह, उपहार, धन-सम्पत्ति, स्वास्थ्य, आँखा, कान, मुटु दिमाग, शान्ति तथा सन्तान मनुष्यले पाएको लगायत सबै किसिमका सुख सामाग्री बारेमा हुनेछ र जसले यी सामाग्रीहरुको प्रयोग ईश्वरीय निर्देशन अनुसार गरेको हुनेछ ऊ सफल हुनेछ र जसले यी वस्तु तथा अनुग्रहको प्रयोग गलत तरिकाले गरेको हुनेछ ऊ असफल हुनेछ।
नोटः अल्लामा अबू हैयान (रह.) र शौकानी (रह.) भन्छन्- यो सूरह सम्पूर्ण टिप्पणीकारहरुको दृष्टिमा मक्की सूरह हो । केही टिप्पणीकारहरुले यसलाई मदनी पनि भनेकाछन् । तर यसको विषय र वर्णन शैली दुबैको दृष्टिबाट यो मक्काका आरम्भिक सूरहहरुमध्ये एउटा सूरह हो ।
स्रोतः नेपाली भाषामा अनुवादित
कुरआन मजीद
अनुवादक- मौलाना अलीउद्धीन अन्सारी फलाही
प्रकाशक- इस्लामी संघ- नेपाल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


