हदीस नं. १३ अबू हमज़ा अनस बिन मालिक (रज़ियल्लाहु अन्हु) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) का सेवकले बयान गर्नु भएको हो, उहाँले भन्नुभयो; “तिमीहरु मध्ये कोही पनि मोमिन (आस्थावान) हुन सक्दैनौ, जबसम्म ऊ आफ्नो लागि जुन चीज मन पराउँछ, त्यही चीज आफ्नो भाईको लागि मन पराउँदैन।” (बुखारी, मुस्लिम)
नोटः- प्रायः मानिसमा लोभले गर्दा एकले अर्को व्यक्तिको हत्या, हिंसा, लुट्ने, अपहरण गरी त्रसित बनाउने गर्छन्। तर जब मानिसमा आफुलाई जुन चीज मन पर्छ आफ्नो भाईको लागि पनि त्यही चीज मन पर्छ भन्ने ज्ञान उसलाई हुन्छ साथै अल्लाहको खुशीको लागि आफुसँग भएको त्यो चीज आफ्नो भाईलाई दिन किंञ्चित पनि पछि पर्दैन। धन-सम्पत्ति त संसारिक मोह मात्र हो र आखिरमा यो धन-सम्पत्ति आफ्नो साथ जाँदैन तर त्यो अल्लाहले दिएको धन-सम्पत्ति अल्लाहको मार्गमा लगायो भने हाम्रो साथ पुण्य अवश्य जान्छ। अल्लाहले जसलाई धन-सम्पत्ति दिएका छन् उसलाई कियामतको दिन प्रश्न सोधिने छ। अल्लाहले दिएको धन कहाँ खर्च गर्यौ भनेर सोधिने छ, यदि उसले अल्लाहको मार्गमा खर्च गरेको छ भने उसको लागि कियामतको दिन लाभ प्राप्त गर्ने छ, यदि उसले अल्लाहले दिएको सम्पत्ति मोज मस्ति र अल्लाहको चाहना विपरित चीजमा खर्च गरेको छ भने त्यही पैसाले उसको लागि सजाया दिलाउने माध्यम बन्छ। त्यसैले अत्यधिक धन-सम्पत्तिको लोभ लालच पनि गर्नु हुँदैन। अल्लाहको रसूलले भन्नु हुन्छ तिमी यो संसारमा यात्री जस्तो बन। यात्रीको साथमा के हुन्छ मात्र सिमित खाने कुरा हुन्छ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


