विभिन्न देशका गैरमुस्लिम विद्वानहरु इस्लाम धर्मको बारेमा के भन्दछन्, सुनौ उनीहरुको विचार उनीहरुको तर्कमाः
1- स्वामी विवेकानंद (विश्व-विख्यात धर्मविद्)
‘‘मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको दृष्टिमा सम्पूर्ण मानवहरु समान छन्, मित्रता तथा भाईचाराको हिसाबले कोही फरक छैनन् र सम्पूर्ण मानवका लागि उनी पैग़म्बर थिए । कोही व्यक्ति इस्लाम स्वीकार गर्दछ सम्पूर्ण मुस्लिम बिना कुनै भेदभावसँग उसलाई अंगालो मारेर स्वागत गर्दछन्, तर अरु कुनै अर्को धर्ममा यस्तो गर्दैनन् । मेरो अनुभवमा यदि कुनै धर्मका अनुयायीहरुले यसरी मानविय समान्ता एवं बराबरीलाई दिन-प्रतिदिनको जीवनमा व्यावहारिक स्तरमा लागू गर्दछ भने त्यो हो इस्लाम र सिर्फ इस्लामका अनुयायी हुन्।
(टीचिंग्स अफ विवेकानन्द, पृष्ठ-214, 215, 217, 218) अद्वैत आश्रम, कलकता-2004)
2- मुंशी प्रेमचंद (प्रसिद्ध साहित्यकार)
यो निर्विवाद रुपमा भन्न सकिंन्छ, जातिय समान्ताको विषयमा इस्लाम धर्मले अरु धर्मलाई पछाडि पारेको छ । यो सिद्धान्त लागु गर्ने श्रेय अब कार्ल मार्क्स र रूसोलाई दिइएको छ । वास्तवमा अरबको मरुभूमिमा जन्मिएका अनपढ र निरक्षर थिए, तर तीनै व्यक्ति मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम हुन जसले जातीयता सम्बन्धि भेदभावलाई जरै देखि काटेर फेकी दिए ।
मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम बाहेक संसारमा अर्को कुन धर्म प्रणेता छैनन् जसले एक ईश्वर बाहेक कुनै मनुष्यको सामने सिर झुकाउनु अपराध अर्थात पाप ठहर्याउनु भयो…?’’ ‘‘ खास गरि हिन्दू धर्ममा अछुत वर्गको नाममा जुन दृष्टिले हेरिन्छ त्यो देख्दा यति पीडा बोध हुन्छ कि त्यो कल्पना गर्न सकिंन्न तर इस्लामी दृष्टिकोण अनुसार सबै मानवहरु एकै पूर्खा आदम र हौव्वाका सन्तान हुन । कुनै सानो जात र ठूलो जातको भेदभाव छैन । फेरि कुनै समाजमा स्त्रिहरुलाई पैत्रिक सम्पतिमा हकदार मानिंदैन जति इस्लाम मा ? …हाम्रो विचारमा त्यही सभ्यता उत्तम मानिन्छ या दावा गर्न सकिंन्छ जुन सभ्यताले समाजलाई धेरै भन्दा धेरै उच्च स्थानमा उठाउन सफल हुन्छ । यस कारणबाट पनि इस्लामी सभ्यतालाई कसैले दूषित ठहर्याउन सक्दैन।’’
—‘इस्लामी सभ्यता’ साप्ताहिक प्रताप विशेषांक दिसम्बर 1925
3- रामधारी सिंह दिनकर (प्रसिद्ध साहित्यकार र इतिहासकार)
‘‘जुन इस्लामका प्रवर्तक हज़रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले गरेका थिए…त्यो धर्म, सत्य, स्वच्छ धर्म थियो र उसका अनुयायीका असल चरित्र, दयालु, उदार, ईमानदार थिए । उनिहरुले मानवताको एक नयाँ सन्देश दिए, पतन हुँदै गएका मानवलाई उच्च स्थानमा पुर्यायो र पहिले-पहिले संसारमा यो दृष्टान्त दिइन्थ्यो कि धर्म भित्र रहनेवाला सबै आपसमा समान छन् । ती दिनमा इस्लामले जुन लडाई लडेको थियो त्यो विवरण पनि मनुष्यको चरित्रलाई उच्च उठाउनेवाला थियो ।’’
—‘संस्कृतिको चौथो अध्याय’लोक भारती प्रकाशन, इलाहाबाद, 1994 पृष्ठ- 262, 278, 284, 326, 317
4- अन्नादुराई (डी॰एमके॰ को संस्थापक, भूतपूर्व मुख्यमंत्री तमिलनाडु)
‘‘इस्लामको सिद्धान्त र धारणाहरुको जति ज़रूरत छैठौ शताब्दीमा दुनियाको थियो, त्यो भन्दा कयौं गुना ज्यादा जरुरत आज सय संसारमा रहेको छ, जुन विभिन्न विचारकको खोजमा महशुस भएको छ र कही पनि उसलाई चैन मिल्न सक्दैन।
जीवन-सम्बन्धी इस्लामी दृष्टिकोण र इस्लामी जीवन-प्रणालीलाई हामी यति प्रशंसा किन गर्दछौ ? सिर्फ़ यसैले कि इस्लामी जीवन-सिद्धान्त मानवको मनमा उत्पन्न हुनेवाले सबै सन्देह र आशंकाहरुको जवाब संतोष जनक ढंगबाट दिन्छ।
अन्य धर्ममा शिर्क (बहुदेववाद) को शिक्षा पाइने हुनाले हामी जस्ता व्यक्तिहरु धेरै हानीहरुको शिकार भएका छौं । शिर्कको बाटोलाई बन्द गरि इस्लामले मानवको श्रेष्ठता र उच्चता प्रदान गर्दछ र मूर्तिपूजा र त्यसको भयंकर परिणामहरुबाट मुक्ति दिलाउँछ।
–मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवन-चरित्रमा, भाषण 7 अक्टूबर 1957 ई॰
5- डॉ॰ बाबासाहब भीमराव अम्बेडकर (बरिस्टर, अध्यक्ष-संविधान निर्मात्री सभा)
‘‘…इस्लाम धर्म सम्पूर्ण एवं सार्वभौमिक धर्म हो जो आफ्नो सबै अनुयायीहरुबाट समानताको व्यवहार गर्दछ (अर्थात् उनिहरुलाई समान सम्झिन्छ) । यही कारण हो कि सात करोड़ अछूत हिन्दू धर्मलाई छोड़नको लागि सोचेका छन् र
6- महात्मा गाँधी जीको भनाईमा इस्लाम धर्म फैलिनुको कारण-
अब मलाई पहिलाको भन्दा पनि धेरै ज्यादा विश्वास भयो कि यो तरवारको शक्तिले होइन, जसले इस्लामले यो विश्व विजय गरे, वास्तवमा यो इस्लाम फैलिएको हो अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको साधारण जीवन, निर्भयता, प्रतिज्ञापालन र निश्वार्थभावले गर्दा नै भएको हो (जगत महर्षि पृष्ठ-2)
इस्लामी जीवन पद्धतीलाई मन पराएर महात्मा गाँधी जीको पुत्र (हरिलाल) ले पनि इस्लाम धर्म ग्रहण गर्नु भएको थियो। इस्लाम धर्मको यती उत्तम प्रभाव किन पार्यो त ? वास्तवमा सच्चाई र समानताको शिक्षामा नै इस्लामले जोड दिएको छ…।’’
—‘दस स्पोक अम्बेडकर’ चौथो खण्ड—भगवान दास पृष्ठ 144-145 बाट उद्धृत
7- पेरियार ई॰ वी॰ रामास्वामी
(राज्य सरकारद्वारा पुरस्कृत, द्रविड़ प्रबुद्ध विचारक, पत्रकार, समाजसेवक, नेता, तमिलनाडु)
‘‘…हामी शूद्र हुनु एक भयंकर रोग हो, यो क्यान्सर जस्तै हो। यो अत्यन्त पुरानो शिकायत हो। यसको दवाई केवल एउटै छ, र त्यो हो इस्लाम। यसको कुनै अर्को दवाई छैन। ‘‘…इस्लामको स्थापना किन भयो ? यसको स्थापना अनेकेश्वरवाद र जन्मजात असमानताहरुलाई मेटाउनका लागि र ‘एक ईश्वर, समान जातियताको सिद्धान्तलाई लागू गर्नको लागि हो, जसमा कुनै अन्धविश्वास या मूर्ति-पूजाको गुन्जाइश छैन। इस्लामको शिक्षाले मानवलाई विवेकपूर्ण जीवन व्यतीत गर्नलाई मार्गदर्शन गर्दछ…।’’
—‘द वे ऑफ सैल्वेशन’ पृ॰ 13,14,21 बाट उद्धृत (18 मार्च 1947 को तिरुचिनपल्लीमा दिएको भाषण) अमन पब्लिकेशन्स, दिल्ली, 1995 ई॰