Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

हदीस नं. ११ (सन्देह युक्त चीजलाई छोड)

Doubt

“जुन कुराहरुमा तिमीलाई सन्देह लाग्छ त्यसलाई छाडिदेऊ जबसम्म तिम्रो मनमा सन्देह हट्दैन।”

हदीस अबू मुहम्मद हसन बिन अली बिन अबी तालिब अल्लाहको सल्लल्लाहु अलैही वसल्लमको सुगन्धित फूल यानी धेरै प्यारो नाती) हसन (रज़ियल्लाहु अन्हुमा) ले बर्णन गर्नु भएको हो। वहाँले भन्नुभयो;  मैले रसूल (सल्लल्लाहु अलैही वसल्लम) बाट सुनेर याद गरेको छुः वहाँले भन्नु भयोः “जुन कुराहरुमा तिमीलाई सन्देह लाग्छ त्यसलाई छाडिदेऊ जबसम्म तिम्रो मनमा सन्देह हट्दैन।”

यसलाई तिर्मिज़ी र नसईले बर्णन गर्नु भएको हो र  तिर्मिज़ीले भन्नु भयो, यो हदीस  सही हसन हो ।

हसन (रज़ियल्लाहु अन्हु) अल्लाहको रसूल (सल्लल्लाहु अलैही व सल्लम) का नाती हुन । उनले यो हदीस रसूल (सल्लल्लाहु अलैही व सल्लम) द्वारा सुनेका हुन, रसूल सल्लल्लाहु अलैही व सल्लमले आफ्नो प्यारो नातीलाई सम्झाउँदै भन्नुभयोः जुन कुरामा तिमीलाई सन्देह लाग्छ त्यसलाई छाडिदेऊ जबसम्म तिम्रो मनमा सन्देह हट्दैन । जस्तैः यो हलाल हो या हराम हो भन्ने कुरा तिमीलाई शंका लाग्छ भने त्यसलाई छोडी दिनु, किनकी हराम पैसाबाट बनाएको खाना, लगाउन, प्रयोग गर्न हराम(अवैध) गरिएको छ, हराम कमाईबाट बनाएको भोजन, प्रयोग गर्ने साधन या लगाउने कपडा प्रयोग गरेमा उसको दुआ कबुल हुँदैन, अर्को हदीसमा भनिएको छः  हज़रत अबू हुरैरह (रज़ि) ले बर्णित हो, वहाँ भन्नुहुन्छ, नबी (सल्ल.) ले भन्नुभयो; अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र कुरालाई नै स्वीकार गर्नु हुन्छ । अल्लाहले आस्थावानहरुलाई त्यही हुकुम दिनु भएको छ जुन रसूलहरुलाई दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ; ए रसूल ! मैले प्रदान गरेको पवित्र रोजीरोटी खाऊ र उत्तम कर्म गर, र अल्लाह तआलाको भनाई छ; हे आस्थावानहरु हो ! हामीले प्रदान गरेका पवित्र खानेकुराहरु खाऊ, फेरि नबी (सल्ल.) ले एउटा यस्तो मानिसको बारेमा बताउनु भयो जो लामो यात्रा गर्छ, बिग्रेको कपाल र धुलोले पूरै जीउ भरिएर मैलो छ, त्यो मानिस आफ्नो दुबै हात माथि उठाउँदै भन्छ । हे पालनहार ! हे पालनहार ! जब कि उसको खाना अवैध छ, उसले लगाएको कपडा अवैध छ, अवैध चीजबाट उसको पालन पोषण भएकोछ, फेरी कसरी उसको प्रार्थना स्वीकार हुन्छ त ?  (मुस्लिम)

स्रोतः चालिस हदीस( नेपाली अनुवाद)

अनुवादकः मुहम्मद ईब्राहीम खरेल

Related Post