New Muslims APP

अँध्यारोबाट उज्यालोतर्फ

नवाज अहमद ठाकुर

अँध्यारोबाट उज्यालोतर्फ

अँध्यारोबाट उज्यालोतर्फ

“धर्म” हुन त अढाई अक्षरको शब्द हो तर यसको वास्तविक परिचय र महत्वलाई कसैले पनि आफ्नो व्यक्तिगत ढंगले कोट्याउन सक्तैन। यसको परिचय र महत्वलाई त स्वयं यसको सृष्टिकर्ताले मात्र सम्झाउन सक्छन्। जसरी कुनै वस्तुको बारेमा विस्तृत ज्ञान त्यस वस्तुको सृष्टिकर्ताले मात्र दिन सक्छ अन्य कसैले सक्तैन। यही ज्ञानलाई हामीसम्म पुर्याउन हाम्रा सृष्टिकर्ताले विभिन्न संदेष्टालाई यस संसारमा पठाई उनीहरुमाथि विभिन्न ग्रन्थहरु अवतरित गरे। यस अवतरणको सिलसिलामा अन्तिम स्थान कुरआनले ओगटोको छ। कुरआन पछि अब कुनै ग्रन्थ अवतरण हुनेछैन भनेर हाम्रा पालनकर्ताले भनिसकेका छन्। अब प्रत्येक व्यक्तिको दायित्व हो संसारका सृष्टिकर्ताद्वारा अवतरित ग्रन्थहरुको सृष्टिकर्ताको तर्फबाट अवतरित जस्ताको त्यस्तै सुरक्षित अन्तिम धर्मग्रन्थ कुरआन मजीदको अध्ययन गरोस् र सत्य धर्म अपनाओस्।

मैले जे-जति पुस्तकहरु पढेर जानेको छु त्यसबाट तपाईहरु समक्ष छोटकरीमा आफ्ना शब्दहरुद्वारा केही यथार्थ र केही विकृति पस्कन जाँदैछु। अर्थात पालनकर्ताद्वारा अवतरित र मानिसहरुबाट ‘विकृति’ र यथार्थ अध्ययनमा  कमि-कमजोरीले गर्दा देखा परेको समश्या। मेरा यी कुराहरु तपाईले बुझिदिनुहुनेछ भन्ने मलाई आशा छ र यसलाई अरु समक्ष पनि पुर्याउनु हुनेछ भन्ने आशा छ।…..

हामीहरु मध्ये कोही हिन्दु धर्मालम्बी हौं भने कोही मुसलमान र कोही बौद्ध धर्मालम्बी हौं भने कोही इसाई। अरु पनि थुप्रै धर्महरु छन् तर तिनीहरुको चर्चा गर्न भने आवश्यकता छैन। यसो सोच्दा त सबै धर्म एक हो जस्तो लाग्छ। तर सत्यमार्ग त केवल एउटा मात्र हुन्छ। त्यसैले हाम्रो मन र मस्तिष्कले सबै कुरालाई मान्यता दिँदैन। जुनतर्क हामीलाई धार्मिक, सामाजिक, वैज्ञानिक र मानवताको दृष्टिकोणले उपयुक्त लाग्छ हामी त्यसैको पुच्छर समात्छौं।

हुन त म आफै पनि हिन्दुकुल (खान्दान) मा जन्मेको हुँ तर मलाई किन किन यसको सिद्धान्त र ईश्वरप्रतिको दृष्टिकोण भने कता-कता त्रुटीका सागरमा डुबाएर सबैलाई आफैतर्फ बोलाएझैं लाग्छ। हिन्दु धर्म अन्तर्गत धेरै जात-जातिहरु छन् जसको संख्य गन्न न त हामीसँग फुर्सद छ न त क्षमता नै। यस जात जातिमा एकले अर्कालाई ताना-तान गर्छन्। आश्चार्यको कुरा हो त के छ भने यसक सिद्धान्त र चालचलनले (१) कसैलाई हसाउँछ भने (२) कसैलाई फसाउँछ,

शुरुमा हामी पहिलो कुरा तर्फ जाऔं।

हिन्दु धर्मालम्बीहरु ईश्वरलाई त ईश्वर मान्दछन्, साथै सबै थोकलाई ईश्वर मान्छन् तर यसले वेदको विरोध गर्छ। हिन्दुको सबैभन्दा महानग्रन्थ वेदमा लेखिएको यो श्लोक हेर्नुहोस् “न तस्य प्रतिमा अस्ति यस्य नाम महदयश !” (यजुर्वेद ३२-३)

अर्थ- “जुन प्रभुको बडा प्रसिद्ध यश (किर्ती) छ, उहाँको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन।”

अर्थात उनको (ईश्वर) को कुनै मूर्ति छैन। तर वास्तवमा मूर्ति त यति छन् कि त्यसको गणना गर्न तालुमा आलु फलाउनु पर्छ । यो त धर्मको उलंघनको एउटा उदाहरण हो। यस्ता कयौं उदाहरणहरु हामी पाउन सक्छौं।

अब चलन बारे कुरा गरौं। मेरा पुर्वज देखिको एउटा चलन या भनौं मान्यता छ। मेरी बज्यै पनि यस मान्यतालाई मान्नुहुन्छ। हाम्रो चलनानुसार जुन ओच्छ्यानमा हामी सुत्छौं, त्यस ओच्छ्यानमा हामीले खानुहुन्न। एक दिन म ओच्छ्यानमा बसेर खाँदै थिएँ, मेरी बज्यैले भन्नुभयो- “अ म कदापि यस ओच्छ्यानमा बस्दिनँ। यो अपवित्र भयो। तैंले नियम र चलनको उल्लंघन गरिस्।” अब तपाई यस प्रश्नको उत्तर खोज्नुहोस् कि यदि मैले खाना खाएर त्यो पुरै ओच्छ्यान अपवित्र भयो भने यस धर्तिमा खाना खाएर के यो पुरै धर्ती अपवित्र भएन ॽ तपाईको उत्तर जे होस्। यदि तपाई हो भन्नु हुन्छ भने मेरी बज्यैले यस संसारलाई त्यागेर अरु संसारमा बस्नु पर्ने हो तर वहाँ अझ पनि यसै संसारमा हुनुहुन्छ र यदि तपाईको उत्तर होइन हो भने किन भन्ने प्रश्न उठ्छ ।(वैध) खाना आफैमा अपवित्र होइन भने ओच्छ्यानलाई कसरी अपवित्र पार्न सक्छ त्यो स्वयं आफु अपवित्र हुनु जरुरी छ।

अब जाऔं दोश्रो कुरातर्फ। मैले २०६९ सालको जेष्ठ महिनामा उद्घोष नामक समचारपत्रमा एउटा आश्चार्यजनक घटना पाएँ। धन्न त्यसको उल्लेख पहिलो पानामा भएको थिएन। त्यो घटना एउटा पंडितको थियो जसले औंसीको रातमा हलो चलाएको आरोपमा सबै गाउँलेहरुले कुटपिट गरेर मन्दिरबाट निकालिदिए र अर्को पंडितलाई मन्दिरको पुजारी बनाए। यसरी पहिलो पंडितले अन्यायको स्वाद चाख्नुपर्यो। के हलो चलाएर खेत जोत्नु पाप हो ॽ यदि पंडित र ब्रह्माणको लागि मात्र पाप हो भने यहाँ जात-पातको कुरा आउँछ, जुन इस्लाममा छैन।

यदि तपाई हिन्दु धर्ममा विश्वास गर्नु हुन्छ भने तपाईको कन्चटी तात्यो होला। तर मेरो उदेश्य यो होइन; म त मात्र यो बताउन चाहन्छु कि हिन्दु धर्मले गलत बाटोमा पाइला टेकीरहेको छ। यदि तपाई रिसाउनु भयो भने तपाईका कोशहरु नाश हुन्छन् त्यो पनि व्यर्थमा। वास्तविकता केही तितो हुन्छ त्यसैले तपाईलाई मेरो कुरा तितो लाग्यो होला। मेरो यसमा दोष छैन, यसमा सत्यको दोष छ।

इस्लाम धर्ममा एकेश्वरवादको धारणा रहेको छ। यस धर्मले वेदको पुष्टि गर्छ। यदि कोही मुसलमानलाई हामी सोध्यौं- “तपाईं कसलाई पुज्नु हुन्छ ?” हामी सबैभन्दा राम्रो उत्तर पाउन सक्छौं, त्यो हो “एक ईश्वर अल्लाहको” अर्को प्रश्न “अल्लाहको रुप कस्तो छ ॽ?” सबै भन्दा सजिलो र राम्रो उत्तर- “अल्लाहको रुप कस्तो छ ॽ” सबैभन्दा सजिलो र राम्रो उत्तर- “उनको रुप कसैलाई थाहा छैन।” जुन कुरा वेदले पनि भन्छ।

अल्लाहले करीब १ लाख २४ हजार संदेष्टाहरुलाई धर्तिमा पठाई उनीहरुमध्ये केही माथि ग्रन्थहरु अवतरित गरे। उनले अरु धर्म होइन बरु इस्लाम मात्रको आज्ञा दिएका छन्। सबै मुसलमानहरु ईशा अलैहिस्सलम, मूसा अलैहिस्सलम, इब्राहीम अलैहिस्सलम आदी संदेष्टामाथि ईमान (आस्था) ल्याउँछन्। यसकारण कि यी सबै ईशदूत थिए र इस्लाममा हरेक ईशदूतमाथि आस्था राख्नु अनिवार्य छ। यसर्थ इस्लाम पवित्र र विश्वास योग्य छ । कुरआनमा करिब ६००० आयातहरु छन् जसमध्ये १००० भन्दा बढि आयातहरु विज्ञानबारेमा छन्, त्यसैले इस्लाम वैज्ञानिक दृष्टिकोणले पनि भरपर्दौ  र अनुसरण योग्य मान्न सकिंन्छ किनकि यी विज्ञानबारेका आयातहरु प्रमाणित छन् ।

म हिन्दु थिएँ तर मलाई इस्लामको विचार र स्तम्भ राम्रो लाग्छ। त्यसैकारण मैले हिन्दु र मुस्लिम अर्थात जुनसुकै धर्म पढे पनि त्यसले हामीलाई कुरआन र अन्तिम संदेष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सम्म नै ल्याएर टुङ्ग्याउँछ। धेरै मानिसहरु इस्लामलाई नराम्रो भन्छन्। सत्य के हो भने तिनीहरु अध्ययन नै गर्दैनन्। उदाहरण स्वरुप हामी इस्लाम शब्दलाई लिन सक्छौं। इस्लाम शब्दको अर्थ हो “शान्ति” तर वर्तमान समयमा यसलाई यसको उल्टो तात्पर्य बनाइएको छ। तसर्थ म अल्लाहप्रति आभार प्रटक गर्न चाहन्छु जसले मलाई सत्यको बाटो अर्थात इस्लामको ढोका देखाउनु भयो। हाम्रो कर्तव्य यो हो कि हामी सत्य सबैलाई बताऔं जो यसबाट अनभिज्ञ छन्।

यो धर्म ग्रन्थलाई शुद्ध मनले पढेर मात्र वास्तविक सत्य थाहा पाउन सक्छ चाल चलनबाट होइन। मुसलमान विरुद्ध मेरो दाईले कुरा उठाउँदा मैले यो कुरा लेखेको हुँ ।

स्रोत- मधुर सन्देश मासिक, (जेष्ठ २०७०)

 

 

Related Post