Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

पारलौकिक जीवनमा सफलता पाउनको लागि मानवले के गर्नुपर्छ ?

पारलौकिक जीवनमा सफलता

पारलौकिक जीवनमा सफलता पाउनको लागि मानवले के गर्नुपर्छ ?

पारलौकिक जीवनमा सफलता पाउनको लागि मानवले के गर्नुपर्छ ? भन्ने सम्बन्धमा चर्चा संक्षेपमा केही धार्मिक शिक्षालाई तपाई पाठक समक्ष पेश गर्नेछु।

जब मानिस यो संसारबाट बिदा लिन्छ र मृत्युपछिको जीवनमा सफलता प्राप्त गर्ने चाहना राख्छ भने ईशग्रन्थमा उल्लेखित धार्मिक शिक्षा र ईश दूतको आदेशको अनुशरण गर्नु अपरिहार्य हुन्छ। केही पाउन केही गुमाउनु पर्छ भने झैं मुक्ति पाउन संसारिक जीवनमा लोभ, लालच, विलासिता, नाजायज कामोइच्छा त्याग्नु पर्छ । हामीले ईश्वरिय नियमलाई पालना गर्नुपर्छ। ईश्वरिय नियम पालना गर्न केही सुख सुविधा र आरामलाई त्याग्नु पर्छ । जस्तैः बिहानको निन्द्रा माया मार्नु पर्ने हुन्छ । चिसो पानीमा वजू गर्ने या नुहाउने गर्नु पर्ने हुन्छ । यस सम्बन्धमा पवित्र कुरआनमा उल्लेख छः “(हे मुदम्मद !) मानिसहरु तिमीसँग प्रतिष्ठित महिनाहरुमा युद्ध गर्नु कस्तो छ भनि सोध्छन्। भनिदेऊ- “त्यसमा युद्ध गर्नु ठूलो (पापको) को कुरा हो तर मानिसहरुलाई अल्लाहको मार्गबाट रोक्नु, अल्लाहकासाथ कुफ्र (इन्कार) गर्नु, मस्जिदे हराम (काबा) (जान) बाट रोक्नु र मक्काबासीहरुलाई त्यसबाट निस्कासित गर्नु अल्लाहको दृष्टिमा त्यसभन्दा पनि ठूलो (पापको) कुरा हो । अनि, फितना (उत्पात), हत्याभन्दा पनि ठूलो (अपराध) हो।” र, यिनीहरु तिमीहरुसित निरन्तर युद्ध गरिरहनेछन्, यहाँसम्म कि सामार्थ्य पुगेमा तिमीहरुलाई तिमीहरुको धर्मबाट नै विमुख पारिदिनेछन्। र, तिमीहरुमध्ये जो पनि आफ्नो धर्मबाट निस्किन्छ अनि कुफ्रकै अवस्थामा तिनको निधन हुन्छ, त्यस्ता मानिसहरुका कर्महरु लोक तथा परलोक दुबैमा निरर्थक हुनेछन् । तिनीहरु नरकमा जानेहरु हुन् जहाँ सदासर्वदा रहनेछन्। (सूरह अल बक़रा, आयतः२१७)

अरबमा चार महिनालाई प्रतिष्ठित महिनाको रुपमा लिइन्छ। ज़ुलक़दा, ज़ुलहिज्ज, मुहर्रम र रज़ब  यि चार महिनाहरुमा लडाई झगडा गर्न मनाही हुन्छ तर मानिसहरुलाई अल्लाहको मार्गबाट रोक्नु, अल्लाहकासाथ कुफ्र (इन्कार) गर्नु, मस्जिदे हराम (काबा) (जान) बाट रोक्नु र मक्काबासीहरुलाई त्यसबाट निस्कासित गर्नु अल्लाहको दृष्टिमा त्यसभन्दा पनि ठूलो (पापको) कुरा हो । अनि, फितना (उत्पात), हत्याभन्दा पनि ठूलो (अपराध) हो।” र, यिनीहरु तिमीहरुसित निरन्तर युद्ध गरिरहनेछन्, यहाँसम्म कि सामार्थ्य पुगेमा तिमीहरुलाई तिमीहरुको धर्मबाट नै विमुख पारिदिनेछन्।

पवित्र कुरआनमा खान जायज (वैध) चीज र नाजायज (अवैध) चीजहरलाई प्रष्ट पारेको छ । अह्ले किताबको भोजन तिम्रो लागि खान जायत वैध छ अह्ले किताबको भोजन तिम्रो लागि खान जायज वैध छ । यसैगरी निष्कलंक आस्थावान स्त्रीहरु र अह्ले किताबवालाका स्त्रीहरु पनि तिम्रो लागि जायज(वैध) छ तर यस शर्तमा कि तिमीहरुले उनीहरुलाई महर देऊ । महर दिनुको उद्देश्य निकाह (विवाह) को परिधि भित्र राख्नु हो तर गोप्य रुपमा वा मनोमानी शारिरिक ईच्छा पुरा गर्ने उद्देश्य लिनु हुँदैन । जसले यस्तो गर्छ उसको सारा सत्कर्म बरिबाद हुन्छ र आखिरतको दिन नोक्सान व्यहोर्नेहरुमध्ये हुनेछ।

यस सम्बन्धमा पवित्र कुरआनमा भनिएको छः आज तिमीहरुका लागि पवित्र चीजहरु वैध गरिएका छन र अह्ले किताबको भोजन तिम्रो लागि वैध छ तथा तिम्रो भोजन तिनीहरुकालागि र निष्कलंक आस्थावान स्त्रीहरु एवं अह्ले किताबवालाका स्त्रीहरु पनि तर यस शर्तमा कि तिमीहरुले उनीहरुलाई महर देऊ। उद्देश्य निकाहको परिधिमा ल्याउनु पर्छ यो होइन कि स्वछन्द कामवासनामा लाग्नु, न गोप्य मित्रता गाँस्नु नै। किनकि जसले ईमानलाई अस्वीकार गर्छ, उसका सारा सत्कर्म बेकार हुनेछन् र ऊ आख़िरतको दिन नोक्सान बेहोर्नेहरुमध्ये हुनेछ।” (सूरह अल माइदाः५)

रसूल मुहम्मद सल्ल. लाई अल्लाहले ईशवाणी मार्फत सम्झाउँदै भनेः हे मुहम्मद भनिदेऊ, “म र तिमीहरुबीच साक्षीकोलागि अल्लाह नै पर्याप्त छन्।” उनी आकाशहरु र धर्तीका सम्पूर्ण चिजहरुलाई जान्दछन्। जो नितान्त असत्यलाई मान्दछन् र अल्लाहको इन्कार गर्दछन् तिनीहरु नै घाटा बेहोर्नेहरु हुन्। (सूरह अन्कबुत्, आयतः५२)

अब हामीले संसाररिक जीवनबाट आखिरतको जीवनमा सफलता पाउनको लागि के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने कुरा संक्षेपमा जानकारी पाई सकेका छौं। बृस्तित जानकारीको लागि तपाई यो पेजलाई खोली नियमित अध्यायन गर्नुहोला। हामी तपाईलाई विविध धार्मिक ज्ञानहरु पेश गर्नेछौं । तपाई हामी सबैले धार्मिक शिक्षाको अनुसरण गरी सोही अनुसार जीवन बिताउने कोशिस गरौं यो संसारिक जीवनमा पनि सफलता पाउने कोशिस गरौं र आखिरतमा पनि सफलता पाउने चेष्टा गरौं । हामी सबैलाई हाम्रो पालनकर्ताले सद्बुद्धि प्रदान गरुन । आमीन ।।

 

स्रोतः पवित्र कुरआन नेपाली भाषामा अनुवादित, (इस्लामी संघ नेपालबाट अनुवाद)

लेखकः मुहम्मद इब्राहिम खरेल

Related Post