१. नबी (सल्ल.) को जात दयालुता र क्षमाको नमूना हुन् । उनले कहिले पनि आफ्नो लागि बदला लिएनन्, तर यदि अल्लाहको आदेशको उल्लंघन हुन्थ्यो भने अल्लाहको लागि बदला लिन्थे, नत्र माफ गरी दिन्थे, उहुदको युद्धमा काफिरहरुले वहाँको दांत भाँचे, टाउको फुटाए, वहाँ एउटा गुफामा लड्नु भएको थियो, साथिहरुले भने कि उनीहरुमाथि शाप दिनुहोस् नबी (सल्ल.) ले भन्नुभयोः म श्राप दिनको लागि पठाइएको होइन अल्लाहले मलाई मानिसलाई दीन (धर्म) तर्फ आकर्षित गर्नको लागि पठाइएको हुँ, तब वहाँले यो दुआ गर्नुभयो: اللهم اهد قومي فإنهم لايعلمون ऐ अल्लाह मेरो समूदायलाई निर्देशन देऊ, उनीहरु मलाई चिन्दैनन्।
२. एक यात्रामा मुहम्मद (सल्ल.) एउटा रुखको छायामा आराम गरिरहेका थिए र आफ्नो तलवारलाई रुखको हाँगामा झुण्याएका थिए, एउटा दुश्मन गैरिस बिन अल-हर्रास आयो, र अवसर पाएर तलवार रुखको हाँगाबाट उठायो र वहाँलाई जगाएर झोक्किंदै भन्यो मुहम्मद ! अब तिमीलाई कसले बचाउँछ होला ?, वहाँले धेरै सहज रुपमा भन्नुभयो: अल्लाह। नभन्दै यसमा के शक्ति थियो शत्रु थर-थर काम्न लाग्यो र तलवार उसको हातबाट छुटेर भुईंमा झर्यो, अब मुहम्मद (सल्ल.) ले त्यो तलवार उठाएर भन्नुभयो अब तिमीलाई मबाट कसले बचाउन सक्छ ? उनी आश्चार्य र परेशान भएर दयाको भिख माग्न लाग्यो, त वहाँले त्योसँग भन्नुभयो: जाउ म तिमीसँग बदला लिन्न, यसरी शत्रुलाई पनि क्षमा गर्नु हुन्थ्यो ।
३. त्यसैगरी हबार नामको एक व्यक्तिले मुहम्मद (सल्ल.) को छोरी हज़रत ज़ैनब रज़ियल्लाहु अन्हालाई भाला रोपेर मार्यो, त्यो हौदजबाट तल झरिन र उनको गर्भ तुहियो, हबारले मुहम्मद सल्ल. सँग क्षमा माग्यो, तब मुहम्मद (सल्ल.) ले उसलाई माफ गरि दिनुभयो,
४. प्यारा नबी (सल्ल.) को दया र माफीको स्पष्टीकरणको लागि हामी बनू हनीफाको सरदार सुमामा बिन उसले हनफीको घटनाको उल्लेख गर्न भुल्नु हुँदैन जो मुसैलमा कज़्ज़ाबको आदेशले भेष बदलेर नबी (सल्ल.) को हत्या गर्न निक्लेको थियो तर मुसलमानहरुले उनले गिरफ्तार गरेर ल्याए र मदीना ल्याएर मस्जिदको एउटा खम्बामा बाँधी दिए, नबी (सल्ल.) आउनु भयो तब उसँग सोध्नु भयोः सुमामा ! तिम्रो साथ के छ ? उसले भन्यो: हे मुहम्मद ! मेरो साथ भलाई छ, यदि तिमी हत्या गर्छौ भने एउटा हत्याराको हत्या गर्नेछौ र यदि एहसान गर्छौ भने एक पापी माथि दया गर्छौ र यदि माल चाहन्छौ भने जे चाहन्छौ माग। रसूल सल्लल्लाहु अलैहि व सल्लमले उसलाई त्यही हालतमा छोडिदिए, फेरी अर्को पटक उसको नजिकबाट जाँदै हुनुहुन्थ्यो तब त्यही सवाल गर्नुभयो, र सुमामाले फेरी त्यही जवाब दियो, त्यसपछि तेश्रोपटक त्यहीबाटो जाँदै हुनुहुन्थ्यो तब फेरी त्यही सवाल गर्नुभयो र सुमामाले फेरी त्यही जवाब दिए। अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः यसलाई छोडिदेउ, सुमामा मैले तिमीलाई क्षमा गरिदिए। जब सुमामालाई छोडिदिए उ त्यहाँबाट गएको थियो र मदीनाको एउटा बाग़ैचामा आयो, त्यहाँ नुहायो, पवित्र भयो र आफ्नो कपडालाई धोयो फेरी मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको साथ आयो, त्यो समय रसूल सल्ल. मस्जिदमा बसेका थिए, उसले भन्योः हे मुहम्मद! तपाईको चेहरा भन्दा धेरै अप्रिय मेरो दृष्टिमा अरु कोही चेहरा थिएन र तपाईको धर्म भन्दा धेरै अप्रिय मेरो दृष्टिमा अरु कुनै धर्म थिएन र तपाईको शहर भन्दा धेरै अप्रिय कुनै शहर थिएन। अब स्थिति यो भयो कि तपाईको चेहरा भन्दा धेरै प्यारो कोही चेहरा छैन, तपाईको धर्म भन्दा धेरै प्यारो कोही धर्म छैन र तपाईको शहर भन्दा धेरै प्यारो कोही शहर छैन। म गवाही दिन्छु कि अल्लाहको अतिरिक्ति कोही सत्य उपासना योग्य छैन र म गवाही दिन्छु कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको भक्त र उनका दास हुन्।
५. अबू सुफयान बिन हर्ब उमवी यस्तो व्यक्ति थियो जसले उहुद र अहज़ाब युद्ध आदिमा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि निरन्तर आक्रमण गरेको थियो र सेनापति बनिरहको थियो। मक्का विजयको समय रसूल सल्लल्लाहु अलैहि वसल्लमले उसँग धेरै दयालुतासँग कुरा गर्दै भन्नुभयो “हे अबू सुफयान! अहिले पनि समय छ तिमी यति कुरा सम्झ कि अल्लाहको सिवाय कोही इबादतको योग्य छैन। अबू सुफयानले भन्योः मेरो आमा बुबा तपाई माथि कुर्बान ! तपाई विवेकी, सम्बन्धको हक़ पुरा हक गर्नेवाला साथै दुश्मनमाथि पनि दया गर्नेवाला क्षमाशील हुनुहुन्छ ।
६. मुहम्मद सल्ल. को पवित्र जीवनीको अध्ययनबाट थाहा हुन्छ उनी जस्ता दयालू मानिस यस धर्तीमा जन्मिएका छैनन् होला । 21 वर्षसम्म कष्ट सहेर पनि एक दिन त्यो दिन आयो उनले आफ्नो जन्म-भूमि (मक्का) जहाँबाट उनलाई निकाली दिएका थिए, त्यसमाथि विजय प्राप्त गरे । त्यसबेला ती सबै विरोधी शत्रुहरु उनको कब्जामा थिए, यदि उनले चाहेको भए हरेकसँग एक एक गरेर बदला लिन सक्थे। जसले 21 वर्षसम्म जसले उनलाई चैनको सास लिन दिएका थिएनन् सबैलाई हत्या गर्न सक्थे तर उनी त सम्पूर्ण मानवताको लागि दयालुता बनाएर पठाएका थिए। कसरी त्यस्तो आदेश दिन्थे ? उनको उद्देश्य त पूरा संसारको कल्याण गर्नु थियो यसैले आफ्ना ति मानिसलाई सार्वजनिक क्षमाको घोषणा गरी दिए।
७. मुहम्मद सल्ल. को पवित्र जीवनीमा यो घटना पनि आउँछ कि एक पटक उनले ताइफका मानिसलाई सत्यमार्ग बताउनको लागि यात्रा गरे, वहाँ पुगेर त्यस समुदायलाई लिडरसँग कुरा गरे तर कसैले उनको कुरामा ध्यान दिएनन् तर आफ्ना लफंगा केटाहरुलाई उनको पछि लगाई दिए जसले रसूल (सल्ल.) माथि ढुंङ्गा बर्साउन थाले, पूरा शरीर रक्ताम्य भयो, वहाँ बेहोश भएर लड्नु भयो, त्यहीं फरिश्ता जिब्रील आए, जसको साथ पहाडका दूत थिए, वहाँसँग अनुमति चाहन्थे कि यदि तपाई आदेश दिनु हुन्छ भने म ताइफ निवासीहरुलाई दुई पहाडहरुको बीचमा पिसी दिन्छु । तर मुहम्मद सल्ल. को दयालुता हेर्नुहोस्- होइन उनलाई रहन दिनुहोस्, मलाई आशा छ कि अल्लाह उनलाई उनको वंशबाट यस्तो मानिसलाई सृष्टि गर्नेछन् जो मात्र एक अल्लाहको पूजा गर्नेवाला हुनेछन् बहुदेववादी हुनेछैनन्। (सहीह बुख़ारी)
८. मुहम्मद सल्ल. ले कुनै युद्धमा कसैले एउटा महिलाको हत्या गरेको देख्नु भयो तब नबी. (सल्ल.) क्रोधित भएर बच्चा र महिलाहरुलाई युद्धमा हत्या गर्न रोक्नु भयो। (सहीह बुखारी, सहीह मुस्लिम)
९. इस्लामको विश्व शान्तिको अनुभव गर्नुहोस् शान्ति दूतले भन्नुभयोः ”जसले कुनै (इस्लामी देशमा रहनेवाला) गैर मुस्लिमको हत्या गर्यो भने उसले जन्नत (स्वर्ग) को सुगन्ध पनि पाउन सक्दैन यहाँसम्म की स्वर्गको सुगन्ध चालीस वर्षको परसम्म पुग्न सक्छ ।” (सहीह बुख़ारी)
१०. एक पटक मुहम्मद सल्ल. सँग भनिएको थियोः तपाई बहुदेववादीहरुलाई श्राप दिनुहोस्, त मुहम्मद सल्ल. ले भनेः “म श्राप दिनको लागि पठाइएको होइन, वास्तवमा दयालुता बनाएर पठाइएको हुँ,” (सहीह मुस्लिम)
११. मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको दयालुताको अर्को एउटा उदाहरण यो पनि हो कि यदि वहाँ नमाज़ पढाई रहेको हुन्थे र त्यसै समय बच्चा रोएको आवाज वहाँको कानमा पुग्यो भने नमाज छिटो पुरा गर्नु हुन्थ्यो। हज़रत अनस रज़ियल्लाहु अन्हु भन्नु हुन्छ कि रसूल सल्लल्लाहु अलैहि व सल्लमसँग भन्नु भयोः म नमाजको लागि उभिएको हुन्थ्यो र मेरो नियत यो हुन्थ्यो कि म नमाजलाई लामो गर्छु तर जब कुनै बच्चा रोएको आवाज सुन्थे तब नमाज छिट्टै पुरा गरि दिन्थे, किनकि मलाई थाहा छ कि त्यो बच्चा रोएको कारण उसकी आमा त्यो बच्चा पिरोलिन्छिन। (सहीह बुख़ारी, सहीह मुस्लिम)
http://www.new-muslims.info/hin/संदेष्टा-मुहम्मद/मुहम्मद-सल्ल-की-दयातुला/
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


