गान्धीजीले इस्लामको अध्ययन गरेपछि उनको विचार के थियो ? प्रस्तुत शिर्षकमा महात्मा गान्धीजीको विचारलाई उनले लेखेको किताब जगत महर्षि पृष्ठ-2 बाट अनुवाद गरी पाठक समक्ष पेश गरेको छु । कृपया यो लेखलाई निष्पक्ष ढंगले अध्ययन गरी सही मार्ग अवलम्बन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।
‘‘इस्लाम आफ्नो अति विशाल युगमा पनि अनुदार थिएन, वास्तवमा सारा संसार उनको प्रशंसा गरिरहेको थियो। त्यस समय, जबकि पश्चिमी दुनिया अन्धकारमय थियो, मध्यपूर्व क्षितिजमा एक उज्जवल तारा चम्कियो, जसबाट विशाल संसारलाई प्रकाश र शान्ति प्राप्त भयो। इस्लाम झूटो धर्म होइन। हिन्दुहरुले पनि यसको यसैगरी अध्ययन गर्नुपर्छ, जसरी मैले गरेको छु। फेरी उनीहरुले पनि मैले जस्तै इस्लामलाई प्रेम गर्न लाग्ने छन्।
म इस्लामका पैगम्बरको जीवनी अध्ययन गरिरहेको थिए । जब मैले किताबको दोश्रो भाग पनि खतम गरें, तब मलाई दुःख लाग्यो कि यस महान प्रतिभाशाली व्यक्तिको जीवनीलाई अध्ययन गर्नको लागि अब मेरो साथ कुनै अरु किताब बाकी छैन। अब मलाई पहिले भन्दा पनि धेरै विश्वास भयो इस्लाम तलवारको शक्तिले फैलिएको थिएन, जुन इस्लामी धर्मालम्बीले विश्व क्षेत्रमा विजय प्राप्त गरे, वास्तवमा यो इस्लामको पैगम्बरको अत्यन्त सादा जीवन, उनको नि:स्वार्थता, प्रतिज्ञा-पालन र निर्भयता थियो। उनले आफ्नो मित्रहरु र अनुयायीहरुसँग प्रेम गरेको र ईश्वरमाथि भरोसा राखेको हुनाले भएको थियो। यो तलवारको शक्ति थिएन, वास्तवमा यो उनको विशेषताहरु र गुण थियो, जसले गर्दा सबै बाधाहरु टाढा भयो र नबी (सल्ल.) ले सम्पूर्ण कठिनाई माथि विजय प्राप्त गरे ।
मसँग कसैले भनेका थिए कि दक्षिणी अफ्रिकामा जुन यूरोपियन वसोवास छ, इस्लामको प्रचारबाट डराई रहेका छन्, त्यही इस्लाम थियो जसले मोरक्कोमा उज्यालो फैलायो र संसारवासीहरुलाई भाई-भाई बन्ने सुखद-सन्देश सुनायो, निःस्सन्देह दक्षिणी अफ्रिकामा इस्लाम फैलिंदा डराउँदैन, वास्तवमा उनीहरु यस कुराबाट डराउँछन् कि यदि अफ्रिकन आदिवासीहरुले इस्लाम कबूल गरे भने बराबरीको अधिकार माग्न लाग्नेछन्। तपाई उनलाई डराउन दिनुहोस्। यदि भाई-भाई बन्नु पाप हो भने, यो पाप हुन दिनुहोस्। यदि उनीहरु यस कुराबाट परेशान छन् कि उनको बंश बड़प्पन, कायम नरहला । यसैले उनीहरु डराएका हुन्, किनकि मैले देखेको छु यदि एक काला जाति ईसाई भयो भने पनि त्यो व्यक्ति गोरा जातिसित बराबर हुन सक्दैन, तर त्यही कालाजातीले इस्लाम ग्रहण गर्छ भने त्यसै समय उसले एउटै गिलासको पानी पिउँछ र त्यही समय एउटै प्लेटमा खाना खान्छ। वास्तविक कुरा यो हो कि युरोपियन गैर मुस्लिम व्यक्तिहरु इस्लामी भाईचारा देखेर डराई रहेकाछन् । (जगत महर्षि पृष्ठ 2)
स्रोतः इस्लामिक वेबदुनिया (किताब जगत महर्षि पृष्ठ-2)
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


