नयाँ मुस्लिमहरुलाई दिनुपर्ने महत्वपूर्ण शिक्षाहरु – कुनै पनि व्यक्तिलाई इस्लाम स्वीकार गराउने समय उसलाई केही महत्वपूर्ण कुरा बताइन्छ किनकि हम्मेशा उसले याद राखोस र कठिन र संकटको समय उसको लागि यो कुरा इस्लाममा धैर्यतासँग रहनलाई सहायक होस्,
(१) मानिसहरुलाई इस्लामतर्फ निमन्त्रणा गर्नु,
प्रत्येक मानवले एक दिन यस धर्तीबाट जानु छ र मृत्युपछि अल्लाहसँग आफ्नो कर्मको हिसाब दिनुनै छ। मानव संसारमा जो पुण्यको काम गर्दछ उही उसको लागि लाभदायक हुन्छ, इस्लामतर्फ निमन्त्रणा गर्नु धेरै नै ठूलो पुण्य काम हो। अल्लाह तआलाले यसैतर्फ मानवलाई उत्साहित गर्नु भएको छ। ” र उस व्यक्तिको जस्तो राम्रो बोलीवचन कस्को हुनसक्छ जसलाई अल्लाहले खुशि भएर आफूतर्फ बोलाउने छन् र राम्रो कर्म गर्छन् र भन्छन् कि म मुसलमान (आज्ञाकारी) हूँ ” (सूरः फुस्सिलत-३३)
र नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो ” यदि अल्लाह तआलाले तपाईको माध्यमबाट एक व्यक्तिलाई सही मार्ग दिखाई दिनु भयो भने यो तपाईको लागि दुनियाको सम्पूर्ण चीज भन्दा उत्तम हो।” (जामिउल बयानिल इल्म व फज़्लुहु)
अवस्था अनुसार तपाई स्वयंले इस्लाम स्वीकार गरेको घोषणा गर्न सक्नु हुन्छ, यदि ज़्यादा हानि वा नोक़्सान हुने डर नभए सबैजनालाई बताई देऊ, या तपाईलाई हानी हुने डर छ भने गोप्य राख्नुहोस् । नमाज र अरु प्रार्थना गर्दै रहनु र जसरी हुन्छ उचित समय मिलेमा आफू मुस्लिम भएको जानकारी गराउनु, कसैसँग न डराउनु तर अल्लाहसँग दुआ गर्दै, अल्लाहमा विश्वास र भरोषा राख्नु, अल्लाहको सहायाता र मद्दत तपाईको साथ हुनेछ,
तपाई आफ्नो घर परिवारका सदस्य, तपाईको छिमेकी, तपाईको साथमा काम गर्ने मित्रहरु, रूममा साथमा रहने व्यक्तिहरु, आदिलाई राम्रो तरिकासँग निमन्त्रणा गर्नुहोस् ।
आफ्नो असल स्वभावबाट मानिसलाई प्रभावित पार्नुपर्छ, मीठो बोलीवचनले मानिसको दिल जीत्ने प्रयाश गर्नुपर्छ, इस्लामिक पुस्तक दिनु, अल्लाहको महान्ता बयान गर्नु, इस्लामको मुख्य सन्देश र शिक्षाको प्रचार गर्नु, र यि पुण्य कार्यको बदला अल्लाहको साथ तपाईको लागि सुरक्षित रहनेछ ।
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले यही प्रतिज्ञा गर्दै भन्नु भयो ” जसले कसैलाई राम्रो बाटो बताउँछ र भलाइ कार्य गर्न सल्लाह दिन्छ भने उसलाई भलाई गर्नेवालाको बराबर पुण्य मिल्नेछ।” (सही मुस्लिम)
(२) पढ
ज्ञान हुनु मानवको लागि धेरै महत्वपूर्ण कुरा हो, जुन उसलाई सत्य तथा असत्यको बीच अन्तर गर्नलाई क्षमता प्रदान गर्दछ । ज्ञानि व्यक्ति, अज्ञानि व्यक्तिभन्दा उत्तम हुन्छ । यसकारण अल्लाह तआलाले मुसलमानहरु सबैलाई सबैभन्दा पहिले पढनलाई आदेश दिनु भएको छ।
कुरआनको सबै भन्दा पहिलो आयतमा अल्लाह तआलाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पढ भनेर आरम्भ गर्नुभयो प्रत्येक नयाँ मुस्लिमलाई पढनलाई निर्देशन दिएको छ ।
- सबै भन्दा पहिले धर्मको मूल शिक्षाको ज्ञान प्राप्त गर्नुपर्छः पवित्रता, नमाज र प्रार्थनाको ज्ञान लिनु अनिवार्य छ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदर्श जीवनलाई अध्याय गर्ने हो भने पूरा नबिको जीवन कथा पढ्नु पर्छ ।
- कुरआन पढ्नुः यदि कुरआन पढ्न सक्दैन भने कुरआन सुन्नु, हुन सक्छ प्रति दिन एक-एक आयत याद गर्नुहोस्, सूरः फातिह़ालाई सबैभन्दा पहिले याद गर्नु, कम से कम दस मिनेट प्रति दिन अनुवादिक कुरआन पढ्नु ।
- अरबिक भाषा सिक्नुः कुरआन अरबी भाषामा भएको हुनाले सबैभन्दा पहिले अरबी भाषा सिक्नुपर्छ । किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको कुरालाई सही तरीकाबाट सम्झनलाई अरबिक भाषालाई जान्नु जरूरी हुन्छ । कुरआन पढे हृदयलाई धेरै शान्ति प्राप्त हुन्छ। जब तपाई अरबिक पढन लेख्न जान्नु हुन्न भने धेरै भन्दा धेरै पुण्यबाट वन्चित हुनुहुनेछ । तपाई छिटो भन्दा छिटो अरबिक पढ्ने र लेख्ने प्रयाश गर्नुहोस् । तपाईले गरेको कोशिशले पनि तपाईलाई पुण्य मिल्छ।
(३) मस्जिद
मस्जिद त्यो पवित्र स्थान हो जहाँ केवल एक अल्लाहको प्रार्थनाको आदेश दिन्छ। जहाँ दिन र रातमा पांच पटक सबै मानिस एक साथ मिलेर नमाज पढनु अनिवार्य छ । जहां बसेर कुरआन करीमलाई पढ्नु राम्रो हुन्छ, ज़्यादा भन्दा ज़्यादा अल्लाहको स्तुति गर्नु । जसले गर्दा हृदयमा शान्ति मिल्छ। धार्मिक भाईचारा बढ्छ र धेरै पुरस्कार मिल्छ जस्तै अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) बाट वर्णित छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो । “जो मस्जिद तर्फ छिट्टै नै निस्किछ भने अल्लाहले उसको लागि जन्नतमा एउटा छुट्टै घर बनाउनु हुन्छ” ( सही बुखारी तथा सही मुस्लिम)
यदि तपाईको घर मस्जिदबाट धेरै टाढा छ भने कम से कम एक समयको नमाज़ मस्जिदमा गएर पढ्नुहोस् । यसैगरी जुमाको नमाज अनिवार्य मस्जिदमा गएर पढ्नुहोस् ।
यसैगरी आफ्नो घर या रूममा यदि सम्भव हुन्छ भने नमाज पढ्नको लागि अलग एक स्थान बनाउनु होस् ताकि त्यहाँ बसेर नमाज़ पढ्न सकियोस् ।
(४) पुण्यवान र राम्रो चरित्रवाला व्यक्तिको साथमा रहनु।
मानव एक दोश्राको साथ रहन मन पराउँछ। यसैले असल स्वभाव, सद्-व्यवहार भएको व्यक्तिलाई साथि छनौट गर्नु होस् जो उसलाई भलाइ र असल कार्यमा समर्थन गरोस्, र नराम्रो काम गर्नबाट रोकोस, जो व्यक्ति यस्तो मानिसको साथ रहन्छ अल्लाह तआला यस्तो व्यक्तिलाई साथ दिन्छन् ।
नराम्रो साथिबाट टाढा रहनु, किनकि नराम्रो साथिले पाप कार्य गर्न उक्साउँछ र एक दिन त्यो मानिसले तपाईलाई पनि पाप कार्यतर्फ लैजान सक्छ। यही कारणले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले राम्रो साथि र नराम्रो साथिको एउटा उदाहरणको माध्यमबाट सम्झाउँदै भन्नुभयो, ” बैशक असल मित्र सुगन्धित अत्तर बेच्नेवाला जस्तो हो र नराम्रो मित्र लोहारको भट्टी जस्तो हो र सुगन्ध बेच्नेवाला मित्रले तपाईलाई अत्तर लगाउँछ या तिमी उसँग अत्तर किन्न सक्छौ, या उसको साथ रहनाले तिमीलाई राम्रो वासना आउँछ र नराम्रो मित्र लोहार जस्तै हो जसमा उसको साथ बस्नाले या त त्यसको झिल्काले तपाईको कपडा जलाई दिन्छ या तपाईको शरीरमा धुलो, फोहोर लाग्छ जसले गर्दा तपाईको शरिरमा पनि गन्द आउँछ ” (सही मुस्लिम)
मानिससँग साथमा बस्दा मिलजुल गरेर बस्नुपर्छ किनकि एक्लो व्यक्तिलाई शैतानले आफ्नो वशमा लिन सक्छ र नराम्रो प्रकारको ख्याल उसको हृदय प्रवेश गराउँछ ।
मित्र तथा साथि संगत कस्तो हुनुपर्छ ?
मित्र असल, चरित्रवाला, निःस्वार्थ, बुद्धीवान, जो सृष्टिकर्ताको पूजा गर्नेवाला होस्, नरम हृदयवाला होस्, मित्रलाई राम्रो सल्लाह दिनेवाला होस्, आफ्नो मित्रलाई असल मार्गमा निमन्त्रणा गर्नेवाला र दुर्व्यवहारबाट मनाही गर्नेवाला होस्, पाप कार्यबाट रोक्नेवाला होस्।
यदि समय मिल्छ भने असल मित्रको घरमा जानु या उसलाई आफ्नो घरमा बोलाउनु, फोन र मोबाइलको माध्यमबाट कुराकानी गर्नु या ई-मेलको माध्यमले खबर-आदन गर्ने प्रयाश गर्नु, या मैसेंजरको माध्यमबाट च्याटिंग गर्नुहोस् ।
(५) परिक्षा र धैर्यता
अल्लाह तआला आफ्नो भक्तको परिक्षा लिनुहुन्छ कि कुन-कुन व्यक्ति वास्तविक भक्त हो । जसले कठिन अवस्थामा धैर्यता गर्छ, त्यही भक्त अल्लाहको परिक्षामा सफल हुन्छ र यस्ता व्यक्तिलाई धेरै पुण्य मिल्छ । यो अल्लाहले आफ्नो भक्तसँग गरेको प्रतिज्ञा हो।
अल्लाह तआलाको भनाई छः ” र अवश्य म तिमी मानवहरुलाई परिक्षा लिनेछु, किनकि तिम्रो धैर्यतालाई जाँच गर्न, र हेरौं कि तिमीहरुमध्ये कुन व्यक्ति ज्यानको बाजी लगाएर प्रयास गर्दछ र धैर्यतासँग अडिक रहन सक्छ ? “(सूरः मुहम्मद)
अल्लाह तआला आफ्नो भक्तलाई कठिनाई, संकट र बीमारी बनाएर परिक्षा लिन्छन्, कसले यस अवस्थामा धैर्यता गर्छ र कसले यो अवस्थामा अल्लाहलाई अस्विकार गर्छ । जसले कठिन र संकटमा नराम्रो शब्दको प्रयोग गर्दा, गालि गलौज गर्दा, ठट्टा मज़ाक गर्दा, बाइकाट गरेर पीड़ित पार्दा, धोकाको माध्यमबाट कठिनाई पार्न खोज्दा धैर्यता गर्छ उही व्यक्ति सफल हुनेछ । आफ्नो घरवालाको तर्फबाट तिरस्कार गर्दा र मित्रहरुले पनि हेला गर्दा, कहिले काही जसको साथ काम गर्नु हुन्छ उसको तर्फबाट पनि चित्त दुखाई हुँदा र कहिले रूममा साथमा रहने मित्रको तर्फबाट पनि घृणाको पात्र बनिन्छ यस अवस्थामा पनि धैर्यता गर्नुपर्छ ।
अल्लाह तआलाले पनि यस कुराको जानकारी दिएका छन्: “र हामी अवश्य तिमीलाई डर, भोक, ज्यान-मालको हानि र आम्दानीको घाटा गराएर तिम्रो परिक्षा लिइन्छ, यिनै अवस्थामा जो व्यक्ति धैर्यताका साथ काम गर्छन र जब कुनै समस्या आई लागे भनोस कि हामी अल्लाह कै हौ र अल्लाह कै तर्फ हामी फर्केर जानुपर्छ, उनलाई खुशखबरी दिनु उनलाई उनको ईश्वरको तर्फबाट ठूलो कृपा हुनेछ, वहाँको दयालुता त्यसव्यक्तिको साथमा रहनेछ र यस्ता व्यक्ति नै सीधा मार्गमा हिंड्नेवाला हुन्।” (सूरः अल-बक़राः१५५)
अवश्य नै धैर्य गर्नेवाला उनको धैर्यताको अनुसार, धेरै कठिनाई झेल्नुपरेको कारण धेरै बदला दिइन्छ जसको हिसाब नै लगाउन सकिंदैन, अल्लाह तआलाको यही भनाई छ, “धैर्य गर्नेवालालाई त उनको बदला बेहिसाब दिनु हुनेछ।” (सूरः अज़-ज़ुमरः५५)
प्रिय मित्रहरु तपाईहरुलाई संकट, कष्ट, र मित्रहरुबाट हृदयमा चोट पुग्ने खालको कुरा सुन्नु परेको हुन्छ. यस्तो परिस्थीमा धैर्यता गरी अल्लाहसँग उत्तम बदला प्राप्त गर्नुपर्छ र अल्लाह तआला तपाईसँग प्रेम गर्दछ र प्रत्येक कठिन र संकटमा तपाईलाई समर्थन गर्नु हुन्छ ।
(६) नरमी, दयालुता
विरोधीको साथ नम्र स्वभावसँग कुरा गर्नु, उनलाई राम्रो तरीकासँग प्रेम पुर्वकको साथ इस्लामको शिक्षाको परिचय गराउनु । जबसम्म कुनै सजिलो र सरल कार्यमा पाप हुँदैन त त्यही तरिका अपनाउनु पर्छ।
अल्लाह तआलाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सरलता गर्नु र समश्या तथा कठिनाई दिनबाट टाढा रहनलाई आदेश दिएका छन्।
पवित्र कुरआनमा छः “(ऐ मुहम्मद !) तिमी अल्लाहको अपार कृपाले नै उनीहरुप्रति उदार रहेका छौं । यदि तिमी क्रूर एवं कठोर हृदयी भएको भए यिनीहरु तिम्रो वरिपरिबाट तितरबितर हुने थिए । यिनीहरुलाई माफ गरिदेऊ, यिनीहरुकालागि क्षमायाचना गर र काममा यिनीहरुसित सल्लाह लिने गर….।” ( सूरः आलि-इमरानः१५९)
इस्लाम धर्म सजिलो छ । अल्लाह तिम्रोलागि सुविधा चाहन्छन्, तिमीहरुलाई कष्टमा पार्न चाहदैनन्। अल्लाहले पवित्र कुरआनमा भनेका छन्, “अल्लाह तिम्रो साथ नरमी गर्न चाहन्छ, सख्ती गर्न चाहदैन।” (सूरः अल-बक़राः१८५)
यसैले तपाई अरु मानवसँग पनि नम्रताको व्यवहार गर, आफ्नो शक्तिको अनुसार कर्म गर, अल्लाह तआला हाम्रो शक्ति तथा कुनै चीज़को काम गर्ने क्षमतालाई जान्दछ। कुनै पनि चीज़मा कठोरताको प्रयोग नगर चाहे त्यो इबादत होस् र उपासनाको मामला किन नहोस्,
(७) अल्लाहलाई बारम्बार याद गर्नु,
अल्लाहको सुन्दर नाम र विशेष्तालाई दोहर्याउनु, बारम्बार प्रेम पुर्वकका साथ ति शब्दलाई भन्नु, अल्लाहको विशेष्तामा गंभीरतासँग विचार गर्नु, त्यसमा धेरै पुण्य हासिल हुन्छ, दिल र हृदयलाई शान्ति मिल्छ, शैतान त्यस व्यक्ति देखि टाढा रहन्छ ।
अल्लाहलाई बारम्बार याद गर्नाले निम्नलिखित लाभ प्राप्त हुन्छ।
(क) अल्लाहलाई बारम्बार याद गर्नाले हृदय र जिब्राको प्रार्थना र पूजा हुन्छ। जो व्यक्ति अल्लाहको धेरै स्तुति गर्छ अल्लाह उनको हृदय जीवित राख्दछन्।
अल्लाह तआलाले यस्तो व्यक्तिको प्रशंसा बयान गर्नु हुन्छ जो हर समय अल्लाहको प्रार्थनाममा ब्यस्त रहन्छ त्यसव्यक्तिको सम्बन्धमा, अल्लाहको भनाई छ। ” जो उठ्दा, बस्दा र सुत्दा, हर समयमा अल्लाहलाई याद गर्छ र आकाश र धर्तीको संरचनामा सोच-विचार गर्छ उसकोलागि अल्लाहले उसलाई याद गर्दछन्” (सूरः आले-इमरानः१९१)
जो व्यक्ति अल्लाहको उपासना गर्दैनन्, उनको हृदयमा संकट र असंतुष्टि हुन्छ। शैतानले उसलाई आफ्नो वसमा पार्छ र नराम्रो विचार उसको हृदयमा प्रवेश गराउँछ।
(ख) कठिन, संकटको समय उसले अल्लाहमा विश्वास तथा ईमानमा दृढ रहन्छ र चिन्ता तथा पीडालाई समाप्त गर्दछ, गलत भावनालाई दिलबाट हटाउँछ र शैतानलाई नजिक आउन दिंदैन। यस सम्बन्धमा अल्लाहको भनाई छः ” वास्तवमा जो व्यक्ति अल्लाहको डर राख्नेवाला हुन्छ, उसको हालत त यस्तो हुन्छ कि कहिल्यै शैतानको प्रभावबाट कुनै नराम्रो विचार यदि उनलाई छुन खोज्दछ भने पनि तुरुन्तै होसियार हुन्छ र उसले स्पष्टरुपमा देख्दछ कि उनको लागि उचित कार्यप्रणाली के हो” ( सूरः अल-आराफः २०१)
(ग) जो व्यक्तिले अल्लाहलाई धेरै याद गर्दछ भने अल्लाह उसलाई याद गर्छ, कठिन र संकटको समयमा, दुर्घटनाको समय उसलाई मद्दत गर्छन्।
अल्लाहको समर्थन यस्तो व्यक्तिलाई हुन्छ, अल्लाह तआलाको भनाईले यस कुरालाई प्रमाणित गर्दछ। ” अतः तिमी मलाई याद राख, म तिमीलाई याद राख्नेछु, र मेरो कृतज्ञता व्यक्त गर, कृतघ्नता नगर,(सूरः अल-बक़राः१५२)
(घ) जो व्यक्तिले अल्लाहलाई धेरै याद गर्दछ, अल्लाह उसको सबै पाप र अपराधलाई माफ गरिदिन्छन्, त्यसको हृदयलाई सुख-शान्ति प्रदान गर्दछ र मृत्युपछि धेरै ठूलो पुरस्कार दिनेछन्, अल्लाहले कुरआनमा यसैको प्रतिज्ञा गरेका छन्। ” र अल्लाहलाई धेरै याद गर्नेवाला पुरूष तथा महिलाको लागि अल्लाहले क्षमादान र धेरै ठूलो पुरस्कार तयार गरेर राखेको छ ।” ( सूरः अल-अहज़ाबः ३५)
(च) जो व्यक्ति अल्लाहलाई लागि याद गर्दछ, त महाप्रलयको दिन ति व्यक्तिहरु अरु भन्दा अगाडि हुनेछन्, पूर्ण ईमान र उच्च स्थानमा हुनेछन् तर जो व्यक्ति अल्लाहको प्रार्थना गर्दैनन् उनिहरु अपमानित हुनेछन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो भनाईले यस कुराको पुष्टि गर्दछ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो ” मुफरेदून धेरै अगाडि बढ्ने छन्, सहाबाले प्रश्न गर्नुभयो, ए अल्लाहको रसूल! मुफरेदूनको भनेको के हो ? मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो, अल्लाहलाई धेरै ज़्यादै याद गर्नेवाला पुरूष तथा महिला” (सही मुस्लिम)
(छ) जो व्यक्ति अल्लाहलाई धेरै याद गर्दछ र जो व्यक्ति अल्लाहको उपासना गर्दैनन्, ति दुईजनाको उदाहरण जिउँदो र मृतक जस्तै हो। यस सम्बन्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो। “जो व्यक्ति अल्लाहको उपासना गर्दैनन् उनिहरुको उदाहरण र जो व्यक्ति अल्लाहको उपासना गर्दछन् उनिहरु बीचको फरक, जिउँदो व्यक्ति र मृतक व्यक्ति जस्तै हो ।” (सही बुखारी तथा सही मुस्लिम)
(८) तपाई असल र सही ज्ञानी शिक्षक छनौट गर्नुहोस्।
- असल विद्वानसँग इस्लामिक शिक्षा प्राप्त गर्नुहोस् जसले तपाईलाई सही मार्गदर्शन गराउन सक्छ ।
- असल शिक्षकले तपाईलाई सही तरीकाबाट शिक्षा दिन सक्छन्।
- असल शिक्षकले इस्लामिक शिक्षा अनुसार तपाईलाई सही मार्गदर्शन गर्नेछन् ।
- जब अल्लाहको तर्फबाट परिक्षाको लागि कुनै संकट र समस्या आउँछ भने त्यसबेला असल शिक्षकले तपाईलाई धैर्यताको लागि सुझाव, सल्लाह दिएर सहायता गर्न सक्छन्,।
- यदि शैतानले तपाईलाई बहकाएर हृदयमा गलत विचार आउँदा असल शिक्षकले तपाईको ईमानमा कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को विचार र व्यवहारको उदाहरण दिंदै सम्झाउनु र सान्तोना दिनु हुन्छ साथै तपाईको ईमानलाई कमजोर हुन दिंदैन ।
- यदि तपाईबाट भूल चुक हुन गएमा, तपाईलाई याद दिलाई राम्रो तरीकाबाट शिक्षा दिने छन्।
स्रोतः कुरआन तथा हदीसबाट संकलन
लेखकः मुहम्मद ईब्राहीम