New Muslims APP

ईमानको अरकान (आस्था)  

ईमानको अरकान (आस्था)

ईमानको अरकान (आस्था)

ईमानको अरकान (आस्था)- मुस्लिम अल्लाह तआला र उनका रसूल (सन्देष्टा) मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि पूर्ण आस्था राख्छन् । यो आस्था नराखुन्जेल मुस्लिम हुन सक्दैन। अल्लाहले हाम्रो जीवन संविधानको निमित्त अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि 23 वर्षको अवधिमा कुर्आन (ईश् वाणी) अवतरण गरेको छ। वहाँले त्यसैलाई आफ्नो व्यवहार, प्रवचन र उपदेशले पूर्ण व्याख्या गर्नु भएको छ। जसलाई हदीस (दूतवाणी) भनिन्छ अथवा मुस्लिमले कुरआन र हदीस दुवै कुरामाथि पूर्ण ईमान र आस्था राख्नु वाजिब र अनिवार्य छ। कुरआन र हदीसले केही अदृश्य कुरालाई प्रमाणित गरेको छ त्यसमाथि ईमान र आस्था राख्नु एकदमै अनिवार्य छ। ती मध्ये 6 कुराहरु तल प्रस्तुत छन् जो अरकानुल ईमान (ईमानको स्तम्भ) संज्ञाले प्रसिद्ध छ। ती सबै कुरालाई अरबीको यस पंक्तिलाई (आमन्तु बिल्ला हि, व मला ए क तेही, व कुतुबेही, व रोसूलेहि, व बिल यौमिल आखिरे, व बिल कद्रे खैरेही व शर्रैही) मा जम्मा गरिएको छ अर्थात अल्लाह, उस्को देवदूत, ईश ग्रन्थ, सन्देष्टा, प्रलयको दिन र राम्रो नराम्रो भाग्यमाथि मैले आस्था राखेको छु।

1-ईमान बिल्लाः अथवा अल्लाहको अस्तित्वमाथि ईमान राख्नु। उ आकाशमा आफ्नो (अर्श) सिंहासनमाथि बिराजमान छन्। उ एक्लै संसारका सृष्टिकर्ता र मालिक हुन्। उ अजन्मा र हरेक कमी कमजोरीबाट पवित्र छ। उस्को शक्ति र महिमा अपार छ। उ त्यहीं देखि हाम्रा सबै क्रियाकलापलाई राम्रोसँग जान्नु हुन्छ। उ नै एक्लै पूजा योग्य छन् र उनको पूजा उपासनामा कोही भागेदार छैन। – अल्लाह नै हाम्रा सृष्टिकर्ता हुन् भन्ने कुनै प्रमाणको आवश्यकता छैन किनकि प्रत्येक मान्छे चाहे ऊ जुनसुकै धर्मसँग जोरिएको होस् प्रत्यक्ष वा अप्रत्यक्ष रुपले उपरवालालाई अवश्य स्वीकार गर्दछ।

2- ईमान बिल मलाइकः अथवा फरिश्ता (देवदूत) माथि ईमान र आस्था राखनु । अल्लाह तआलाले उनीहरुलाई (नूर) प्रकाशबाट रचना गरेका हुन। उनीहरुको संख्या धेरै छन्। अल्लाहले सबैलाई आफ्नो इबादत र हुकुम पालन गर्नको लागि सृष्टि गरेका हुन्।

तीमध्ये केही प्रसिद्धको नाम र कार्य प्रस्तुत छः

(क)  जिबरीलको काम- रसूलहरुमाथि ईशवाणी ल्याउनु हो।

(ख) मिकाईलको काम वर्षा वर्षाउनु हो।

(ग) इस्राफीलको काम कयामतको लागि सूर फुँक्नु हो।

(घ) मलकुल मौतको काम प्राण निकाल्नु हो।

3- ईमान बिलकुतुबः अल्लाहले हाम्रो सुमार्गको लागि दूतमाथि अवतरण गर्नु भएका समस्त आकाशीय किताब र ग्रन्थहरुमाथि विश्वास गर्नुलाई ईमान बिल कुतुब भनिन्छ। तीमध्ये 4 आकाशीय किताब प्रसिद्ध छन् र 2 वटा सुहुफ छन् । ति मध्ये  सुहुफः इब्राहीम अलै हिस्सलाममाथि अवतरित भएको थियो भने सुहुफः सन्देष्टा मूसा अलै हिस्सलाममाथि अवतरित भएको थियो। प्रमुख चार किताबहरुमध्ये निम्न प्रकारका छन्।

  • तौरातः मूसा अलैहिस्सलाममाथि अवतरित ग्रन्थ हो।
  • जबूरः दाऊद अलैहिस्सलाममाथि अवतरित ग्रन्थ हो।
  • इन्जीलः सन्देष्टा ईसा अलै हिस्सलाममाथि अवतरित ग्रन्थ।
  • -कुरआनः अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरित ग्रन्थ हो।

हामीले सबै आकाशीय ग्रन्थहरुमाथि ईमान ल्याउनु पर्छ तर कर्म वा कर्तव्य मात्र अन्तिम ग्रन्थ कुरआन बमोजिम नै गर्नुपर्छ किनभने कुरआनले अधिका सबै ग्रन्थ र विधि वधानलाई मनसूख अथवा रद्द गरेको छ। वेद र पूराणबारे कुरआन मौन छ यसैले ठुकुवाले भन्न सकिदैंन कि ती ग्रन्थहरु पनि आकाशीय र ईश्वरीय हो। यदि अकाशीय भए तैपनि ती ग्रन्थहरु कुरआनबाट निरर्थक भएको छ। जसरी हालको राजाको पालोमा अधिका संविधान लागु हुँन सक्दैन । मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पालोमा उक्त ग्रन्थ पनि चल्न सक्दैन।

4.ईमान बिर्रसूलः अथवा अल्लाहले हाम्रो मार्गदर्शनको निमित्त हरेक समुदाय र युगमा प्रशस्त रसूलहरु पठाएको छ भन्ने आस्था राखनुलाई ईमान बिर्रसूल भनिन्छ। पहिलो रसूल नूह सल्लल्लाहु अलैहि वसल्लम र अन्तिम रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम हुन्। ती सबैमाथि ईमान ल्याउनु पर्छ तर अमल वा कर्तव्य मात्र अन्तिम रसूलको धर्मशास्त्र कुरआन अनुसार नै गर्नुपर्छ। रसूलहरुको संख्या प्रशस्तै छ। जस मध्ये कुरआनमा मात्र 25 जना नबी तथा रसूलको नाम घोषणा गरेको छ ।

उहाँहरुको नाम तल प्रस्तुत गरिएको छः 1-आदम अलैहिस्सलाम 2-नूह अलैहिस्सलाम 3- दाऊद अलैहिस्सलाम 4-सुलेमान अलैहिस्सलाम 5-इब्राहीम अलै हिस्सलाम 6-इस्माईल अलैहिस्सलाम 7-इस्हाक अलैहिस्सलाम 8-याकुब अलैहिस्सलाम 9-यैयूब अलैहिस्सलाम 10-यूसूफ अलैहिस्सलाम 11- मूसा अलैहिस्सलाम 12-हारुन अलैहिस्सलाम 13- जकरिया अलैहिस्सलाम 14-यहया अलैहिस्सलाम 15- यसअ अलैहिस्सलाम 16- यूनुस अलैहिस्सलाम 17- लूत अलैहिस्सलाम 18- इद्रीस अलैहिस्सलाम 19-हूद अलैहिस्सलाम 20-सालेह अलैहिस्सलाम 21- शुयैब अलैहिस्सलाम 22- जुल किफल अलैहिस्सलाम 23- इल्यास अलैहिस्सलाम 24-इसा अलैहिस्सलाम 25- मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम तीमध्ये 5 रसूलहरु नूह अलैहिस्सलाम, इब्राहीम अलैहिस्सलाम, मूसा अलैहिस्सलाम,ईसा अलैहिस्सलाम र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई उलुल अजम अथवा सर्वश्रेष्ट भनिएको छ। सबै रसूलहरु मनूष्य र पुरुष जातका थिए। उनीहरु पनि हामी जस्तै खाना खान्थे, दिसा पिसाब गर्थे, उनीहरुका छोरा छोरी थिए उनीहरुमा अल्लाह र ईश्वरको कुनै विशेषता र गुण थिएन। यसैले पूजा चाहिं तिनीहरुको होइन बरु मात्र अल्लाहको नै गर्नुपर्छ।

5-ईमान बिलयौमिल आखिरः महाप्रलयको दिनमाथि विशवास गर्नु। यो आस्था राख्नु कि यो जीवन चाहिं सदैवको जीवन होईन बरु यो मात्र कर्म र कर्तव्यको जीवन हो। यस जीवन पछि एक अर्को अनन्त कालको जीवन हो जो सधैंको जीवन हुनेछ। एक न एक दिन सबैले मर्नु पर्नेछ अनि मृत्य पश्चात सबैले पूनः जीवित भएर अल्लाहको न्यायलयमा उभिनु पर्ने छ जहाँ कर्मको पूर्ण हिसाब किताब तथा लेखाजोखा हुनेछ र कर्म अनुसार नै स्वर्ग तथा नर्क प्राप्त हुनेछ। यदि मान्छेले सत्कर्म अथवा मात्र एउटै अल्लाहको इबादत र पूजा अर्चना गरेको छ र उहाँको पूजा उपासनामा कसैलाई भागेदार ठानेको छैन र उहाँबाहेक मिथ्या भगवानलाई नकारेको छ भने स्वर्ग प्राप्त हुन्छ नत्र नर्कमा जल्नु पर्छ जहाँ कष्ट नै कष्ट छ। त्यहाँ कसैको मृत्यु हुने छैन । नर्कमा पल-पल पीडा र कष्टमा बिताउनु पर्ने छ। अथवा स्वर्ग प्राप्तिको लागि एकै अल्लाहको पूजा एक दम अनिवार्य छ। अझ खुलस्तमा भन्ने हो भने इस्लाम न स्वीकार गरुन्जेल स्वर्ग मिल्न सक्दैन।

6- ईमान बिलकद्रः भाग्य चाहे राम्रो होस् या नराम्रो त्यसमाथि ईमान राख्नु पर्छ । जो भइरहेको छ, भएसकेको छ वा आइन्दा हुनेछ सबै कुराहरु अल्लाह राम्रोसँग जान्नु हुन्छ। त्यसैले उनले आफ्नो ज्ञानको प्रकाशमा सबै कुरालाई घट्नु भन्दा पहिले नै भाग्य र लौहे महफूज (सूरक्षित किताब) मा लेख्नु भएको छ। यहाँसम्म कि ईमान अवज्ञा, धर्म, अधर्म, दुःख सुख, जीवन मरन सबै कुरालाई भाग्यमा लेखिएको छ। कुनै पनि कार्य भाग्यको विपरीत कदापि हुन सक्दैन। तर भाग्यमा के लेखिएको छ भने हामीलाई थाहा छैन। अल्लाहले राम्रो र नराम्रो छुट्याउने शक्ति हामीलाई प्रदान गर्नुभएको छ यसर्थ हामीले सत्कर्म र सोझो बाटोमा हिंड्नु पर्ने छ अनि कुकर्म र गलत बाटोबाट टाढा बस्नु पर्ने छ।

 

लेखकः ज़ुल्फकार अली

बिराटनगर, नेपाल

 

 

Related Post