एड्स बारेमा चर्चा गर्दा हामी सन् १९८८ डिसेम्बर १ तारिखको दिनलाई एउटा ठूलो अभियानको रूपमा लिन्छौं । त्यस दिन विश्वले पहिलो पटक विश्व एड्स दिवस मनायो। त्यस पश्चात यस अभियानमा सम्पूर्ण मूलुकहरुलाई समेट्न थालियो र हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने चलन सुरु भएको हो । एड्स एक प्रकारको यौनजन्य रोग हो । जुन एच आई भी (HIV Human Immunodeficiency Virus) जीवाणु को संक्रमणबाट लाग्ने गर्दछ । यस जीवाणुले विशेष गरी सेतो रक्तकोष (WBC) लाई नष्ट पार्दछ जस्को कारण मानव शरीरमा रोगप्रतिरोधात्मक शक्तिको कमि हुँदै जान्छ। रोगप्रतिरोधात्मक शक्ति यति कमजोर भएर जान्छ कि शरीरले HIV जीवाणुसंग लड्न सक्दैन र अन्त्यमा मानिसको मृत्यु हुन्छ। यो जीवाणु विशेष गरी यौन सम्पर्क रगतको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। संक्रामित व्यक्तिले लगाएको सुइ अरुलाई लगाउँदा पनि यो भाइरस अर्को व्यक्तिमा सर्दछ अथवा संक्रमित आमाले बच्चा जन्माउँदा वा स्तनपान गराएमा बच्चामा पनि यस जीवाणुबाट संक्रमित हुन जान्छ। सन् २०१४ को विश्व एड्स दिवसमा संक्रमित व्यक्तिहरुलाई साहस, सहयोग तथा प्रेरणा दिनका निमित्त नया संक्रमित व्यक्तिहरुको तुलनामा बढि संख्यामा मानिसहरु यस अभियानमा संलग्न भएका छन् । यसलाई सकारात्मक रुपमै हेर्नुपर्ला तर अर्को पक्षलाई हेर्यौ भने यसबाट राहतको साँस कदापि लिन सकिंदैन । किनभने सन् २०१४ मा कूल २१ लाख नयाँ संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिलेसम्म ५ करोड नाघिसकेको अनुमान छ ।
एड्स र मुस्लिम समाज
एड्स संक्रमित व्यक्तिहरुको तथ्याङ्कलाई तुलनात्मक रुपमा अध्ययन गर्दा मूस्लिम देश तथा समाजमा संक्रमित व्यक्तिहरुको संख्या कम छ । यस्तो किन भएको होला भन्ने कुरामा विचार गर्दा केहि यस्ता कारणहरु फेला पर्दछन् । एड्स रोग फैलिनुका दुई प्रमुख कारणहरु छन्: असुरक्षित तथा अवैध यौन सम्पर्क र संक्रमित व्यक्तिको रगत वा उसले प्रयोग गरेको सुई अरुले लगाउनु । यी दुवै कुराहरुवाट बच्न इस्लामले शक्त रूपमा आह्वान र सचेत गरेको छ र मुस्लिम समाजले यसलाई केहि हदसम्म पालना पनि गरेको छ जुन अरु समूदायको तुलनामा।
१) असुरक्षित र अवैध यौन सम्पर्क
कुरआनमा भनिएको छ: – “र व्यभिचारको नजिक पनि नजाऊ किनभने यो अति निर्लज्जपूर्ण कार्य तथा कुमार्ग हो ।” (कुरआन १७:३२)
इस्लामले वैवाहिक सम्बन्ध बाहिर यौन सम्पर्क राख्नु अवैध नै ठहर्याएको छ । व्यभिचार गर्नेहरुलाई सय कोर्रा अथवा ढुङ्गाले हिर्काएर मार्ने जस्तो कठोर सजाय तोकेको छ । यसले एड्स जस्तो प्राणघातक रोगलाई नियन्त्रण गर्न मद्दत गर्दछ । तर बढ्दो वेश्यावृतिले यस रोगलाई झन् उर्वरता प्रदान गरेको छ । मानवताले त पशुत्वलाई पनि पछाडि छोडेर स्वतन्त्रताको नाममा समलैंगिताको विगुल फुक्यो र त्यस विगुलले ईश्वरको प्रकोपलाई निमन्त्रणा दिन बेर लगाएन । मुहम्मद (स.) को भनाई छ,“जब–जब मानिसमा यौन विकृतीले स्थान पाउँछ, तिनीहरुमा संक्रामक तथा प्राणघातक रोगहरु फैलिन्छन् ।” (हदीस- इब्ने माजा)
यहि कारण हो कि अल्लाहका दुत मुहम्मद (स.) ले समलैगिंक सम्बन्ध राख्ने दुबैलाई मृत्युदण्ड दिने घोषणा गर्नुभयो किनभने उनीहरुले सम्पूर्ण मानव समाजलाई नै प्राणघातक रोगको शिकार बनाउने चेष्टा गरेका हुन्छन् ।
मुहम्मद (स.) को भनाई छ: “ “जो कसैले पनि लुत (अलै.) समूदायले गरेको कार्य (समलैगिंक सम्बन्ध) गर्दछ भने उसको हत्या गरिदेऊ ।” हदीसको सनद शर्त (हदीस- बुखारी )।”
लुत (अलै.) का समुदायका मानिसहरुले पनि समलैगिंक सम्बन्ध राख्न थालेका थिए जसका कारण अल्लाहले उनीहरुलाई अवज्ञाकारीको संज्ञा दिए र उनीहरुमाथि प्रकोपको रुपमा ढुंगाको वर्षा गरे ।
२) लागूपदार्थको दुर्व्यसन
प्रायः अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिसकिएको सुई पूनः प्रयोग गरिंदैन । तर लागूपदार्थ दुर्व्यसनमा फंसेकाहरु एउटै सुई प्रयोग गरी लागू औषध प्रयोग गर्ने गरेका हुन्छ जसकारण एकबाट अर्को व्यक्तिमा संक्रामक जीवाणुहरु फैलिने गर्दछ । इस्लामले कुनै पनि किसिमको लागू औषधलाई अवैध ठहर्याएको छ । “ “सबै किसिमका नशालु पदार्थहरु अवैध छन् ।” (हदीस- मुस्लिम )
यही कारणहरु होलान् मूस्लिम समूदाय एड्सका यी दुई प्रमुख कारणबाट बच्ने गर्दछन् र रोगको संक्रमणमा कम पर्दछन् । एकातर्फ अरबौं डलर खर्च गरेर एड्स् विरुद्ध अभियान चलाइन्छ भने अर्का तर्फ तिनै मानिसहरु एड्स जस्तो रोगहरु फैलाउनमा सघाउने गरेका छन् । केहि रिपोर्ट र प्रमाणहरुलाई विश्वास गर्ने हो भने HIV जीवाणु ल्याबमा तयार पारिएको जीवाणु (Genetically Engineered Virus) हो जसलाई अफ्रिकाका मानिसहरुमा हालिएको थियो । आफ्नो आर्थिक स्तर उकास्नको लागि उक्त भाइरसलाई जैविक हतियारको रुपमा प्रयोग गरेको विश्लेषण छ । त्यही पूँजीवादी साम्राज्यले चलखेल जारी राख्दै यौनलाई व्यापारिक रुप दिइरहेको छ । यौनको सहारा लिएर संसारलाई नै गुलाम बनाउने प्रयास जारी छ । एकातर्फ अश्लिल भिडियो (चलचित्र) तथा नग्नतालाई आम गरी यौनइच्छालाई जागृत पारिन्छ भने अर्कातर्फ विवाहको समयरेखा तोकिन्छ । फलस्वरुप व्यभिचार र वेश्यावृतिले आफ्नो जरो मजबुत पार्दैछ । अश्लिलतालाई बेचेर अरबौ डलर आर्जन गर्दछन् यी पूँजीबादी पश्चिमीहरु ।
पवित्र कुरआनमा यस सम्बन्धमा लेखिएको छः “आस्था राख्ने मानिसहरुबीच अश्लिलता फैलियोस भनी चाहना राख्ने व्यक्तिहरुका लागि लोक तथा परलोकमा दुःखदायी यातना रहेको छ ।” (कुरआन २४:१९)
एड्सको संक्रमणलाई नियन्त्रण गर्न नैतिक शिक्षालाई अवलम्बन गर्नुपर्ने नै हुन्छ । अश्लिलता र नशालु पदार्थ उत्पादनमा रोक लगाउनु जरुरी छ । कर र अनुदानको लोभमा यस अश्लिलता र लागूपदार्थका कारखानाहरुलाई खोल्न अनुमति हुँदैन । एड्सको मूल कारणहरुलाई नजरअन्दाज गरी अभियान चलाउनु ढोङ् मात्र हुनजान्छ । रोगको मुलकारण थाहा हुँदाहुदै पनि त्यसमाथि प्रतिबन्ध लगाउन असमर्थ सरकारहरु रोग फैलाएर धन कमाउने कुनियत राख्ने पूँजीबादी साम्राज्यका साझेदार हुन् । आफैलाई समाज सुधारक भन्न रुचाउनेहरु आफै निर्दोष मानिसहरुको रगतमा डुब्न रमाउँछन्।
कुरआनमा उल्लेख छः “जब धर्तीमा विध्वंस नफैलाउन तिनीहरुलाई भनिन्छ तब तिनीहरु भन्छन्,“हामी त सुधारक हौं । जानी राख वास्तवमा तिनीहरु नै विध्वंस फैलाउने व्यक्तिहरु हुन् तर तिनीहरुलाई यसको अनुभूति छैन ।” (कुरआन २:११–१२)
एड्स रोगीहरुप्रति हाम्रो कर्तव्य
रोग चाहे जुनसुकै होस, रोगी हाम्रो समर्थन, सहायता, हौसला तथा सहयोगका पात्र हुन् । कुनै पनि रोगीलाई घृणा अथवा हेला गर्न इस्लामले मनाही गरेको छ । रोगबाट बचि राख्नु हामीले अल्लाहसंग दुवा गर्नुपर्छ । तर यदि दुर्भाग्यवश रोगले समात्यो भने त्यसको हेरचाह गर्नु हाम्रो कर्तव्य हो । मुहम्मद (स.) को भनाइ छः अर्थः “पृथ्वीमा बस्नेहरुमाथि दया र मायाको व्यवहार गर, आकाशमा हुनेले तिमीहरुमाथि दया गर्नेछ ।” ।” (हदीस- तिर्मिज़ी)
अर्का स्थानमा उहाँ (स.) ले भन्नुभयोः“तिमीहरु स्वर्गमा प्रवेश पाउने छैनौ यहाँ सम्मकी तिमीहरु आस्थावान भइहाल र तिमीहरु आस्थावान हुन सक्दैनौ जबसम्म तिमीहरु एकअर्काका लागि दयाभाव राख्दैनौ ।” नबि (स.) ले रोगीलाई भेट्न जान प्रोत्साहन दिदै भन्नुभयोः– “जो कोही रोगीलाई भेट्न जान्छ ऊ स्वर्गको बाटोमा हिडिरहेको हुन्छ।” (हदीस- बुखारी)
एड्स रोगीहरु पनि हाम्रा मायाका पात्र हुन् । उनीहरुलाई बाँच्न र सत्कर्म गर्न हामीले हौसला दिनुपर्छ । हामी सबै एड्स जस्तो प्राणघातक रोगबाट बच्न सचेत हुनुपर्छ । इस्लामले यस्ता रोगबाट बच्न अति उत्तम उपायहरु बताइसकेको छ । अप्राकृतिक तथा अवैध र असुरक्षित यौनबाट टाढा नै बस्नु पर्छ । लागू औषधको बहिष्कार गरी यस विरूद्ध सचेतना पनि फैलाउन जरुरी छ । एड्स विरुद्ध लड्न प्रयोग गरिने नारा Safe Sex (सुरक्षित यौन सम्पर्क ) को सट्टा “No sex Outside of Marriage” (वैवाहिक सम्बन्ध बाहिर यौन सम्पर्क नगरौं) भन्ने नारालाई लागू गर्नु अति आवश्यक छ । अल्लाहले हामी सबैलाई एड्स र यसका कारक तत्व तथा अन्य सबै रोगहरुबाट बचाउन् । आमिन्
लेखकः अजिजुल्लाह अन्सारी
वाट्स एपः +9779845042004
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


