विश्व बालश्रम विरुद्ध दिवस विषयमा संसार भर के कस्तो कार्ययोजना र गतिविधी भई रहेको छ भन्ने सम्बन्धमा छोटो चर्चा पाठक सम बालबालिकाको हक अधिकारको रक्षा गर्न बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ । विश्व भर जून महिनाको १२ तारिखमा अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाइन्छ । भारतका बालअधिकार अभियानमा काम गरी ख्याति कमाएका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भन्छन्- “शिक्षा बिनाको वाल्यकाल वाल्यकालनै हैन र स्कूलवाट बञ्चित एकजना यूवा पनि धेरैजना बञ्चित भए बराबर हो।” ।
अन्तराष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । त्यसमा उल्लेख भए अनुसार बालवालीकाले हप्ताको १४ घन्टा कार्य गर्न सक्नेछन् तर यस कार्य वापत उनिहरुको नियमित विद्यालय र स्वास्थ र विकासमा कुनै हानी पुग्न हुँदैन ।
हामी समाजका बालवालीकाहरुलाई देख्छौ जो गाडीमा कन्डक्टर र खलासी काम गरेका छन् कोही बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन्, के उनिहरुसम्म यो कानुन र समानता पुगेको छ ?
मानसिक या शारीरिक काम ती दुवै श्रम हो । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रम हो । बालश्रमले बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्नाका साथै स्कुल जान बाधा पुग्दछ । चाहे मानसिक होस् या सामाजिक शारीरिक रुपमै बालबालिकालाई असर पुग्ने कामलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्यका लागि आवश्यक शिक्षाबाट वञ्चित गराउँदछ ।
सन् प्रथम विश्वयूद्धको समाप्ती पश्चातसम्म पनि अहिलेका अत्यन्त विकसित मुलुकहरुमा समेत बालबालिकाहरुलाई कृषि, कारखाना, कोइला खानीमा लगाइन्थ्यो । साथसाथै उनीहरुलाई घरायसी कामकाजमा समेत १२ घण्टाभन्दा बढिसमयसम्म काममा लगाइन्थ्यो ।
बालश्रम विरुद्धका कानुनहरु बन्न थालेपछि बालश्रम न्युनिकरणमा मद्दत पुग्यो र बालश्रम विरुद्धको दिवस मनाउनसवैको चासो र सरोकार प्राप्त भयो । त्यहि भएर बालबालिकालाई काममा लगाउनु नेपालको सन्दर्भमा पनि कानुन विपरित मानिन्छ ।
बालवालीका प्रति जिम्मेवार अनि बालश्रम मुक्त समाज केवल कागज, स्टीकर, ब्यानर या प्रस्तावना पत्रमा मात्र नभई समग्र साकार बनाउन हामीसबैको अभीभारा हो ।
कमलरी प्रथालाई त्यागेर कमलको फूलजस्तै बालिका अनि तिनको जिवनमा शिक्षाको ज्योती फैलाउन सक्ने सार्मथ्य हामिमा छ त ?
आजको नेपाल शिक्षित नेपालीहरुको सभ्य देश हो, बालश्रमजन्य सेवाहरु र बस्तुहरु वहिष्कार गर्ने सार्मथ्य हामीसबैमा होस ।
इस्लाम र बाल अधिकार
अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले बालबालिकालाई धेरै माया गर्नु हुन्थ्यो । बाटोमा कुनै बच्चा देख्नु भयो भने पहिले सलाम गर्नु हुन्छ अनि माया गरेर कुरा गर्नु हुन्थ्यो । एक पटक अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ईदको नमाजको लागि जाँदै हुनुहुन्थ्यो, त्यस समयमा एक जना बच्चा बाटोमा रोइरहेको थियो। वहाँले सोध्नु भयो बाबु तिमी किन रोएको ? त्यो बच्चाले भन्यो सबैजना राम्रो लुगा लगाएर आएका छन् मेरो कोही पनि छैन म अनाथ हु । तब अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले त्यो बच्चालाई उठाएर घरमा लिएर जानु भयो, नुहाई धुवाई गरेर नयाँ कपडा लगाई फेरी मस्जिदमा लिएर जानु भयो ।
अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले कदापि बालबालिकालाई कुट्ने हप्काउने गर्नु हुन्नथ्यो । उम्मे सुएेमले आफ्नो छोरा अनसलाई अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को सेवामा पेश गरिन् । वहाँलाई कुनै दिन गाली गर्नु भएन । यो काम गर पनि भन्नु भएन, यो काम किन नगरेको पनि भन्नु भएन, कुनै बेला काम गर्दा कुनै चीज नोक्सान भए पनि यो किन नोक्सान गरेको पनि भन्नु भएन । बरु राम्रोसँग सम्झाउनु हुन्थ्यो । कुनै युद्धमा सेनापतिलाई यो निर्देशन दिनु हुन्थ्यो- बालबालिका, स्त्री माथि हतियार नउठाउनु भन्नु हुन्थ्यो । बच्चालाई डराउने धम्काउने कार्य नगर्न आदेश दिनु हुन्थ्यो । हामी सबैलाई पनि बालबच्चाहरुलाई माया ममता गर्ने ज्ञान प्रदान गरुन ।
लेखकः मुहम्मद ईब्राहीम