Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

अलेना काटकोवाः मलाई हिजाबमा धेरै सुहाएको देख्छु

Alena Katkova

अलेना काटकोवाः म आफुलाई इस्लामिक पहिरन हिजाबमा धेरै सुहाएको देखिन्छु।

अलेना काटकोवाः (उनतीस वर्षीय) रूसको साइबेरियाकी हुन्, तर उनी न्यूजीलैंडमा कल सेन्टर अपरेटरको रूपमा काम गर्थिन। उनले आखिर किन इस्लाम धर्म स्वीकार गरिन जन्न चाहनु हुन्छ तपाई ? तल पढनुहोस्।
मेरो जन्म रूसमा भएको थियो। रूस जहां कोही धार्मिक माहौल थिएन। म सन् 2008 मा न्यूजीलैंड आएं। न्यूजीलैंड एक यस्तो देश हो जहां कयौं देशहरुका मानिसहरु रहन्छन्, जहां विभिन्न तरहको सभ्यताहरु र धर्म छ । जब मैले न्यूजीलैंडको अकलैंड यूनिवर्सिटी अफ टेक्नोलोजीमा पढाई शुरू गरे त वहां एकजना विद्यार्थीसँग भयो जो मुसलमान थिए। मैले उत्सुकता र जिज्ञासासाथ इस्लाम सम्बन्धी उसँग कयौं तरहको सवाल सोध्न शुरू गरें। उसँग सोधिएको प्रश्न र उत्तरको परिणामको नतीजा हो जो आज मैले इस्लाम स्वीकार गरेर मुसलमान बनेको छु । इस्लामले मेरो जिन्दगीलाई बिल्कुल नै बदली दियो। इस्लामले मलाई ईमानदार बनाई दियो र खासगरी मेरो व्यक्तित्वमा उत्तम मार्ग मिल्यो।  इस्लाम स्वीकार पहिले म साथिहरुसँग पार्टी-क्लबमा धेरै जान्थे, तर इस्लाम स्वीकार गरेपछि मैले यो सबै छोडी दिए।

मुसलमान बनेपछि जब मैले इस्लामी पहिरन हिजाब पहिरन शुरू गरें, मानिसहरुले मेरो साथ व्यवहारमा परिवर्तन गरे र जबकी हिजाब लगाउनु भन्दा पहिलेको तुलानामा अहिले धेरै इज्जत र सम्मान दिए । 

अलेना काटकोवा भन्छिन्, इस्लामको मुताबिक हामी मुस्लिम महिलाहरु गैर महर्म (जो सँग विवाह हुन सक्दैन) पुरुषसँग हात मिलाउन सक्दैनौ, न गला मिलाउन सक्छौ र न चुम्बन लिन सक्छौ, यहि कारणले गर्दा म यी सबै कार्यबाट जोगिन्छु। म कुनै पुरूषसँग भेटघाट हुँदा पनि भन्छु, तपाईसँग भेट हुँदा धेरै खुशी लाग्यो, तर हात मिलाउन माफी चाहन्छु मेरो धर्मसंस्कारले तपाईसँग हात मिलाउनको लागि मलाई अनुमति दिंदैन। मैले भनेको कुरा बुझ्छन् र मुस्कराउँन थाल्छन् । न्यूजीलैंड एक उदार मुल्क हो । वास्तवमा मलाई आफ्नो परिवारको तर्फबाट केही चुनौतीहरु पाए, मेरो सानी बहिनी अहिले पनि यो सम्झिन सकेकी छैनन् र न स्वीकार गर्छिन्, म मुसलमान बनेकी छु भनेर ।

अलेना काटकोवा अझ थप्छिन, रूसमा त मानिसहरु अहिले पनि मुसलमानलाई आतंकवादीको रूपमा नै ठान्छन् । खासगरी मीडियाहरुले मुसलमानहरुलाई यसै रूपमा प्रस्तुत गर्छन्। म इस्लामी पहिरन हिजाबमा आफुलाई धेरै सुहाएको महशुस गर्छु। म आफ्नो नोकरी बदल्नलाई सोचि रहेकी छु, किनकी म शिक्षकको योग्यता भएकी नारी हुँ र पहिले म शिक्षक बन्ने बारेमा नै सोच्ने गर्दथे।

Related Post