इस्लामको विशेषता तथा गुणहरु

इस्लामको विशेषता तथा गुणहरु

इस्लामको विशेषता तथा गुणहरु

इस्लामको विशेषता तथा गुणहरु

1.इस्लामले मदिरा (रक्सी) लाई हरेक प्रकारको पापको जन्मदाता भनिएको छ। अतः इस्लाममा केवल नैतिकताको आधारमा मदिरापान निषेध मात्र होइन वास्तवमा घोर दण्डनीय अपराध पनि हो। अर्थात् कोराको सजाय पनि छ। इस्लाममा रक्सी, ताड़ी, गाँजा, भांग, आदि सबै मादक पदार्थहरु निषेध (हराम) छ।

2. ज़कात अर्थात् अनिवार्य दान। यसको श्रेय केवल इस्लामलाई प्राप्त छ कि उनीहरुको पाँच आधारभूत कर्तव्यहरु मध्ये, कल्मा शहादतको गवाही, नमाज़, रोज़ा, हज (काबाको तीर्थ यात्रा), मध्ये एउटा मुख्य कर्तव्य जकात पनि हो। यस दानलाई प्राप्त गर्ने पात्र मध्ये निर्धन पनि हो र यस्तो कर्जदार पनि छ ‘जो कर्ज़ फिर्ता गर्न असमर्थ छ या त्यति धन पनि छैन कि कुनै कारोबार गर्न सक्ने। नियमित रूपबाट धनवानको धन मध्येबाट इस्लामले मूलतः निर्धनको अधिकार हो उनको लागि यो आवश्यक छैन कि उसले जकात लिनको लागि भिक्षुक बनेर धनवानको साथ जाओस्। यो शासनको कर्तव्य हो । शासकले धनवानहरुसँग जकात लिएर गरेर र उसको अधिकारीलाई दिनु) जहां शासक छैन त्यहाँ जकात कमेटीले यो कार्य गर्नुपर्छ (निर्धनलाई यस्तो आदर कुनै धर्ममा छैन)

3. इस्लाममा हरेक प्रकारको जुआ निषेध (हराम) छ।

4.ब्याजमा एक यस्तो व्यवहार छ जुन धनवानलाई र धनवान तथानिर्धनलाई अरु निर्धन बनाई दिन्छ। समाजलाई यस पतनबाट सुरक्षित राख्नको लागि कुनै धर्मले ब्याजको लेनदेनमा कुनै प्रकारको प्रतिबन्ध लगाएको छैन। इस्लाम नै यस्तो धर्म हो जसबाट ब्याजलाई वर्जित (हराम) ठहरायाको छ। ब्याजलाई निषेध घोषित गर्दै क़ुरआनमा बाकी ब्याजलाई छोडदिनु आज्ञा दिनु र न छोडनेमाथी अल्लाह र उसको पैग़म्बरसँग युद्धको धम्की दिएको छ। (क़ुरआन 2:279)

5. इस्लामलाई नै यो श्रेय पनि प्राप्त छ कि उसले धार्मिक रूपमा रिश्वत (घूस) लाई निषेध ठहराएको छ। (क़ुरआन 2:188)

हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले रिश्वत (घुष) दिने र लिनेवाला दुवैमाथि ईश्वरको धिक्कार दिनु भएको छ।

6. इस्लामले नै सबै भन्दा पहिला स्त्रिहरुलाई सम्पत्तिको अधिकार प्रदान गरेको थियो । उनलाई जस्तैः बुबा र पतीको मृत्यु भएमा उनले सम्पत्तीबाट इस्लामिक शरई नियम अनुसार) मृतकको सम्पत्तिबाट शरई नियममा तोकिए अनुसार हिस्सा स्त्रिहरुलाई दिइन्छ। इस्लाममा विधवाको लागि कुनै कठोर नियम बनाएको छैन। पतिको मृत्युको चार महीना दस दिन पछि उनले आफ्नो विवाह गर्न सक्छिन ।

7. इस्लामले नै अनिवार्य परिस्थितिमा स्त्रिहरुलाई पति त्याग्न पाउने (खुलह लिन पाउने) अधिकार प्रदान गरेको छ।

8. यो इस्लाम नै हो जसले कुनै स्त्रीको सतीत्व (चरित्र) माथि झुटो लान्छना लगाउनेवालालाई चारजना साक्षी (गवाह) उपस्थित गर्न अनिवार्य ठहर्याएको छ र यदि उसले चार साक्षी पेश गर्न सकेन भने उसलाई अस्सी कोर्राको सजाय नियुक्त गरेको छ।

9. इस्लाम नै हो जसमा नापतौलमा वैधानिक अपराधको साथै धार्मिक पाप पनि ठहर्याएको छ र बताएकोछ कि परलोक (क़यामत) मा पनि यसको हिसाब हुनेछ।

10. इस्लामले अनाथहरको सम्पत्तिहरणलाई धार्मिक पाप ठहर्याएको छ।

11. इस्लाम भन्दछ कि यदि तिमी ईश्वरसँग प्रेम गर्छौ भने उसको सृष्टिसँग प्रेम गर।

12. इस्लाम भन्दछ कि ईश्वर त्यस व्यक्तिसँग प्रेम गर्दछ जुन उसको भक्तको साथ धेरै भन्दा धेरै भलाई गर्दछ।

13. इस्लाम भन्दछ कि जो प्राणीहरुमाथि दया गर्दछ, ईश्वर त्यसमाथि दया गर्दछन्।

14. दया ईमानको निशानी हो। जसको हृदयमा दया छैन त्यो व्यक्तिसँग ईमान छैन।

15. कसैको ईमान पूर्ण हुन सक्दैन जबतक कि ऊ आफ्नो साथीलाई आफु समान सम्झिदैन।

16. इस्लामको अनुसार इस्लामी राज्य, कुफ़्र (अधर्म) लाई सहन गर्न सक्छ तर, अत्याचार र अन्यायलाई सहन सक्दैन।

17. इस्लाम भन्दछ कि जसको छिमेकी उसको अत्याचारबाट सुरक्षित छैन त्यसले ईमान ल्याएको छैन।

18. जो व्यक्तिले कुनै व्यक्तिको एक बित्ता भूमि पनि अनधिकार रूपसँग लिन्छ त्यो क़यामतको दिन सात तह तक पृथ्वीको भारी बोक्नु पर्नेछ।

19. इस्लाममा जो समन्ता र भाइचारा छ त्यो संसारको कुनै पनि धर्ममा छैन। जबकि हिन्दू धर्ममा तेली, मिजार, हरिजन, दमाई, विश्वकर्मा जातिलाई अछुत जाती भनेर अपमानित गरिन्छ। यो भावनाको विरूद्ध छ।

 

सन्दर्भः

इस्लाम एक स्वयं सिद्ध ईश्वरीय जीवन व्यवस्था”  लेखकः राजेन्द्र नारायण लाल

 

Related Post