नयाँ मुस्लिमको लागि के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने बारेमा संक्षेपमा जानकारी ।
हरेक प्रकारको प्रशंसा मात्र अल्लाहको लागि हो, दरूद र सलाम अवतरित होस् हाम्रो नबी मुहम्मद, उनको परिवार र उनको सहाबाहरुमाथि ।
अल्लाहले सृष्टिलाई मात्र आफ्नो उपासनाको लागि सृष्टि गरेको हो, जस्तैः अल्लाहको आदेश छः ”मैले जिन्नात र मानिसलाई मात्र यसैले सृष्टि गरेको हो कि उनीहरु केवल मेरो नै उपासना (भक्ति) गरुन ।” [सूरः अज़्ज़ारियात: 56]
र अल्लाहको इबादत (पूजा) उनले निर्धारित गरेको चीजहरुद्वारा नै गर्नु पर्छ। उनले आफ्नो संदेष्टाहरुलाई यसैले पठाएका हुन ताकि उनीहरु मानिस समक्ष उनको आदेशहरुलाई स्पष्ट गरून जुन उनले आफ्नो भक्तहरुको लागि निर्धारित गरेको छ। किनकि अल्लाहको पूजा उनले निर्धारित गरेको नियमको अतिरिक्त कुनै अन्य तरीकाबाट गर्नु अमान्य हुन्छ । फेरी अल्लाहले आफ्नो संदेष्टाहरुको क्रमलाई अन्तिम संदेष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) मा समाप्त गरिदिए र सम्पूर्ण संसारमा उनको अनुसरण जरूरी ठहर्याए। अल्लाहको आदेश छ: हे मुहम्मद ! भनिदेऊ “ऐ मनुष्य ! म तिमीहरु सबैतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हूँ, जसकोलागि आकाशहरु र धर्तिको शासन रहेको छ, उनीबाहेक कोह पूज्य छैन । उनी नै जीवन प्रदान गर्छन् र उनी नै मृत्यु दिन्छन्, अतः अल्लाह तथा उनको रसूल, सन्देष्टा, उम्मी माथि ईमान ल्याऊ जो अल्लाह तथा उसका वाणीहरुमाथि ईमान राख्छन् र उनकै अनुसरण गर जसले गर्दा तिमीहरु मार्गदर्शन प्राप्त गर्न सक्नेछौ । ‘[सूरः अल-आराफ़: 158]
यसैले जो मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सन्देशमाथि ईमान राख्दैन भने त्यो काफिर हो र मुहम्मद (स.अ.व.) को धर्म यही इस्लाम हो, यस बाहेक अन्य कोही धर्म अल्लाहले स्वीकार गर्दैनन्,
अल्लाहको आदेश छः र, जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ, उसको धर्म कदापि स्वीकार्य हुने छैन र ऊ आखिरतमा घाटा बेहोर्नेहरुमध्ये हुनेछ ।” [सूरः आले इमरान: 85]
मुहम्मद (स.अ.व.) ले जुन इस्लाम धर्मको सन्देश दिएका थिए त्यसको पांच स्तम्भहरु छन्:
1-शहादतैनलाई स्वीकार गर्नु अर्थात् यस कुराको गवाही दिनु कि अल्लाह बाहेक कोही वास्तविक सत्य पूजनिय कोही छैन र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाह को रसूल हुन ।
2- नमाज पढ्नु । 3- ज़कात दिनु । 4- रमज़ानको रोज़ा राख्नु ।
5-यदि सामर्थ्य प्राप्त छ भने जीवनमा एक पटक अल्लाहको घर (काबा) को हज गर्नु ।
इस्लाम प्रवेश गर्नेले के गर्न आवश्यक छ ?
शहादतैन (लाइलाहा इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह) बोलीद्वारा बोले पछि इस्लामको पांच स्तम्भलाई यसरी पूर्ण रूपमा निभाउनु पर्छ ।
1- बोलीद्वारा यो घोषणा गर्नु कि (“अश्हदु अल्लाइलाह अल्लाल्लाहु अश्हदु अन्न मुहम्मदुर्रसूलुल्लाह)- म गवाही दिन्छु कि अल्लाह बाहेक कोही वास्तविक सत्य पूजनिय छैन, र म गवाही दिन्छु कि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहको रसूल हुन् ।”
2- पूरा जिन्दगी रात र दिनमा पाँच समय (फ़जर, ज़ुहर, असर, मग़्रिब र ईशा) को नमाजहरुको पालना गर्नु ।
पांच समयको नमाज पुरा गर्नु । ती पाँच समयको रकआत निम्न प्रकारका छन्- फजर दुई रकअत, ज़ुहर चार रकअत, अस्र चार रकअत, मग़्रिब तीन रकअत र ईशा चार रकअत हो। ती नमाजहरु वूजु गरेपछि नै पूरा गर्न सकिन्छ, वूजु यसरी गर्नु- पवित्र पानीले पूरा अनुहार धुनु, फेरी दुबै हातको कुहिनो सहित धुनु, टाउको मसह गर्नु र दुबै गोडा गोली गाँठा सहित धुनु ।
3-यदि उसको साथ उसको आवश्यकता भन्दा धेरै धन सम्पत्ति छ भने त्यसमध्ये अढाई प्रतिशत हरेक फकीर र निर्धनहरुको लागि ज़कात निकाल्नु, र यदि उसको माल जरूरत भन्दा ज्यादा छैन भने त्यस मालमा ज़कात अनिवार्य हुँदैन ।
4-रमज़ानको (अरबी महिना अनुसार नवौं महीना हो), रोज़ा राख्नु। ( फजर उदय देखि लिएर सूर्यास्ततक खाने पीउने र पत्नीसँग सहवास गर्नबाट रोकिई रहनु।) मात्र रातमा खानु पिउनु र आफ्नो पत्नीसँग सम्भोग गर्न हुन्छ ।
5-यदि उसको साथ आर्थिक र शारीरिक सामर्थ्य छ भने पवित्र काबाको जीवनमा एक बार हज गर र यदि आर्थिक शक्ति प्राप्त होस् तर वृद्ध वृद्धा या लगातार बीमारीको कारणबाट शारीरिक शक्ति प्राप्त छैन भने उसले कुनै व्यक्तिलाई आफ्नो तर्फबाट हजको लागि पठाउन सक्छ (जसले उसको तर्फबाट एक पटक हज गरेको हुनुपर्छ) ।
6 यस बाहेक जो बाँकी पुण्यको काम छ त्यो सबै ती स्तम्भहरुलाई पूरा गर्छ ।
मुसलमानहरुले कुन चीजहरु छोड्न जरूरी छ:
1- सबै किसिमको शिर्कलाई त्यागी दिनुपर्छ जस्तैः अल्लाह बाहेक अरुलाई पूज्य मान्ने गर्दछन् र शिर्कमध्येबाट नै मृतकलाई पुकार्ने, उनको लागि जानवर ज़बह (वली) दिने र मन्नत (भाकल) गर्नु शिर्क हो। यस्तो कार्य गर्न छोड्नु पर्छ ।
2- बिदआत(धर्ममा नयाँ नियम सृजना गर्ने कर्य) बाट बच्नु पर्छ, र यो यस्तो भक्ति हो जसलाई अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले निर्धारित गरेका होइनन्, जस्तै कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको भनाई छ: ” जसले कुनै यस्तो काम गर्यो, जसमाथि हाम्रो आदेश छैन त्यो मान्य हुँदैन। ” याने स्वीकार हुँदैन ।
3-ब्याज, जुआ, घुषको, मामलामा झूठो बोल्ने, हराम (अवैध) चीजहरु र हराम सामान किन्ने र बेच्ने गर्नबाट बच्नु पर्छ ।
4-व्यभिचारबाट टाढा रहनु र व्यभिचार यो हो कि आफ्नो धर्म-पत्नी बाहेक अरु कुनै महिलासँग सम्भोग गर्न र समलैंगिकताबाट टाढा रहनु पर्छ ।
5-मध्यपान (जाँड, रक्सी), संगुरको मासु खानु र अल्लाह बाहेक अरुको नाममा ज़बह (वली) दिएको जानवरको मासु खान र मृत जनावरको मासु खानु हुँदैन ।
6-अह्लिले किताब (याने यहूदी र ईसाई) को अलावा काफिरा महिलाहरुसँग विवाह गर्नु हुँदैन।
7-पत्नी यदि यहूदी या इसाई नभएर अन्य काफिरा हुन भने उसलाई छोड्दिनु पर्छ, यदि ती काफिरा (गैर मुस्लिम) पत्नीले पनि इस्लाम कबुल गरे उसलाई पत्नीको रुपमा स्वीकार्न मिल्छ,
8 यदि खतना गराउनु उसको लागि हानिकारक नभए, उसले कुनै मुसलमान डॉक्टरको साथ गएर आफ्नो खतना गर्नु ।
9.यदि उ गैर मुस्लिमको देशबाट इस्लामी देश तर्फ हिजरत गर्न सक्छ भने गर्नु , अन्यथा आफ्नो धर्ममा कायम रहेर त्यही देशमा रहनु ।
लेखकः शैख़ सालिह अल-फौज़ान
हिन्दी अनुवादः सफात आलम तैमी
नेपाली अनुवादः मुहम्मद ईब्राहीम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


