हदीस नं. १० दुआ स्वीकार हुने अवस्था
हज़रत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो; अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र कुरालाई नै स्वीकार गर्नु हुन्छ। अल्लाहले आस्थावानहरुलाई त्यही हुकुम दिनु भएको छ जुन रसूलहरुलाई दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ; ए रसूल ! मैले प्रदान गरेको पवित्र रोजीरोटी खाऊ र उत्तम कर्म गर । र अल्लाह तआलाको भनाई छ; हे आस्थावानहरु हो ! हामीले प्रदान गरेका पवित्र खानेकुराहरु खाऊ, फेरि रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले एउटा यस्तो मानिसको बारेमा बताउनु भयो जो लामो यात्रा गर्दछ, बिग्रेको कपाल र धुलोले पूरै जीउ भरिएर मैलो भएकोछ, त्यो मानिस आफ्नो दुबै हात माथि उठाउँदै भन्दछ । हे पालनहार ! हे पालनहार ! जब कि उसको खाना अवैध छ, उसले लगाएको कपडा अवैध छ, अवैध चीजबाट उसको पालन पोषण भएकोछ, फेरी कसरी उसको दुआ स्वीकार हुन्छ त ? (मुस्लिम)
ब्याख्याः अल्लाहको रसूल (सल्लल्लाहु अलैही वसल्लम) ले सहाबीलाई सम्झाउँदै भन्नुभयोः कुनै पनि मानिसको दुवा स्वीकार हुनलाई उसले हराम कमाई खानु, हराम काम गर्नबाट जोगिनु पर्छ तब मात्र दुवा कबुल हुन्छ । त्यसैगरी फोहरी र अपवित्र हालतमा गरेको दुवा पनि कबुल हुँदैन । तर कहिले काहीं विकल्पको रुपमा पानी नपाउने ठाउँमा तयमुम पनि गरेर नमाज पढ्न सक्छ ।