हदीस नं. ९ (अत्यधिक प्रश्न देखि निषेध)
अबू हुरैरह अब्दुर्रहमान बिन सख्र (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, वहाँ भन्नुहुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्दै सुनेको थिए:- “मैले तिमीहरुलाई जुन कार्यबाट रोकेको छु, त्यसबाट बच्नु, र जुन कुराको आज्ञा दिएको छु, त्यसलाई आफ्नो शक्तिले भ्याएसम्म गर्नु, किनकी तिमीभन्दा पहिलाको मानिसलाई उनको अत्याधिक प्रश्न गर्ने र सन्देष्टाहरुसँग मतभेद गर्नाले नै बर्बाद पारेको थियो, जुन उनीहरुले अफ्नो नबीहरुसँग गरेका थिए।” (बुखारी, मुस्लिम)
नोटः माथि उल्लेखित हदीसको बारेमा अर्को प्रमाण कुरआनबाट पनि दिनेछु कि किन अनावश्यक प्रश्न सोध्नु हुँदैन ।
पवित्र कुरआनः
र, स्मरण गर जब मुसा अलैहीस्सलामले आफ्ना मानिसहरुलाई भने- “अल्लाहले तिमीहरुलाई गाई वध (जबह) गर्ने आदेश दिन्छन्।” तिनीहरुले भने- “के तिमी हामीहरुसित ठट्टा गर्दैछौ ?” मूसाले भने- “म मूर्ख र अज्ञानीहरुको जस्तो कुरा गर्नबाट बच्न अल्लाहको शरण चाहन्छु।” (सूरह अल बक़र, आयत-67)
तिनीहरुले भने- तिमीले हाम्रो निमित्त आफ्नो पालनकर्तासित प्रार्थना गर कि उनले त्यो गाई कस्तो हुनुपर्छ भन्ने कुरा स्पष्ट पारून् । मूसाले भने अल्लाह भन्दछन् त्यो गाई न बुढो होस् न कलिलो बाछी बरु मध्य आयुको होस् । अतः तिमीहरु त्यही गर जसको आदेश दिइँदैछ । (सूरह अल बक़र, आयत-68)
तिनीहरुले भने- तिमी हाम्रो निमित्त आफ्ना पालनकर्तासित प्रार्थना गर कि उनले त्यस गाईको रंग कस्तो हुनुपर्छ भन्ने कुरा पनि हामीलाई बताई दिउन्।” उनले भने- “अल्लाह भन्दछन्- त्यो खाँट्टि पहेंलो होस् जसको रङ्गले हेर्नेहरुलाई प्रशन्न तुल्याओस्।” (सूरह अल बक़र, आयत-69)
तिनीहरुले भने- “हाम्रो निम्ति आफ्नो पालनकर्तासित त्यस गाईका के के विशेषताहरु हुनु पर्छ भन्ने कुरालाई स्पष्ट पारिदिनका लागि प्रार्थना गरिदेऊ किनभने हामीलाई सबै गाई उस्तै उस्तै लाग्छन् र अल्लाहले चाहेमा हामी त्यो गाई भेट्टाउन सक्नेछौं।” (सूरह अल बक़र, आयत-70)
उनले भने- “अल्लाह भन्दछन्- त्यो गाई न काममा लगाइएको होस्, न खेत जोत्ने र न खेतमा सिंचाई गर्ने काममा नै, सद्दे होस् र त्यसमा कुनै दाग नहोस्” । तिनीहरुले भने- “तिमीले बल्ल सत्य कुरो स्पष्ट पार्यौ” अन्ततः तिनीहरुले त्यसलाई वध गरे जबकि तिनीहरु यसो गर्ने मानसिकतामा थिएनन् । (सूरह अल बक़र, आयत-71)
त्यसै गरी मूसा अलैहिस्सलामले खिज्रसँग यसरी नै अत्यधिक प्रश्न गरेको हुनाले उनले आफु सित साथमा रहन नसक्ने कुरा बताएका थिए । यसबाट हामीले के कुरा बुझ्नु पर्छ भने कुनै मामलामा धेरै प्रश्न गर्नु हुँदैन, जति आदेश दिइएको छ त्यति मात्र गर्नु पर्छ, अन्यथा त्यसबाट आफैलाई कठिन मार्गमा धकेल्छ ।
स्रोतः तालिमुल इस्लाम
अनुवादकः मुहम्मद इब्राहीम खरेल
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


