New Muslims APP

पृथ्वीको पहिलो हत्या

पृथ्वीको पहिलो हत्या

पृथ्वीको पहिलो हत्या

अल्लाहले जब आदम अलैहिस्सलाम र हौव्वा अलैहिस्सलामलाई स्वर्गबाट धर्तीमा पठाए। तब उनै पति पत्नीबाट जन्मिएका पहिलो पुरुष काबील थियो भने पहिलो नारी इक़लीमा थिइन। फेरी दोश्रो गर्भमा हाबील र ल्यूज़ा जन्मेकी थिइन । त्यस बेला अरु कोही वंश, नाता, कुटुम्ब नभएको हुनाले तीनै आमा बुबाको सन्तानलाई जोडा फुटाएर निकाह (विवाह) गर्ने चलन थियो । जस्तैः  निकाहमा पहिलो गर्भको छोरासँग र दोश्रो गर्भकी छोरी बीच निकाह गर्ने चलन थियो। सोही अनुसार हज़रत आदम अलैहिस्सलामले क़ाबीलको निकाह (विवाह) ल्यूज़ासँग गर्न चाहे जुन हाबीलको साथ जन्मिएकी थिइन र हाबीलको निकाह (विवाह) इक़लीमासँग, जुन क़ाबीलसँग जुम्ल्याह जन्मिएकी थिइन । क़ाबील यस शर्तमा राज़ी भएनन् किनकि इक़लीमा धेरै सुन्दरी थिइन यसैले काबीलले आफुसँग जन्मिएकी इक़लीमासँग निकाह (विवाह) गर्छु भनेर जिद्दी गरे। हज़रत आदम अलैहिस्सलामले भन्नुभयो: काबिल इक़लीमा तेरो साथ जुम्ल्याह जन्मेकी हुन्, यसैले उ तेरो एउटै कोखकी बहिनी हो, उनको साथ तेरो निकाह (विवाह) गर्न हलाल (जायज) हुँदैन । काबीलले भन्यो- यो त तपाईको राय हो. अल्लाहले यो हुकुम दिएको छैनन् । आदम अलैहिस्सलामले भने- तिमी दुबैजना अल्लाहको लागि क़ुर्बानी पेश जसको क़ुर्बानी अल्लाहबाट क़ुबूल हुन्छ, उही इक़लीमाको हक़दार हुन्छ।

त्यस जमानामा क़ुरबानी कबुल हुन्थ्यो, आकाशबाट एउटा आगो उत्रेर कुर्बानी स्वीकार गर्दथ्यो । क़ाबीलले एक बोरा गहूँ र हाबीलले एउटा बोका क़ुर्बानीको लागि पेश गरे. आकाशबाट अवतरित आगोले हाबीलको क़ुर्बानीलाई स्वीकार गर्यो र क़ाबीलको क़ुर्बानीलाई स्वीकार गरेन। यसैले क़ाबीलको हृदयमा धेरै जलन र ईर्ष्या उत्पन्न भयो।

जब हज़रत आदम अलैहिस्सलाम हजको लागि मक्का गएका थिए त्यो बेला क़ाबीलले हाबीलसँग भन्यो, म तेरो हत्या गर्छु। हाबीलले भन्यो किन ? काबीलले भन्यो, तेरो क़ुर्बानी स्वीकार भयो, मेरो भएन यसैले तँ इक़लीमाको हक़दार भइस् यसमा मलाई दुःख लागेको छ।

हाबीलले भन्यो- क़ुर्बानी स्वीकार गर्नु अल्लाहको काम हो । अल्लाहले धर्मात्मा व्यक्तिहरुको मात्र क़ुर्बानी स्वीकृत गर्दछन्  । तँ धर्मात्मा व्यक्ति भएको भए तेरो नै कुर्बानी स्वीकार हुनेथियो । यो स्वयं तेरो कर्मको फल हो, यसमा मेरो के गल्ती छ । तब काबीलले तरबार निकालेर हाबीलको हत्या गरिदियो । यो नै संसारको पहिलो हत्या थियो । क़ाबीलले आफ्नो भाईको लाश काँधमा बोकेर हिड्न थाल्यो, उसलाई यति  ज्ञान भएन आफुले हत्या गरेको भाईको शवलाई के गर्ने ? फेरी अल्लाहले काबीललाई शिक्षा दिन दुईवटा काग पठाए, जसले एक आपसमा झगडा गरेर एउटाले अर्कोलाई मारिदियो। अनी जसले मार्यो उसले आफ्नो मरेको त्यो काग साथीलाई जमीनमा खोस्रेर त्यहाँ (दफन) गर्यो ।  

पवित्र कुरआनमा भनिएको छ- अनि अल्लाहले त्यहाँ एउटा काग पठाए जसले उनलाई आफ्नो भाईको शव कसरी लुकाउने भन्ने कुरा देखाउन जमीनमा खोस्रन थाल्यो। उसले भन्यो- धिक्कार छ आफैलाई ! म यो काग जस्तो पनि बन्न सकिन कि आफ्नो भाईको शवलाई छोप्न सकु ?” (सूरः अल-माइदाः 31)

जानवरहरु र चराहरुमा कागलाई विशेषज्ञ भन्न सकिन्छ किनकि अन्य जानवरहरु र पक्षीहरुको बीच काग नै यस्तो पक्षी हो जसले आफ्नो मृतकलाई सम्मान स्वरुप उसलाई दफन गर्यो । चराहरुमा यो बिल्कुल घटिया मान्ने गर्दछन् । त्यसैले अल्लाहले काग जस्तो घटिया चरालाई क़ाबील जस्तो हत्यारा र घमण्डीलाई शिक्षक बनाए। यस घटनाबाट यो पनि थाहा भयो कि मुर्दालाई भूमिमा दफ़न गर्नुपर्ने रहेछ । यो नियम वैज्ञानिक तथा बुद्धिसंगत हो। दफन गर्दा मृतकको सम्मान हुन्छ साथै जलवायु र वातावरण पनि प्रदूषित हुँदैन जसरी शवलाई जलाउँदा निस्केको गन्ध र धुवाँले बाहिरी वातावरण बिग्रिन्छ। यसको फाइदा थाहा पाएर हाल मुसलमान बाहेक र्इसार्इ, यहूदी, बुद्धिष्ट र केही हिन्दुहरुले पनि शव दफन गर्न थालेका छन्। 

क़ुरआनमा वर्णित पूर्ण घटनाः 

وَاتْلُ عَلَيْهِمْ نَبَأَ ابْنَيْ آدَمَ بِالْحَقِّ إِذْ قَرَّبَا قُرْبَانًا فَتُقُبِّلَ مِنْ أَحَدِهِمَا وَلَمْ يُتَقَبَّلْ مِنَ الْآخَرِ قَالَ لَأَقْتُلَنَّكَ ۖقَالَ إِنَّمَا يَتَقَبَّلُ اللَّـهُ مِنَ الْمُتَّقِينَ ﴿٢٧﴾ لَئِن بَسَطتَ إِلَيَّ يَدَكَ لِتَقْتُلَنِي مَا أَنَا بِبَاسِطٍ يَدِيَ إِلَيْكَ لِأَقْتُلَكَ ۖ إِنِّي أَخَافُ اللَّـهَ رَبَّ الْعَالَمِينَ ﴿٢٨﴾ إِنِّي أُرِيدُ أَن تَبُوءَ بِإِثْمِي وَإِثْمِكَ فَتَكُونَ مِنْ أَصْحَابِ النَّارِ ۚ وَذَٰلِكَ جَزَاءُ الظَّالِمِينَ ﴿٢٩﴾ فَطَوَّعَتْ لَهُ نَفْسُهُ قَتْلَ أَخِيهِ فَقَتَلَهُ فَأَصْبَحَ مِنَ الْخَاسِرِينَ ﴿٣٠﴾ فَبَعَثَ اللَّـهُ غُرَابًا يَبْحَثُ فِي الْأَرْضِ لِيُرِيَهُ كَيْفَ يُوَارِي سَوْءَةَ أَخِيهِ ۚ قَالَ يَا وَيْلَتَىٰ أَعَجَزْتُ أَنْ أَكُونَ مِثْلَ هَـٰذَا الْغُرَابِ فَأُوَارِيَ سَوْءَةَ أَخِي ۖ فَأَصْبَحَ مِنَ النَّادِمِينَ 

हे मुहम्मद ! तिनीहरुलाई आदमका दुई जना छोराहरुको कथा सही सही सुनाइदेऊ । जब दुवैले कुरबानी पेश गरे, तब दुई मध्ये एकको क़ुरबानी स्वीकृत भयो र अर्कोको अस्वीकृत। (काबीलले हाबीललाई) भन्यो, “म तिम्रो हत्या अवश्य गर्नेछु।” उनले भने, “अल्लाह धर्मपरायणहरुको मात्र (क़ुरबानी) स्वीकृत गर्दछन् है, जो डर मान्नेवाला छन्। (27) 

“यदि तिमीले मेरो हत्या गर्नकोलागि हात उठायौ भने म तिम्रो हत्याको लागि हात उठाउँदिन । म त अल्लाहसँग डराउँछु, जो सारा संसारका पालनकर्ता हुन् (सूरः अल-माइदाः28) 

“म यो चाहन्छु कि मेरो पाप र आफ्नो पाप दुबै तिमीले नै लिएर जाऊ र नरकवासीहरुमा सामेल होऊ । अत्याचारीहरुको यही सजायाँ हो।” (सूरः अल-माइदाः29) 

अन्ततः उसको मनले उसलाई आफ्नो भाईको हत्या गर्न उस्कायो, र उसले उसको हत्या गरिदियो । अतः उ नोक्सान बेहोर्नेहरुमा सामेल भयो । (सूरः अल-माइदाः30) 

अनि अल्लाहले त्यहाँ एउटा काग पठाए जसले उनलाई आफ्नो भाईको शव कसरी लुकाउने भन्ने कुरा देखाउन जमीनमा खोस्रन थाल्यो। उसले भन्यो- धिक्कार छ आफैलाई ! म यो काग जस्तो पनि बन्न सकिन कि आफ्नो भाईको शवलाई छोप्न सकु?” (सूरः अल-माइदाः 31)

यो सन्देशलाई बयान गर्नुको मुख्य उदेश्य हो ईर्श्याको कारण मानिस कसरी पाप गर्ने रहेछ भन्ने जानकारी होस् साथै रसूल सल्लल्लाहु अलैही वसल्लमसँग ईर्ष्या गर्नेवालालाई यो शिक्षा हासिल गर्ने मौक़ा मिलोस् ।

 

अनुवाद- मुहम्मद इब्राहीम

 

 

Related Post