Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

सूरतुल-फलक-११३ (मक्का, आयतहरु-५)

सूरतुल-फलक

सूरतुल-फलक

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

सूरतुल-फलक

१  भनिदेऊ! म शरण पर्छु प्रातः कालका मालिकको ।

२  हरेक वस्तुको दुष्टताबाट (जोगिनको लागि) जुन उनले सृष्टि गरेका छन् ।

३  र, अन्धकारमय रात्रिको दुष्टताबाट(बच्न) जब त्यो फैलिन्छ ।

४  र, गाँठोमा झारफुक गर्नेहरुको दुष्टताबाट।

५  र, ईर्ष्यालुको दुष्टताबाट जब त्यो डाहा गर्छ ।

संक्षेपमा ब्याख्या

त्यस रब(ईशस्वर) को शरण पर्छु जो रातको अन्धकारलाई हटाएर प्रकाशमान बिहानी वा प्रातःकालको उदय गराउँछन्। बिहानी शब्द विशेषतः यस कारणले प्रयोग भएको छ की जुन रब अन्धाकार पछि विहानी ल्याउन सक्छन्।उनै रब डर भय तथा संकट पछि सुख शान्ति पनि दिनु हुन्छ।

अल्लाहले जे जति सृष्टी गरेका छन्, भलाईको उदेश्यबाट सृष्टी गरेका छन् । तर उनले अहिले पनि चाहेमा त्यसलाई दुश्टतामा परिणत गर्न सक्छन्। पानी वर्षा  गर्नु पनि यो संसारका लागि कृपा हो तर अल्लाहले चाहेमा यसलाई प्रकोपमा पनि परिणत गरिदिन्छन्। यसबाट के स्पष्ट हुन्छ भने कुनै पनि दुष्टता स्वयं आफ्नो अस्तित्व राख्दैन। अल्लाहले चाहेमा मात्र कुनै पनि चीजले हानी पुर्याउन सक्छ। यहाँ एक अल्लाहमा आस्था राख्नेहरुलाई सिकाइदैछ कि जुनसुकै संकटमा केवल अल्लाहको  सहयोग, शरण तथा सहारा खोज। बहुदेववादीहरु जस्तो नबन जो दुष्ट वस्तुलाई नै पुज्य ठान्छन्।

अन्धाकारमय रातको दुष्टताबाट बच्नको लागियस कारणले अल्लाहको शरण मागिएको छ की अधिकांश अपराधहरु तथा अत्यचारहरु रातमा नै हुन्छन् र कष्टदायक जनावरहरु पनि अधिकांश रातमा नै निस्किन्छन् ।

 

 

 

 

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

प्रस्तुतकर्ताः- मुहम्मद इब्राहीम खरेल

 

Related Post