मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) का चमत्कारहरु

वहाँको सबैभन्दा ठूलो चमत्कार पवित्र कुरआन हो ।

वहाँको सबैभन्दा ठूलो चमत्कार पवित्र कुरआन हो ।

मानव पथभ्रष्टताको मुख्य कारण नबी तथा रसूलहरुको चमत्कारी शक्तिलाई देखेर उनलाई ईश्वरको अवतार मान्न थाले र उनको पूजा शुरु गरिदिए। तर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम मूर्ति पूजा गर्नु हुदैन भन्ने विचारका थिए। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमसँग पनि चमत्कारी शक्ति नभएको होइन तर उनले मात्र एउटै अल्लाहलाई पुज्नु भन्नु भएको थियो।

(१) पवित्र कुरआनः- वहाँको सबैभन्दा ठूलो चमत्कार पवित्र कुरआन हो किनकि यस्तो एक व्यक्ति जसलाई न पढ्न आउँछ, न लेख्न नै, न त वहाँको कुनै गुरू छन् तर पनि यस्तो अद्भूत वाँणी पेश गर्नुहुन्छ र चुनौती पनि दिनु भएको छ, “हामीले आफ्ना सेवकमाथि जे उतार्यौ, त्यसमा तिमीलाई यदि शंका छ र तिमी सत्यवादी भए यस्तै एउटै (सूरह) बनाएर देखाउ, र तिमीले अल्लाह बाहेकका आफूलाई मद्दत गर्नेहरुलाई बोलाई ल्याउ” (सूरह बक्र/आयत-२३)

         इतिहास साक्षि छ, अरबका विद्वान जसले आफ्नो भाषामा गर्व थियो, आफ्नो भाषाको अगाडि अरुलाई लाटो सम्झिन्थे, तापनि त्यस्तै एउटा सूरह पनि कसैले पेश गर्न सकेनन्। त्यसैले कुरआन आज पनि एक चुनौती बनेर रहेको छ। ईसाई विद्वान विलियम मयूरले भन्नु हुन्छ।

“संसारमा कुरआन बाहेक दोश्रो कुनै किताब छैन, जसको अवतरण कालदेखि हालसम्म कुनै एक अक्षरमा, विन्दुमा समेत फरक नभई सुरक्षित भएको होस्।”

अल्लाहको भनाई छ, “हामीले नै यो कुरआन अवतरित गरेका छौं र यसको रक्षा गर्नु हाम्रो नै जिम्मेवारी हो।” (सूरह हिज्र/आयत नं.९)

प्रिय मित्रहरु ! यस्तो स्पष्ट चमत्कारीको वावजुद पनि केही अरु पनि चमत्कारहरु छन् त्यो पनि हेर्नुहोस्।

(२) चन्द्रमा दुई टुक्रा हुनुः- मक्कावासीहरुले भने तपाई यदि पैगम्बर हुनुहुन्छ भने यो चन्द्रमालाई दुई टुक्रा पारेर देखाउनुहोस् भन्दा वहाँले भन्नु भयो म यो काम गर्न सक्दिन, यदि अल्लाहले चाहनु हुन्छ भने यसलाई दुई टुक्रा पार्न सक्नु हुन्छ  भनेर अल्लाहसँग प्रार्थना गर्दा चन्द्रमा दुई टुक्रा भएको थियो भन्ने त्यसबेलाका प्रत्यक्षदर्शीहरुको भनाई इतिहासबाट प्रमाण मिल्दछ । जसको उल्लेख पवित्र कुरआन र हदीसमा पनि गरेका छन् र धेरै बर्ष पछि वैज्ञानिकहरु चन्द्रमा पुगेर हेर्दा सत्य सावित रहेको प्रमाणित माने।

(३) औलाबाट पानी निस्कनुः- हुदैबीयाको सन्धिको अवसरमा औंलाबाट पानी निस्केको थियो र १४00 (चौध सय) जनाले उक्त पानीबाट प्यास मेटाए। यो प्रमाण १४00 (चौध सय) व्यक्तिको अगाडि भएको थियो भन्ने हदीसबाट प्रमाणित छ के तपाई यसलाई झूठो ठह-याउनु हुन्छ ? अब यी स्पष्ट प्रमाणहरु हुँदा हुँदै पनि इस्लाम धर्मले वहाँलाई सन्देशवहाकको रुपमा मात्र स्वीकार्छ, ईश्वरको रुपमा होईन। वहाँको न त यो हक नै थियो र न वहाँले कहिल्यै यस्तो कल्पना नै गर्नुभयो। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले आफूलाई मात्र एक मानवको रुपमा प्रस्तुत गर्नु भएको छ। आज यदि कोही मुस्लिम मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको पूजा गर्न लागे भने त्यो इस्लामको सिमाबाट बाहिरिन्छ। अल्लाहले वहाँलाई मानव समुदायहरुलाई यसो भन्नु भनेर आदेश दिनु भएको छ- तपाई भनि दिनुहोस कि म त तिमीहरु जस्तै एक मानव हुँ तर मतिर ईश्वरीय वाणी अवतरित गरिन्छ कि सबैको पूज्य एउटै हुनुहुन्छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आश राख्दछ, उसले असल कर्म गर्नु र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनाउनुहोस् ।(सूरः कहफ, ११०)

     यही त्यो गुण थियो जसले इसाई वैज्ञानिक डा. माईकल एच.हर्टलाई संसारका अति नै प्रभावशाली व्यक्तिहरु मध्ये हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई पहिलो स्थानमा राख्न विवश बनायो । उहाँले आफ्नो पुस्तक The 100, मा संसारमा प्रख्यात एक सयजना व्यक्तिहरु मध्ये हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई पहिलो स्थान दिनु भएको थियो । अब वहाँको भनाई जस्ताको त्यस्तै हेर्नुहोस्- “हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम इतिहासको एक मात्र  व्यक्ति हुनुहुन्थ्यो जो अन्तिम समयसम्म सफल हुनुभयो, धार्मिक स्तरमा पनि र सांसारिक स्तरमा पनि” (Dr Michael H.Hart The 100 , New York  1978)

Related Post