New Muslims APP

मूसा अलैहिस्सलामले फिरऔनलाई एक अल्लाहलाई मान्ने सन्देश दिए

मूसा (अ.) ले फिरऔनलाई एक अल्लाहलाई मान्ने सन्देश दिए

मूसा अलैहिस्सलामले फिरऔनलाई दिएको सन्देश नमान्दा अल्लाहको आजाब(सजाय)ले यस्तो हालत भयो ।

मूसा अलैहिस्सलामले फिरऔनलाई एक अल्लाहलाई मान्ने सन्देश दिए तर उनले उदण्ड र घमण्डले गर्दा अस्वीकार गरे फलस्वरुप अहिले यो हालत भयो ।

पवित्र कुरआनको सूरह युनुस आयत नं. 92 मा भनिएको छः- अनि आज हामीले तिम्रो शवलाई बचाउनेछौं ताकि तिमी आफूपछि आउनेहरुको लागि निशानी बन र निश्चय नै धेरै मानिसहरु हाम्रा निशानीहरुबाट विमुख छन् ।”  

निस्सन्देह हामीले मूसा (अ.) लाई आफ्ना निशानीहरू तथा खुल्ला प्रमाणका साथ पठाएका थियौं…। फिरऔनहामान तथा कारूनतर्फ। तर तिनीहरूले भने– “यो त जादूगर र अति नै झूठो रहेछ ।अनि जब उनी हाम्रोतर्फबाट तिनीहरूकहाँ नितान्त सत्य लिएर आए तब तिनीहरूले भने– “त्यसमाथि ईमान ल्याउनेहरूका छोराहरूको हत्या गरिदेऊ र छोरीहरूलाई जीवित छोडिदेऊ।” तर आस्था न राख्नेहरूको चलेखल असफल हुने नै थियो। र,फिरऔनले भन्यो– “मलाई छोडताकि म मूसालाई मारिदिउँ र बोलाओस् उसले आफ्ना पालनकर्तालाई। उसले तिमीहरूको धर्म परिवर्तन गरिदेला वा देशमा अशान्ति र विध्वंस मच्चाउला भन्ने मलाई आशंका छ ।

फिरऔन कै खानदान मध्येको एकजना आस्थावान व्यक्ति जसले आफ्नो ईमान गोप्य राखेको थियोउसले भन्यो– “के तिमीहरू यस्तो व्यक्तिको हत्या गर्न चाहन्छौ जसले मेरा पालनकर्ता अल्लाह हुन् भनेर भन्छन् र जसले तिमीहरूका पालनकर्ताको तर्फबाट निशानीहरू पनि ल्याएका छन् , यदि उनी झूठा हुन् भने उनको झूठले उनैलाई हानि पुर्याउनेछ। तरयदि उनी सच्चा हुन् भने उनले तिमीहरूसित वाचा गरेका कुनै न कुनै प्रकोप तिमीहरूमाथि आइलाग्नेछ । निस्सन्देह अल्लाह सीमाउल्लंघनकारी तथा मिथ्यावादीलाई मार्ग देखाउँदैनन्। हे मेरा जातिबन्धुहरू हो! आज तिमीहरूको शासन छर तिमीहरू धर्तीमा सत्तासीन छौ। तर यदि अल्लाहको प्रकोप हामीमाथि अवतीर्ण भयो भने कसले त्यसबाट हामीलाई जोगाउन सक्छ ?”

 फिरऔनले भन्यो– “म तिमीहरूलाई त्यही कुरा बताउँछु जुन कुरा म उचित ठान्छु। र,तिमीहरूलाई त्यही मार्ग देखाउँछु जुन सोझो छ।” त्यस इमानवालाले भने– “हे मेरा जातिबन्धु हो ! तिमीहरूमाथि पनि त्यही  प्रकोप)को दिन आउला कि भन्ने मलाई डर लाग्दछ जुन अन्य समुदायहरूमाथि आएको थियो..नूहको समुदायआदसमूद तथा तिनीहरूपछिका अन्य समुदायहरूमाथि। रअल्लाह त आफ्ना भक्तहरूमाथि कुनै प्रकारको अत्याचार गर्न चाहँदैनन्। रहे मेरा जातिबन्धु हो! म तिमीहरूकालागि एक अर्कालाई पुकार्ने दिनसँग तर्सन्छु। जुन दिन तिमीहरू पिठ्यूँ फर्काएर भाग्नेछौ । तिमीहरूलाई अल्लाहबाट बचाउने कोही हुने छैन। रअल्लाहले जसलाई पथभ्रष्ट पार्छन् उसको कोही मार्गदर्शक हुन सक्दैन।

यसअघि तिमीहरूसमक्ष यूसुफ निशानीहरू लिएर आएका थिए। तर तिमीहरूले त्यसमा शङ्का गरिरह्यौ जुन उनले लिएर आएका थिए। यहाँसम्म कि जब उनको मृत्यु भयो तब तिमीहरूले भन्यौ– “उनी पश्चात् अब अल्लाहले कुनै रसूल पठाउने नै छैनन् । यसरी अल्लाह त्यसलाई पथभ्रष्ट गर्छन् जो सीमा उल्लंघनकारी र शङ्कालु छन्….जो अल्लाहका आयतहरूको सम्बन्धमा तिनीहरूलाई प्राप्त कुनै प्रमाणबिना नै तर्कवितर्क गर्छन्। अल्लाह र आस्थावानहरूको दृष्टिमा यो त अति नै घृणित कार्य हो । यसरी नै अल्लाह हरेक घमण्डी र उद्दण्ड व्यक्तिको हृदयमा मोहर लगाइदिन्छन्।

मूसा (अ.) ले भने– हे मेरा जाति बन्धुहरू हो! तिमीहरू मेरो अनुसरण गर। म तिमीहरूलाइ सीधामार्ग देखाउनेछु । हे मेरा जातिबन्धुहरू हो ! यो सांसारिक जीवन त क्षणिक मोजमज्जा मात्र हो । रआखिरत अर्थात परलोक नै चिरस्थायी घर हो । जसले दुष्कर्म गर्छ त्यसलाई त्यति नै बदला दिइनेछ जति उसले दुष्कर्म गरेको हुन्छ। र,पुरुष वा स्त्री जो आस्थावान रहेको अवस्थामा सत्कर्म गर्छन् तिनीहरू नै स्वर्गमा प्रवेश गर्नेछन् र त्यसमा अनगिन्ती जीविका पाउनेछन् ।

हे मेरा जातिबन्धुहरु हो! यो कस्तो कुरा हो कि म तिमीहरूलाई मोक्षतर्फ आह्वान गर्छु तर तिमीहरू मलाई नरकतर्फ आह्वान गर्छौ तिमीहरूले मलाई अल्लाहको इन्कार गर्न र उनीसँग यस्तो चिजलाई साझेदार तुल्याउन आह्वान गर्छौ जसको मसँग ज्ञान नै छैन। रम चाहिँ तिमीहरूलाई प्रभुत्वशाली एवं परम क्षमाशील  अल्लाह) तर्फ बोलाइरहेको छु। वास्तवमा तिमी मलाई जसतर्फ बोलाउँदैछौ उसको त कुनै पुकार नै छैन न संसारमा र न परलोकमा नै। रनिश्चय नै हामी सबै अल्लाहकहाँ नै फर्केर जानुछ। रनिस्सन्देह सीमाउल्लंघनकारीहरू नै नरकबासी हुन्। मैले भनेको कुरा तिमीहरूले चाडै नै स्मरण गर्नेछौ र म आफ्नो मामिला अल्लाहलाई सुम्पन्छु। निस्सन्देह अल्लाह आफ्ना भक्तहरूमाथि दृष्टि राख्छन्।

फिरऔनले भन्छ– “हे हामान! मेरोलागि एउटा अग्लो भवन निर्माण गर ताकि म स्वर्गको छेउसम्म पुग्न सकूँ… ताकि मूसाका ईश्वरलाई हेरूँ। रवास्तवमा म मूसालाई त झुठो ठान्दछु । र,यसप्रकार फिरऔनको दृष्टिमा त्यसका कुकर्महरूलाई सुन्दर देखाइए। रऊ मार्गबाट रोकियो र फिरऔनका उपायहरू त खेर नै जाने थिए । फिरऔनको घमण्डले सिमा नाघेको थियो। अल्लाहले फिरऔनलाई सबक सिकाउन मूसा (अ.) लाई फिरऔन समक्ष रसूल बनाएर पठाउनु भयो। मूसा (अ.) ले फिरऔनलाई एक अल्लाहको पूजा गर्न अनुरोध गरे तब फिरऔनले घमण्ड गर्दै भने त कुन अल्लाहको पूजा गर्न भन्छस् म नै संसारको बादसाह हुँ। मेरो पूजा गर। जब मूसा (अ.) ले फिरऔनको कुरा इन्कार गरे तब फिरऔनले मूसा अलैहिस्सलामको हत्या गर्ने योजना बनाए। एक जना आस्थावान साथीले यो खबर मूसा (अ.) समक्ष पुर्यायो तब मूसा (अ.) आफ्ना आस्थावान साथिहरुलाई लिएर भागे । यो कुरा थाहा पाएर फिरऔनले सेनालाई उर्दी दिए मूसालाई पक्रनको लागि साथै स्वयं आफै पनि सेनाको साथ हिंडेका थिए। जब मूसा र साथिहरु नदीको किनारमा पुगे तब अगाडी समून्द्र छ पछि फिरऔनका सेना अब के गर्ने भनेर डराए तब मूसाले भने नडराउ अल्लाहले हामीलाई सुरक्षा गर्नु हुन्छ। तब मूसा (अ.) ले अल्लाहसँग दुआ गर्नु भयो तब अल्लाहले हुकुम दिनु भयो मूसा तिम्रो हातमा भएको लठ्ठी समून्द्रमा हान । तब मूसा (अ.) ले लठ्ठी समून्द्रमा हान्नु भएको थियो समून्द्र दुई तर्फ पाखा लाग्यो र बाटो बन्यो अनि उनीहरु त्यहाँबाट पारी तरे तर पछि-पछि आएका फिरऔन र उनका सेना समून्द्रमा डुबे।

त्यतिखेर फिरऔनलाई थाह भयो कि म भन्दा ठूलो अर्को शक्ति रहेछ भनेर अनि भन्यो हे मूसाको ईश्वर मलाई बचाउनु होस् तब अल्लाहबाट हुकुम भयो तलाई यो संसार रहेसम्म पछिका समूदायको लागि चिनारीको लागि राख्नु ताकि अरुले चेतावनी पाउन अल्लाहको आज्ञा उल्लंघन गरे के सजाय हुने रहेछ। त्यो लाश समून्द्रले पनि बाहिर फ्याक्यो । फेरी जमिनमा दफन गरेको थियो जमीनले पनि तीन पटक सम्म बाहिर फ्याक्यो । हाल छाला हाडमा टाँसिएको अवस्थामा पिरऔनको शव मिश्रको पिरामिडमा सुरक्षित छ।

तपाईको शुभ चिन्तक

जुल्फकार अली फलाही

Email: [email protected]

Related Post